09/06/2026
प्रिय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
हाम्रो आगामी BNC भजन–कीर्तन कार्यक्रम २७ जुन २०२६, शनिबार साँझ ५:०० बजे आयोजना हुँदैछ। यस पावन अवसरमा तपाईं सम्पूर्ण परिवारसहित सहभागी भई कार्यक्रमलाई अझ आध्यात्मिक, ऊर्जामय र भावनात्मक बनाउन हार्दिक अनुरोध गर्दछौं।
यस महिनादेखि हामीले एउटा नयाँ र विशेष पहलको सुरुवात गर्दैछौं। २ वर्षभन्दा माथिका बालबालिकाहरूका लागि बेलुका ४:०० बजेदेखि १ घन्टा विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ, जहाँ उनीहरूले नेपाली भाषा, संस्कृति, परम्परा र मूल्यहरूबारे रमाइलो तरिकाले सिक्ने अवसर पाउनेछन्। विस्तृत जानकारी कार्यक्रम नजिकिँदै जाँदा साझा गरिनेछ।
साथै, कार्यक्रमलाई सफल बनाउन ३ जना स्वयंसेवक (Volunteers) आवश्यक छ। यदि तपाईं ३:३० बजे देखि ७:०० बजेसम्म समय दिन सक्नुहुन्छ र समुदायको सेवामा योगदान गर्न इच्छुक हुनुहुन्छ भने कृपया BNC समितिका सदस्यहरू वा मसँग प्रत्यक्ष सम्पर्क गर्नुहोस्।
पछिल्लो भजन कार्यक्रम तपाईंहरूकै साथ, सहयोग र सहभागिताका कारण अत्यन्त सफल र स्मरणीय बनेको थियो। यसपटक पनि यदि तपाईंले प्रसाद स्वरूप कुनै खानेकुरा ल्याएर योगदान गर्न सक्नुहुन्छ भने त्यो अत्यन्तै स्वागतयोग्य हुनेछ। सानो वा ठूलो होइन, भावना नै सबैभन्दा ठूलो प्रसाद हो।
हाम्रो संस्कृति, आध्यात्मिकता र समुदायलाई अझ बलियो बनाउने यो साझा प्रयासमा तपाईंहरूको साथ, सुझाव र सहयोग अमूल्य छ।
आउनुहोस्, भजनमार्फत मनलाई शान्ति, आत्मालाई ऊर्जा र समुदायलाई एकता प्रदान गरौं। 🙏❤️
जय श्रीराम । जय पशुपतिनाथ ।
🕉️🕉️🕉️