Milan Chautari Buwa Aama Samaj

Milan Chautari Buwa Aama Samaj अष्ट्रेलियामा बसोबास गरिरहनु भएका नेपाली बुवा आमाहरूको लागि आपसी भेटघाट र सुमधुर समय बिताउने मिलनस्थल

12/10/2026

आज मिति २०८३ साल असोज २६ गते सोमबार, तदनुसार १२ अक्टोबर २०२६ का दिन मिलन चौतारी बुवाआमा समाजका अध्यक्ष आदरणीय विजय कुमार श्रेष्ठज्यूको निजी निवासमा २७ जना सदस्यहरूको उपस्थितिमा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरियो। सबैले मिठो सेलरोटीको स्वाद लिँदै रमाइलो वातावरणमा आपसी माया, सद्भाव र शुभकामना साटासाट गरियो। नवदुर्गा भवानी माताले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि प्रदान गरून्।

**जय माता दुर्गा! शुभ विजयादशमी!

11/10/2026

आज मिति २०८३ साल असोज २५ गते आइतबार, तदनुसार ११ अक्टोबर २०२६ का दिन मिलन चौतारी बुवाआमा समाजमा नयाँ सदस्य मिना लिम्बूज्यूलाई हार्दिक स्वागत गरियो। यसै शुभ अवसरमा समाजकी उपाध्यक्ष मिथिला भट्टराईज्यूको जन्मदिन परेकाले उपस्थित सम्पूर्ण सदस्यहरूले उहाँको सुस्वास्थ्य, आरोग्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। सबै सदस्यहरूले आपसी माया, सद्भाव र आत्मीयताका साथ रमाइलो गरी उहाँको जन्मदिन मनाउनुभयो। उपाध्यक्षज्यूकै अध्यक्षतामा हर्षोल्लासपूर्ण वातावरणमा मिलन चौतारीको दैनिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

10/10/2026

आज मिति २०८३ साल असोज २४ गते शनिबार, तदनुसार १० अक्टोबर २०२६ का दिन मिलन चौतारी बुवाआमा समाजका अध्यक्षज्यूको अध्यक्षतामा २३ जना सदस्यहरूको उपस्थितिमा नयाँ सदस्य कमला राना मगरज्यूलाई हार्दिक स्वागत गर्दै हाम्रो नियमित कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरियो।

यसै अवसरमा मिलन चौतारीप्रति सधैँ माया, सद्भाव र सम्मान राख्दै यसको उन्नति र प्रगतिमा समर्पित हाम्री प्यारी छोरी जमुना पराजुलीज्यूको विशेष उपस्थिति रह्यो। उहाँले आमाहरूलाई स्तन क्यान्सरसम्बन्धी जनचेतना, समयमै स्वास्थ्य परीक्षण र चिकित्सकीय सल्लाहको महत्त्वबारे जानकारी गराउँदै सम्पूर्ण आमाबुवाहरूको सुस्वास्थ्य, सुख र समृद्धिका साथै मिलन चौतारीको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

उहाँको आत्मीयता, अमूल्य सुझाव र सद्भावप्रति मिलन चौतारी परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।

आज २०८३ साल असोज २३ गते, शुक्रबार (९ अक्टोबर २०२६), मेलबर्नको ग्लेनरोय सिनियर सिटिजन हलमा अध्यक्ष बिजय कुमार श्रेष्ठज्यू...
09/10/2026

आज २०८३ साल असोज २३ गते, शुक्रबार (९ अक्टोबर २०२६), मेलबर्नको ग्लेनरोय सिनियर सिटिजन हलमा अध्यक्ष बिजय कुमार श्रेष्ठज्यूको अध्यक्षतामा २७ जना सदस्यहरूको उपस्थितिमा नियमित कार्यक्रम श्रीमद्भागवत महापुराणको पवित्र कथा आदरणीय गुरु देवहरि गौतमज्यूको मुखारविन्दबाट श्रवण गर्ने सौभाग्य प्राप्त भयो।

कार्यक्रममा नवआगन्तुक सदस्यहरू तुलाकुमारी सुवेदीज्यू र पार्वती श्रेष्ठज्यूलाई हार्दिक स्वागत गरियो।

साथै, बिदाइ तथा फेरि भेटौँला कार्यक्रम अन्तर्गत केदारनाथ पोखरेलज्यूलाई नेपाल प्रस्थानका लागि आत्मीयतापूर्वक बिदाइ गर्दै उहाँको सुखद, सुरक्षित, सफल एवं मङ्गलमय यात्राको शुभकामना व्यक्त गरियो। कार्यक्रम आपसी सद्भाव र आत्मीयताका साथ सम्पन्न भयो।

आज मिति २०८३ साल असोज २२ गते बिहीबार, तदनुसार ८ अक्टोबर २०२६ का दिन मिलन चौतारी बुवाआमा समाजका उपाध्यक्षज्यूको अध्यक्षता...
08/10/2026

आज मिति २०८३ साल असोज २२ गते बिहीबार, तदनुसार ८ अक्टोबर २०२६ का दिन मिलन चौतारी बुवाआमा समाजका उपाध्यक्षज्यूको अध्यक्षतामा २९ जना सदस्यहरूको उपस्थितिमा दैनिक कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भयो।

कार्यक्रममा नवआगन्तुक सदस्य उद्धव श्रेष्ठज्यूलाई हार्दिक स्वागत गर्दै आदरणीय गुरुदेव हरि गौतमज्यूको मुखारविन्दबाट धार्मिक कथा श्रवण तथा भजनकीर्तन गर्ने सौभाग्य प्राप्त भयो।

साथै, समाजकी सदस्य सम्झना ढुंगानाज्यूको जन्मदिन को शुभ अवसरमा सम्पूर्ण बुवाआमाहरूले उहाँको सुस्वास्थ्य, दीर्घायु र सुखसमृद्धिको मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रम रमाइलोसँग सम्पन्न गरियो।

06/10/2026

मिलन चौतारी बुवा आमा समाजको एकादशी विशेष कार्यक्रम

मिति २०८३ साल असोज २० गते, मंगलबार, तदनुसार ६ अक्टोबर २०२६ का दिन पवित्र इन्दिरा एकादशीको अवसरमा मिलन चौतारी बुवा आमा समाजमा आदरणीय गुरु देवहरी गौतमज्यूको मुखारविन्दबाट एकादशी कथा तथा माहात्म्य श्रवण गर्ने सौभाग्य प्राप्त भयो। २९ जना सदस्यहरूको उपस्थितिमा भजन–कीर्तनसहित कार्यक्रम रमाइलो र भक्तिमय वातावरणमा सम्पन्न भयो।

अन्त्यमा अध्यक्षज्यूबाट कार्यक्रम समापन भएको जानकारी गराइयो। त्यसपश्चात् वर्षाका कारण केही समय रोकिनुपरेकाले उक्त समयलाई सदुपयोग गर्दै सबैजना मिलेर रमाइलो नाचगान गरी दिनलाई अझ स्मरणीय बनायौँ।

05/10/2026

आज मिति २०८३ साल असोज महिनाको १९ गते, सोमबार, तदनुसार ५ अक्टोबर २०२६ का दिन मिलन चौतारी बुबाआमा समाजका अध्यक्षज्यूको अध्यक्षतामा हाम्रो नियमित दैनिक कार्यक्रम अत्यन्तै हर्षोल्लासपूर्ण, आत्मीय तथा रमाइलो वातावरणमा सफलतापूर्वक सम्पन्न गरियो।

आज मिति २०८३  साल असोज महिनाको १८ गते, आइतबार (४ अक्टोबर २०२६) का दिन मिलन चौतारी बुवा आमा समाजका १९ जना सदस्यहरू मिलेर ...
04/10/2026

आज मिति २०८३ साल असोज महिनाको १८ गते, आइतबार (४ अक्टोबर २०२६) का दिन मिलन चौतारी बुवा आमा समाजका १९ जना सदस्यहरू मिलेर भिक्टोरियाको सुन्दर सहर बेन्डिगो (Bendigo) मा ड्राइ पिकनिकका लागि गएका थियौँ।

आपसी माया, सद्भाव र रमाइलो वातावरणमा बिताएका केही अविस्मरणीय तथा रमाइला दृश्यहरू

मिलन चौतारी बुवा आमा समाज परिवार

04/10/2026

Address

Atc Cook Reserve, Glenroy
Melbourne, VIC
3046

Website

Alerts

Be the first to know and let us send you an email when Milan Chautari Buwa Aama Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share