Saroj Sigdel Treasurer , NRNA NCC, USA

Saroj Sigdel Treasurer , NRNA NCC, USA The Amsterdam Stock Exchange is said to have been the first stock exchange to introduce continuous trade in the early 17th century.

The process of buying and selling the VOC's shares, on the Amsterdam Stock, became the basis of the world's first official.

14/12/2025

सरोज सिग्देल टेक्सस/ नेपालका गैर आवासीय नेपाली (एनआरएन)हरू आज विश्वभर   अस्सी  भन्दा बढी फैलिएका छन् र उनीहरू.....

DFW Dallas Asia Cup. Nepali Communities are competing on 20+ 30+ and 40+ under the NRNA NCC USA Banner.
22/06/2025

DFW Dallas Asia Cup.
Nepali Communities are competing on 20+ 30+ and 40+ under the NRNA NCC USA Banner.

19/06/2025

📣 You’re Invited!

Join us for a Meet & Greet with Mr. Mahesh Kumar Shrestha, President of NRNA ICC (elected at the HLC Convention, May 2025).

📅 Date: Friday, June 20th, 2025
🕖 Time: 7:00 PM EST
📍 Venue: Family Kitchen, 4132 E Joppa Rd, Nottingham, MD 21236
🎤 Co-Host: NRNA NCC USA, MD Chapter
NCC USA

सहकार्यका लागि प्रयास१. सिस्टम एकीकरण:ICC MIS प्रणालीलाई NCC को वेबसाइटमा एकीकृत (Integrate) गर्ने जसबाट सम्पूर्ण सदस्यत...
13/06/2025

सहकार्यका लागि प्रयास

१. सिस्टम एकीकरण:
ICC MIS प्रणालीलाई NCC को वेबसाइटमा एकीकृत (Integrate) गर्ने जसबाट सम्पूर्ण सदस्यता प्रणाली एउटै Portal मार्फत सञ्चालन हुनेछ।

२. डेटामा एनसीसीको पहुँच:
API मार्फत १००% प्रमाणित (Verified) सदस्यता विवरण NCC को Portal मा प्रमाणित हुने वित्तिकै उपलब्ध (Real-time availability) हुने व्यवस्था गरिनेछ।
सो डाटा पोर्टलमा एनसीसी अधिकारीलाई पूर्ण एक्सेस हुने व्यवस्था हुनेछ ताकि निर्वाचन प्रयोजनको लागि एक्सेस उपलब्ध गराउनु परेमा वा कुनै सदस्यको विवरण सच्चाउनु परेमा एनसीसी अधिकारीले नै गर्न सकून्।

३. प्रमाणीकरण समिति गठन:
सदस्य विवरणको प्रमाणीकरण सुनिश्चित गर्न एनसीसीतर्फबाट पाँच सदस्यीय प्रमाणीकरण समिति गठन गरिनेछ।

४. प्रमाणीकरण गर्ने प्रक्रिया:
• सदस्यताको परिचयपत्रमा एनसीसी अध्यक्ष वा कार्यकारी प्रमुख (CEO) को हस्ताक्षर अनिवार्य गरिने।
• MOU (समझदारीपत्र) मा पनि अध्यक्ष तथा कार्यकारी प्रमुख (CEO) को संयुक्त हस्ताक्षर आवश्यक हुनेछ।

५. वर्तमान सदस्यता प्रणालीहरू बन्द गर्ने:
सिस्टम एकीकरण, डाटा एक्सेसको व्यवस्था र प्रमाणीकरण समिति गठन लगायतका सम्पूर्ण प्राविधिक कार्यहरू पूर्ण रूपमा परीक्षण (Tested) र प्रमाणित (Verified) नभएसम्म ICC र NCC दुबैतर्फका सदस्यता प्रणालीहरू बन्द रहनेछ।
उक्त कार्यहरू ७–१० दिनभित्र सम्पन्न गरी पुनः एकीकृत प्रणालीमार्फत सदस्यता प्रक्रिया सुरु गरिनेछ।

६. सदस्यता विवरण र संकलित रकमको प्रतिवेदन:
ICC र NCC दुबैतर्फबाट हालसम्म तयार पारिएका सदस्य विवरणहरू तथा संकलित रकमहरूको विवरण बोर्डमा पेश गरिनेछ।

७. अभिलेखीकरण प्रक्रिया:
ICC र NCC दुवै प्रणालीबाट तयार भएका सम्पूर्ण सदस्यहरूको विवरणलाई एकीकृत रूपमा दस्तावेजीकरण (Documentation) गरिनेछ।

८. भेन्डर छनोट तथा निर्वाचन समितिलाई पूर्ण स्वतन्त्रता:
एनसीसी चुनावका लागि एनसीसी बोर्डले छनोट गरेको vendor मार्फत निर्वाचन समितिलाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सक्ने व्यवस्था गरिनेछ।
यस प्रक्रियामा कुनै पनि ICC वा अन्य बाह्य हस्तक्षेप नहुने सुनिश्चित गरिनेछ।

९. कार्य समिति गठन:
उपरोक्त कार्यहरूको समन्वय, परीक्षण, निगरानी, अभिलेखीकरण र प्रतिवेदन तयार गर्न अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित प्राविधिक दक्ष सदस्यहरू सम्मिलित कार्य समिति गठन गरिनेछ।
समितिले आवश्यक सिफारिससहितको प्रतिवेदन कार्यकारी समितिमा पेश गर्नेछ, र पूर्ण समितिको बैठकबाट उक्त प्रस्तावलाई आधिकारिकता दिइनेछ।

पहिलो प्रयास यही नौ बुदेमा गरौ यदी अध्यक्ष ले हुन्छ भनेमा भईहाल्यो नभएमा अध्यक्षले गर्छु भनेर नगरेमा अध्यक्ष पनि एनसीसी कै पोर्ट्रोल बाट खोल्न सकिन्छ भन्ने छलफल भएको थियो।
यदी एनसीसी को पेर्टोल बाट पनि भएन भने तेस्रो चाही हामी दुबै पोर्टोल बाट लाग्ने भन्ने नै हो।

The Non-Resident Nepali Association National Coordination Council USA (NRNA NCC USA) proudly organized this event in sup...
10/06/2025

The Non-Resident Nepali Association National Coordination Council USA (NRNA NCC USA) proudly organized this event in support of Dr. Bhagwan Koirala, a distinguished medical professional and a tireless advocate for advancing pediatric healthcare in Nepal. Dr. Koirala is the founder of the Kathmandu Institute of Child Health (KIOCH), a not-for-profit organization established in 2017 with a vision to transform child healthcare in the country.

KIOCH is dedicated to delivering integrated, multispecialty, and high-quality pediatric care that is affordable, accessible, and available to all. Its mission is to significantly improve the health and well-being of children throughout Nepal.

Looking ahead, KIOCH aims to address the country’s growing pediatric healthcare demands and the persistently poor health outcomes affecting millions of children. The institute is committed to embracing scientific medical advancements, adopting modern technologies, and upholding international standards in people-centered care.

Propose draft from nrna USAगैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेकोमसौदा विधेयकप्रस्तावना: गैरआवासी...
09/06/2025

Propose draft from nrna USA
गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको
मसौदा विधेयक

प्रस्तावना:
गैरआवासीय नेपालीहरु बीच नेपालप्रतिको सम्बन्धलाई दीगो राख्दै, नेपाल तथा नेपाली नागरिक र गैरआवासीय नेपालीबीच सामाजिक, पारिवारिक, सांस्कृतिक र आर्थिक लगायतका बहुआयामिक एकता र सम्बन्धलाइ सुदृढ गर्दै गैरआवासीय नेपालीले आर्जन गरेको ज्ञान, शीप र पूँजीलाई नेपालमा आकर्षण गर्न, सदुपयोग गर्न तथा गैरआबासिय नेपालीको कानूनी हैसियत, अधिकार र सुबिधाको सुनिश्चितता गर्न गैरआबासिय नेपाली सम्बन्धि प्रचलित कानूनलाइ संसोधन र एकीकरण गर्न वान्छनीय भएकोले,

संघीय संसदले यो ऐन बनाइ जारी गरेको छ।
परिच्छेद - १
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “गैरआवासीय नेपाली सम्बन्धी (एकीकृत) ऐन, २०८१” रहने छ।
(२) यो ऐन प्रमाणिकरण भएको दिनदेखि प्रारम्भ हुनेछ ।
(३) यो ऐन नेपालमा र नेपाल बाहिर रहे बसेका यस ऐन अन्तर्गतको सुविधा प्राप्त गर्ने गैरआवासीय नेपाली समेतलाई लागू हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा-
(१) “गैरआवासीय नेपाली" भन्नाले बिदेशी मुलुकको राहदानी वा नागरिकता प्राप्त गरेका नेपाली मुलका व्यक्ति भन्ने बुझ्नु पर्छ,
(२) "बिदेशमा बसोबास गर्ने नेपाली " भन्नाले देहायको व्यक्ति सम्झनु पर्छः
(क) "बिदेशी मुलुकमा स्थायी बसोबास गर्ने नेपाली” भन्नाले बिदेशी मुलुकमा स्थायी बसोबास गर्ने अनुमति प्राप्त गरि बिदेशमा बस्ने नेपाली नागरिक भन्ने बुझ्नु पर्छ।
(ख) “प्रवासी नेपाली”भन्नाले बिदेशी मुलुकमा रोजगारी, ब्यबसाय,अध्ययन, तालिम वा कुनै बिषयको अनुसन्धानको सिलसिलामा ६ महिना वा सो भन्दा बढी अवधिको लागि अस्थायी रुपमा बिदेशमा रहने अनुमति प्राप्त गरि बिदेशी मुलुकमा रहे बसेका नेपाली सम्झनु पर्छ।
(ग)“गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति" भन्नाले नेपालको संबिधान तथा संघिय कानून बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको व्यक्ति भन्ने बुझ्नु पर्छ।
(घ) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम सम्झनु पर्छ।
(ङ) "नियोग" भन्नाले कुनै विदेशी मुलुकस्थित नेपाली राजदूतावास, स्थायी नियोग, नेपाली महावाणिज्य दूतावास, वाणिज्य दूतावास, वा विशेष नियोग सम्झनु पर्छ र सो शब्दले कूटनीतिक कार्य गर्न नेपाल सरकारले स्थापना गरेको विदेशस्थित कुनै कार्यालय समेतलाई जनाउँछ ।
(छ) "नेपाली मूलको विदेशी नागरिक" भन्नाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वाआमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्ति सम्झनु पर्छ।
(ज)"परिचयपत्र" भन्नाले यस ऐन बमोजिम जारी भएको परिचयपत्र सम्झनु पर्छ ।
(झ)परिवारको सदस्य" भन्नाले गैरआवासीय नेपालीको एकासगोलमा रहेको वा निज आफैले पालन पोषण गर्नु पर्ने नेपाली मूलको पति वा पत्नी, छोरा छोरी, बाबु आमा, बाजे बज्यै वा नाति नातिनी सम्झनु पर्छ ।
(ञ)"मन्त्रालय" भन्नाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय सम्झनु पर्छ ।
(ट)""संघ" भन्नाले यस ऐन बमोजिम स्थापना भएको गैरआवासीय नेपाली संघ सम्झनु पर्छ ।

परिच्छेद-२
गैरआवासीय नेपालीको अभिलेख, हैसियत तथा परिचयपत्र

३. नाम दर्तागराउने: (१) कुनै गैरआवासीय नेपाली वा निजको परिवारको सदस्यले गैरआवासीयनेपालीको हैसियतमा नाम दर्ता गराउन चाहेमा निजले आफ्नो वा आफ्नो परिवारको सदस्यको तोकिएको विवरण खुलाई नेपालभित्र भए तोकिएको निकाय र नेपालबाहिर भए सम्बन्धित नियोगमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालभित्र भए सम्बन्धित मन्त्रालय वा तोकेको निकायमा र नेपाल बाहिर भए सम्बन्धित विदेशी मुलुकमा रहेको नेपालको सम्बन्धित दुतावास वा नियोग वा कार्यालयमा नाम दर्ता गराउन सक्ने छ।
(३) उपदफा (१) वा (२) बमोजिमको निवेदन विद्युतीय माध्यम मार्फत दिन सकिनेछ
(४) उपदफा (१), (२) वा (३) बमोजिम निवेदन दिएकोमा नेपालभित्र भए तोकिएको अधिकारी र नेपाल बाहिर भए सम्बन्धित नियोग प्रमुखले आवश्यक छानवीन गरी तोकिएको ढाँचामा गैरआवासीय नेपालीको अभिलेख राखी त्यसको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ |
(५) उपदफा (४) बमोजिम राखेको अभिलेखको एक एक प्रति सम्बन्धित नियोग र तोकिएको अधिकारीले मन्त्रालय र तोकिएको निकायमा पठाउनु पर्नेछ ।
(६) मन्त्रालय र तोकिएको निकायले उपदफा (५) बमोजिम प्राप्त अभिलेख तोकिएको ढाँचामा आफ्नो वेवसाइटमा अभिलेखीकरण गराई राख्नु पर्ने छ ।

४. गैरआवासीय नेपालीको हैसियत प्राप्त गर्ने: (१) यस ऐन बमोजिम अभिलेखमा नाम दर्ता भएको व्यक्तिले यस ऐनको प्रयोजनको लागि गैरआवासीय नेपालीको हैसियत प्राप्त गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालको संविधान बमोजिम गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न नसक्ने व्यक्तिले त्यस्तो परिवारको सदस्य भए तापनि निजले त्यस्तो हैसियत प्राप्त गर्ने छैन ।
५. परिचय पत्र जारी गर्ने : (१) दफा ३ बमोजिमको अभिलेखमा नाम समावेश भएको गैरआवासीय नेपालीले सो हैसियतको परिचयपत्र लिन चाहेमा तोकिएको विवरण खुलाई तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन विद्युतीय माध्यम मार्फत दिन सकिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम निवेदन प्राप्त भएमा तोकिएको अधिकारीले आवश्यक छानवीन गरी तोकिएको दस्तूर लिई तोकिएको ढाँचामा गैरआवासीय नेपाली परिचयपत्र जारी गर्नेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र पाएको व्यक्ति भए त्यस्तो प्रमाणपत्र नै निजको लागि यस ऐन बमोजिम जारी भएको गैर आबासिय नेपाली परिचयपत्र मानिनेछ ।
तर निजले परिचयपत्र लिन चाहेमा यस दफा बमोजिम परिचयपत्र जारी गर्न बाधा पर्ने छैन ।

६. परिचयपत्र आधिकारिक प्रमाणपत्र हुने: प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक यस ऐन बमोजिम जारी भएको परिचयपत्र यस ऐनको प्रयोजनका लागि गैरआवासीय नेपालीले नेपालभित्र प्रयोग गर्ने आधिकारिक प्रमाणपत्र हुनेछ र त्यसलाई जुनसुकै सरकारी वा गैरसरकारी कार्यालयले मान्यता दिनु पर्नेछ ।

७. परिचयपत्रको मान्य अवधि: (१) यस ऐन बमोजिम जारी भएको परिचयपत्रको मान्य अवधि विदेशमा बस्ने नेपाली नागरिक भए जारी गरिएको मितिले पांच वर्ष र अन्य गैरआवासीय नेपाली भए दश वर्षको हुनेछ ।
(२) उपदफा (१) बमोजिमको परिचयपत्रको अवधि समाप्त अगावै सम्बन्धित गैरआवासीय नेपालीले तोकिएको नवीकरण दस्तूर सहित तोकिएको अधिकारी समक्ष निवेदन दिई नवीकरण गराई लिन सक्ने छ।

परिच्छेद-३

गैरआवासीय नेपालीको आर्थिक तथा सामाजिक अधिकार र सुविधा

८. सम्पत्ति प्राप्ति, भोग र व्यवस्थापन गर्न सक्ने:(१) गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले यो ऐन वा प्रचलित कानूनको अधीनमा रही नेपालमा कुनै चल वा अचल सम्पत्ति प्राप्त, आर्जन, भोग वा धारण गर्ने, बेचविखन गर्ने, र त्यस्तो सम्पत्तिबाट व्यावसायिक लाभ प्राप्त गर्ने वा अन्य कुनै किसिमबाट व्यवस्थापन गर्न सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाली मूलको विदेशी नागरिकले नेपाल भित्र बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारको सदस्यको लागि प्रचलित कानून तथा तोकिएको शर्तको अधीनमा रही घर घडेरीको प्रयोजनका लागि काठमाडौँ उपत्यका तिन रोपनी सम्म, तराइमा दुइ बिगाहा सम्म, काठमाडौँ उपत्यका बाहिरको नगर क्षेत्रमा ५ रोपनी सम्म र पहाडी इलाकामा १५ रोपनी क्षेत्रफलसम्मको जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न, त्यसको धारण गर्न, भोग गर्न र वेचविखन र अन्य कारोवार गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम चल वा अचल सम्पत्ति खरिद, विक्री वा अन्य तरीकाले व्यवस्थापन गर्दा, दान वा वकस लिँदा वा दिँदा, नामसारी गर्दा वा धितो वा बन्धक दिँदा वा लिँदा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि खरिद वा विक्री गर्ने वा धितो बन्धक लिने वा दिने वा अन्य तरीकाले व्यवस्थापन गर्ने व्यक्तिले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र वा परिचयत्रपत्रको प्रमाणित प्रति पेश गरि नेपाली नागरिक सरह निजको नाममा खरिद, विक्री वा नामसारी लगायतका कारोवार गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको प्रमाणपत्र वा परिचयपत्र पेश भएकोमा सम्बन्धित सरकारी वा गैरसरकारी कार्यालयले सोही उपदफा बमोजिमको कुनै काम गर्दा सोही व्यहोरा उल्लेख गरी निजको पहिचान खुल्ने गरी सम्बन्धित अभिलेखमा जनाउनु पर्नेछ ।

९. अंश वा अपुताली प्राप्त गर्न सक्ने:(१) कुनै गैरआवासीय नेपालीले कानून बमोजिम नेपालभित्रकुनै अंश वा अपुताली पाउने रहेछ भने त्यस्तो चल अचल सम्पत्तिमा निजले नेपाली नागरिक सरह अंश वा अपुताली प्राप्त गर्न, भोग चलन गर्न र कारोवार गर्न सक्नेछ ।

१०. सम्पत्तिको स्वामीत्व, हक, भोगमा असर नपर्ने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाली मूलको कुनै विदेशी नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गर्नु अघि निजको नाममा कायम भइ सकेको चल वा अचल सम्पत्तिउपर निजले त्यस्तो नागरिकता प्राप्त गरेको कारणले मात्र कुनै असर पर्ने छैन र निजले आफ्नो जीवनकालभर नेपाली नागरिक सरह भोगचलन र बिक्रि व्यवहार लगायतको कारोवार गर्न सक्ने छ।
निजको मृत्यु पछि अंश वा अपुतालीबाट निजका हकदारलाइ त्यस्तो सम्पत्तिमा अधिकार प्राप्त हुने छ। ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनु अघि गैरआवासीय नेपालीको हैसियत प्राप्त गरेको व्यक्तिले खरिद गरिसकेको अचल सम्पत्ति तत्काल कायम रहेको कानून अनुसार जतिसुकै परिमाणमा निजले जुनसुकै हैसियतमा खरिद गरेको भए तापनि कानून सम्मत रुपमा नै खरिद गरेको मानिनेछ र त्यस्तो सम्पत्तिमा यो ऐन लागु भए पछि गैरआबासिय नेपालीले प्राप्त गर्न सक्ने अचल सम्पत्ति र अंश वा अपुतालीबाट प्राप्त हुने सप्पतिको सीमाभित्र गणना गरिने छैन। ।

११. सम्पत्तिको हस्तान्तरण र भोगमा असर नपर्ने: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको चल वा अचल सम्पत्ति गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न नसक्ने हकवाला हुने भएमा त्यस्तो सम्पत्ती निजको हकवालामा हस्तान्तरण हुन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको चल वा अचल सम्पत्ति प्राप्त गर्न, धारण गर्न र भोगचलन र अन्य कारोवार गर्न सक्नेछ ।
(३) यस दफा बमोजिम हस्तान्तरण हुने चल वा अचल सम्पत्तिको भोगचलन सम्बन्धीअन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।

१२. उद्योग वा व्यवसाय खुला रहने: प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपाली नागरिक सरह नेपालमा लगानी गरि उद्योग, व्यापार , र ब्यबसाय लगानी गर्न र व्यवसाय संचालन संचालन गर्न सक्ने सक्नेछ । गैरआबसिय नेपालीको हकमा नेपालमा बिदेशी लगानी गर्ने प्रयोजनको लागि बिदेशी लगानी तथा प्रबिधि हस्तान्तरण सम्बन्धि ऐनको बन्देज लागु हुने छैन ।

१३. पेशा वा व्यवसाय संचालन गर्न सक्ने:(१) गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलेनेपाली नागरिक सरह प्रचलित कानूनको अधीनमा रही नेपालमा चिकित्सा, अस्पताल, आइ टि, हस्पिटालिटी, नर्शिंग, फार्मेसी, होटेल, रेस्टुरेन्ट, परामर्श सेवा लगायतका कुनै पनि पेशा वा व्यवसाय स्थापना गरी संचालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै पेशा वा व्यवसाय संचालन गरेकोमा त्यसको नियमन वा अनुगमन गर्ने निकायले त्यसको अभिलेख राख्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम पेशा वा व्यवसाय संचालन गरेको कारणबाट प्राप्त हुने आयको तोकिए बमोजिमको रकम बिदेशी परिवर्त्य मुल्यमा आफू रहे बसेको मुलुकमा लैजान सक्नेछ ।

१४. विदेशी लगानी गर्न र रकम फिर्ता लैजान सक्ने:(१) गैरआवासीय नेपालीले विदेशीलगानीकर्ताको हैसियतमा नेपालमा विदेशी लगानी गर्न र विदेशी लगानी गरेको कारणले प्रचलित कानून बमोजिम प्राप्त हुने अधिकार, सुविधा, सहुलियत वा छूट प्राप्त गर्न सक्नेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा बस्ने नेपाली नागरिकले उपदफा (१) बमोजिम बैंकिङ्ग प्रणाली मार्फत परिवर्त्य विदेशी मुद्रामा नेपालमा लगानी गरेकोमा निजले गरेको लगानी रकम र त्यसबाट आर्जित रकम प्रचलित कानूनको अधीनमा रही फिर्ता लैजान सक्नेछ ।

१५. बैंक तथा बित्तिय कारोवार गर्न सक्ने सक्ने: गैरआवासीय नेपालीले कानून बमोजिम नेपालको कुनै पनि बैंक वा वित्तीय संस्थामा नेपाली मुद्रामा वा बैंकिङ्ग प्रणाली मार्फत नेपाल भित्र्याएको परिवर्त्य विदेशी मुद्रा भए विदेशी मुद्रामा नेपाली नागरिक सरह बैंक खाता खोल्न, संचालन वा कारोबार गर्न र आफ्नो र आफ्नो परिवारको नाममा शेयर खरिद, बिक्रि गर्न सक्नेछ ।

१६. रोजगारी प्राप्त गर्न सक्ने: (१) गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको संबिधानको अधिनमा रही नेपाली नागरिक सरह सरकारी, गैरसरकारी, प्राबिधिक, शैक्षिक र अन्य संगठित संस्था वा क्षेत्रमा रोजगारी वा श्रमको समान शर्तमा रोजगारी प्राप्त गर्ने तथा पारिश्रमिक र सुविधा प्राप्त गर्न सक्नेछ ।

१७. सामाजिक संरक्षण उपयोग गर्न सक्ने : यस ऐन बमोजिम रोजगारी प्राप्त गरेको व्यक्तिलेनेपाली नागरिक नागरिक सरह कानून बमोजिम योगदानमा आधारित निवृत्तभरण, उपदान, अशक्तवृत्ति, सरह कानून कर्मचारी संचय कोष सुविधा, पारिवारिक उपदान वा त्यस्तै प्रकृतिका अन्य सामाजिक संरक्षणको सुविधा उपयोग गर्न सक्नेछ ।
तर कानून बमोजिम वितरण हुने जेष्ठ नागरिक भत्ता, एकल महिला, अपांगता भएका व्यक्ति वा नेपाली नागरिकलाई मात्र प्राप्त हुने अन्य भत्ता गैर आबासिय नेपालीलाइ उपलब्ध गराउन सकिने छैन ।

१८. स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने: (१) नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली वा निजको परिवारको सदस्यले नेपाली नागरिक सरह निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ |
(२) गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा निजको परिवारको सदस्यलाई नेपाली नागरिक सरह स्वास्थ्य सेवामा पहुँच हुने, आकस्मिक स्वास्थ्य सेवा वा स्वास्थ्योपचार पाउने वा स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउन सक्नेछ ।
१९.अन्तरिक यात्रामा सुबिधा: गैर आवासिय नेपालीले नेपालभित्र गर्ने सबै प्रकारका अन्तरिक हवाई यात्रा, स्थलगत यात्रा, ट्रेकिंग वा अन्य कुनै पनि प्रकारका यात्रामा नेपाली नागरिक सरहको सेवा शुल्क तिरेर यात्रा गर्न सक्नेछ ।

२०.सवारी अनुमतिपत्रको मान्यता: गैर आबासिय नेपालीले नेपालमा रहँदा निजले विदेशमा प्राप्त गरेको सवारी अनुमति चालक प्रमाणपत्रलाइ नेपालमा सवारी चलाउन सक्ने मान्यता प्राप्त हुने छ। त्यस्तो सवारी चालकको मान्यता अनुमति पत्रमा तोकिएको किसिमको सवारी र मान्यता प्राप्त अवधिभर मात्र सीमित रहने छ।

परिच्छेद – ४
शिक्षा प्राप्त गर्ने अधिकार र सुबिधा

२१. शिक्षा प्राप्त गर्ने अधिकार: (१) गैरआवासीय नेपाली वा निजको परिवारको सदस्यलाई नेपालमा बसोबास गर्दा नेपाली नागरिक सरह प्रारम्भिक बाल विकास शिक्षा, अनिवार्य आधारभूत शिक्षा, माध्यमिक शिक्षा लगायत बिश्वबिद्यालय स्तरको उच्च शिक्षामा पहुँच हुनेछ ।
(२) उपदफा (१) बमोजिमको शिक्षा प्राप्त गर्न गैरआवासीय नेपाली वा निजको परिवारको सदस्यलाई नेपाली नागरिक सरह कानून बमोजिम विद्यालय वा शिक्षण संस्थामाप्रवेश पाउने, अध्ययन वा अनुसन्धान गर्ने, वैज्ञानिक खोज वा आविष्कार गर्ने, परीक्षामा सहभागी हुने, शैक्षिक प्रमाणपत्र वा उपाधि प्राप्त गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम आधारभूत शिक्षा सामुदायिक विद्यालयबाट प्राप्त गर्दा कुनै गैरआवासीय नेपाली वा निजको परिवारको सदस्यले कानून बमोजिम नेपाली नागरिक सरह निःशुल्क प्राप्त गर्न सक्नेछ ।
(४) गैरआवासीय नेपालीले यस दफा बमोजिम आधारभूत, माध्यमिक वा उच्च शिक्षा प्राप्त गर्दा कानून बमोजिम नेपाली नागरिकले भुक्तानी गर्न पर्ने शुल्क वा दस्तूर भन्दा बढी शुल्क वा दस्तूर बुझाउनु पर्ने छैन ।

२२. बौद्धिक सम्पत्तिको संरक्षण:(१) गैरआवासीय नेपालीले नेपालमा कुनै पनि साहित्यिक,कलात्मक कृति सृजना गरी प्रतिलिपि अधिकार वा औद्योगिक सम्पत्ति मानिने कुनै पनि काम गरी कानून बमोजिम नेपाली नागरिक सरह बौद्धिक सम्पत्तिको अधिकार प्राप्त गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बौद्धिक सम्पत्तिको अधिकार प्राप्त गर्न सक्ने शर्त, त्यसको संरक्षण अवधि वा त्यसबाट प्राप्त गर्ने सुबिधा र सम्पत्ति सम्बन्धि अधिकार कानून बमोजिम संरक्षण हुनेछ ।

परिच्छेद-५
प्रवेशाज्ञा तथा अध्यागमन सम्बन्धी कार्यविधि

२३. प्रवेशाज्ञा आवश्यक नहुने: (१) गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपाल प्रवेश गर्दा निजलाई प्रवेशाज्ञा (भिसा) आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) को प्रयोजनकालागि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपाल प्रवेश गर्दाका बखत प्रत्येक प्रवेश विन्दुमा अध्यागमन अधिकारीसमक्ष निजको नाममा रहेको विदेशी मुलुकबाट जारी भएको राहदानीसँगै गैरआवासीय नेपाली नेपाली नागरिकता वा परिचय पत्र(NRN card) को प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम प्रवेशाज्ञा प्राप्त गर्ने गैर आबसिय नेपालीले नेपाल प्रवेश गर्दा र नेपालमा रहंदाको अवधिभरको लागि भिसा शुल्क तिर्नु पर्ने छैन।

२४.आवासीय अनुमति सम्बन्धि ब्यबस्था (१) गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिलाई नेपालमा बसोबास गर्दा आवासीय अनुमति (रेजिडेन्सियल भिसा) आवश्यक पर्ने छैन ।
(२) उपदफा (१) मा लेखिए बाहेक अन्य गैरआवासीय नेपालीले नेपालमा कुनै उद्योग, व्यापार, व्यवसाय वा पेशा संचालन गरेकोमा वा अध्ययन, अनुसन्धान गरेकोमा एकपटकमा पांच वर्षमा नबढ्ने गरी निज र निजको परिवारका सदस्यलाई त्यस्तो उद्योग, व्यापार, व्यवसाय वा पेशा संचालन रहेसम्म नेपाल सरकारले कानून बमोजिम आवासीय अनुमतिपत्र दिन सक्नेछ ।
(३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै गैरआवासीय नेपालीले विदेशी लगानी गरेको कारणले प्राप्त गर्न सक्ने प्रवेशाज्ञा वा आवासीय अनुमति सुविधा प्रचलित कानून बमोजिम हुनेछ ।

२५. गैरआवासीय नेपाली सम्बन्धी डेस्क: (१)नेपाल सरकारले प्रत्येक अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा गैर आवासीय नेपाली डेस्क राखी अध्यागमन सम्बन्धी सेवा प्रदान गर्ने व्यवस्था गर्न सक्नेछ ।
(२) उपदफा (१) सुविधा नेपाली उत्पत्तिको व्यक्तिले पनि प्राप्त गर्न सक्नेछ

२६. आवतजावतको सुविधा:(१) गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले नेपाली नागरिक सरह नेपालको कुनै पनि भागमा आवतजावत गर्न सक्नेछ |
(२) उपदफा (१) मा उल्लेख भएको व्यक्ति बाहेक परिचयपत्र प्राप्त गरेको गैरआवासीय नेपालीले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निषेध गरेको क्षेत्र बाहेक नेपालको अन्य कुनै पनि भागमा आवातजावात गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास अवधिको लागि कुनै खास क्षेत्र वा त्यसको कुनै भागमा जो सुकैलाई पनि आवातजावातमा निषेध वा नियन्त्रण गर्न सक्नेछ ।
परिच्छेद-६
गैरआवासीय नेपाली संघ तथा परोपकारी कोष

२७. गैरआवासीय नेपाली संघ: (१) गैरआवासीय नेपालीबीच पारस्परिक एकता, सहयोगर सद्भाव अभिवृद्धि गर्न, गैरआवासीय नेपालीको हक तथा हित संरक्षण गर्न, गैरआवासीय नेपालीको नेपाल र नेपाली नागरिक प्रतिको सद्भाव र संस्थागत रुपमा भावनात्मक एकता प्रवर्द्धन गर्न कम्तिमा पन्द्र मुलुकमा रहेका कम्तिमा पचास जना गैरआवासीय नेपालीले गैरआवासीय नेपाली संघ नाम गरिएको एक संस्था संस्थापना गर्न सक्नेछन् ।
(२) उपदफा (१) बमोजिमको संस्था संस्थापना गर्न संघको विधान तथा तोकिएको विवरण सहित तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा ( (३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा तोकिएको अधिकारीले छानवीन गरी संस्था दर्ता गर्न उपयुक्त देखिएमा त्यस्तो संस्थाको विधान स्वीकृति गरी तोकिएको ढाँचामा संस्था दर्ता भएको प्रमाणपत्र दिनेछ ।
(४) संघ गैर नाफामूलक तथा गैर राजनीतिक प्रकृतिको संस्था हुनेछ र यसले कानूनी व्यक्तित्व प्राप्त गरी सो हैसियतमा अधिकारको प्रयोग, कर्तव्यको पालना र दायित्व निर्वाह गर्नेछ |
(५) उपदफा (३) बमोजिम दर्ता भएको संस्था सम्पूर्ण गैरआवासीय नेपालीको साझा संस्था हुनेछ र त्यस्तो संस्था दर्ता भए पछि त्यस्तो संस्था कायम रहुञ्जेल त्यस्तै प्रकृतिको अर्को संस्था दर्ता हुन सक्ने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेको गैर आवासीय नेपाली संघ यस ऐन बमोजिम दर्ता भईसंचालन भएको मानिनेछ ।

२८.संघको नवीकरण : (१) यस ऐन बमोजिम दर्ता भएको संघ दश वर्षको लागि कायम रहनेछ र त्यसपछि प्रत्येक दश वर्षमा नवीकरण गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नवीकरण परेमा संघ बहाल रहने अवधि समाप्त हुनु अगावै तोकिए बमोजिमको नवीकरण दस्तूर सहित तोकिएको अधिकारी समक्ष तोकिए बमोजिम निवेदन दिनु पर्नेछ ।
(३) तोकिएको अधिकारीले उपदफा (२) बमोजिम पर्न आएको निवेदन तथा कागजातको छानवीन गरी संघको नवीकरण गर्नेछ
(४) यस दफा बमोजिम नवीकरण नगराएमा बहाल रहने अवधि समाप्त भएको मितिबाट संघ स्वतः विघटन भएको मानिनेछ ।

२९.संघको साधारणसभा: (१) संघको साधारणसभा कम्तीमा दुई वर्षमा एक पटक बस्ने गरी संघको विधानमा व्यवस्था गरे बमोजिम हुनेछ ।
(२) साधारणसभा सम्बन्धी अन्य व्यवस्था संघको विधानमा व्यवस्था भए बमोजिम हुनेछ।

३०. संघको लेखा र लेखापरीक्षण:(१) संघको आय व्ययको लेखा तोकिए बमोजिम राख्नुपर्नेछ|
(२) संघको लेखाको लेखापरीक्षण संघको साधारणसभाले नियुक्त गरेको लेखापरीक्षकबाट प्रत्येक वर्ष गराउनु पर्नेछ ।
(३) संघले उपदफा (२) बमोजिम भएको लेखापरीक्षणको एक एक प्रति प्रतिवेदन प्रत्येक वर्ष आर्थिक वर्ष समाप्त भएको मितिले सात महीनाभित्र मन्त्रालय र तोकिएको निकायमा पेश गर्नु पर्नेछ ।

३१. संघको विघटन : (१) संघले विधान बमोजिमको कार्य सञ्चालन गर्न नसकेको वा अन्य कुनै कारणबाट संघ विघटन भएमा संघको सम्पूर्ण सम्पत्ति नेपालसरकारमा स्वतः हस्तान्तरण भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिम संघ विघटन हुँदाका बखत सम्पत्तिले खामेसम्मको दायित्व नेपाल सरकारले व्यहोर्नेछ ।

३२.गैरआवासीय नेपाली परोपकारी कोष:(१) नेपाली नागरिकका लागि विभिन्न परोपकारी कार्यक्रमसंचालन गर्न वा त्यस्ता कार्यक्रममा सहयोग गर्न संघले नेपाल सरकारको स्वीकृति लिई गैरआवासीय नेपाली परोपकारी कोष (एन.आर.एन. च्यारिटेबल फण्ड) नामक एक कोष स्थापना गर्न सक्नेछ ।

३३. गैरआवासीय नेपाली परोपकारी कोषको संचालन: यस ऐन वमोजिम स्थापना भएको कोषको संचालन र व्यवस्थापन संघले मनोनयन गरेको प्रतिनिधिबाट हुनेछ ।
(२) कोषको रकम दफा ४० को उपदफा (१) बमोजिम निर्धारण भएको परोपकारी काममा खर्च गर्नु पर्नेछ
(३) संघले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महीनाभित्र कोषको कार्यक्रम र खर्चको सम्बन्धमा मन्त्रालय र तोकिएको निकायमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।

परिच्छेद-८
विविध

३४. जरिवाना हुने : (१) कुनै गैरआवासीय नेपालीले झुट्टा विवरण दिई यस ऐन बमोजिम नाम दर्ता गराएको वा परिचयपत्र प्राप्त गरेको प्रमाणित भएमा तोकिएको अधिकारीले तोकिएको कार्यविधि पूरा गरी त्यसरी भएको नाम दर्ता वा प्राप्त गरेको परिचयपत्र रद्द गरी पचास हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम नाम दर्ता वा परिचयपत्र रद्द भएमा त्यस्तो गैरआवासीय नेपालीलाई पाँच वर्षसम्म अर्को परिचयपत्र जारी हुन सक्ने छैन ।
(३) उपदफा (१) बमोजिम नाम दर्ता वा परिचयपत्र रद्द गरिएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिन भित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

३५.अधिकारमा असर नपर्ने: यस ऐनमा लेखिएको कुनै पनि कुराले विदेशमा बस्ने नेपाली नागरिकले नेपालमा कानून बमोजिम प्रयोग गर्ने वा गर्न सक्ने अधिकार उपर प्रतिकूल असर पर्ने छैन ।

३६. नेपाल सरकारसँग सम्पर्क : संघले नेपाल सरकारसँग सम्पर्क राख्दा मन्त्रालयमार्फत राख्नु पर्नेछ ।

३७. नियम बनाउने अधिकार : नेपाल सरकारले यस ऐन कार्यान्वयन गर्न आवश्यक नियमहरु बनाउन सक्नेछ ।

३८. खारेजी र बचाऊ : (१) गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ खारेज गरिएको छ ।
(२) गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

(प्रस्तुत गैरआबसिय नेपाली सम्बन्धि एकीकृत बिधेयकको मसौदा बर्तमान गैर आबासिय नेपाली सम्बन्धि ऐन तथा नेपाल कानून आयोगले गरेको मसौदा समेतलाइ अध्ययन गरि तयार गरिएको छ )
प्रस्तुत मसौदा तयार गर्नको लागि अध्ययन र पुनरावलोकन गरिएका मुख्य सन्दर्भ सामग्रीहरु:

नेपालको संबिधान २०७२
गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४
गैरआवासीय नेपाली सम्बन्धी नियमावली, २०६६
मुलुक देवानी संहिता, २०७४
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५
सवारी यातायात ब्यबस्था सम्बन्धि ऐन २०४९
अध्यागमन नियमावली, २०५१
कम्पनी ऐन, २०६३
औद्योगिक व्यवसाय ऐन, २०७६
नागरिकता ऐन, २०६३
नागरिकता नियमावली, २०६४

21/05/2025

अब सबै कुरा सामाजिक संजाल बाटै भन्ने, सुन्ने र प्रमाणित गर्न खोज्ने त रहेछ , बैठक न बस्ने भैगो?
अब कोष सम्बन्धि जानकारि यतै बाट गराऊनु पर्यो!
१) ICC को MIS बाट २९ साधारण र २ आजिब सदस्यहुनु भयको रकम प्राप्त भएको थियो, त्यस पछि आएको रकमहरू काँहा छ थाहा छैन, कसलाई सोध्ने हो ?
२) NCC USA को MIS बाट पनि सदस्यता नबिकरण बापतका रकमहरू देखा पर्न थालेका छन है!
३) अब सदस्य खोले पश्चात त निर्बाचन समितिलाई पनि जानकरि गरे र गराऊनु अनुरोध गर्दछुl

I’ll give you honest and constructive feedback to help resolve the issue. Please share the details of the problem you're...
18/05/2025

I’ll give you honest and constructive feedback to help resolve the issue. Please share the details of the problem you're facing — whether it's a document, plan, technical issue, or something else — and I’ll look closely.

Address

4812 ELLSWORTH ST
Mansfield, VIC
76063

Alerts

Be the first to know and let us send you an email when Saroj Sigdel Treasurer , NRNA NCC, USA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Saroj Sigdel Treasurer , NRNA NCC, USA:

Share