31/05/2026
(Saka Dawa) एक कोरा Society of Queenslandा संग 🪷
बौद्ध धर्ममा अत्यन्त पुण्यमय र पवित्र महिना मानिन्छ। यो पर्व विशेष गरी भगवान गौतम बुद्धको जीवनका तीनवटा मुख्य घटनाहरूसँग सम्बन्धित छ, जुन एकै दिन परेको विश्वास गरिन्छ:
बुद्धको जन्म: राजकुमार सिद्धार्थको रूपमा जन्म।
बुद्धत्व प्राप्ति: बोधगयामा ज्ञानको प्राप्ति।
महापरिनिर्वाण: बुद्धले शरीर त्याग गरी निर्वाण प्राप्त गरेको दिन।
बौद्ध धर्मावलम्बीहरूका लागि यो दिन अत्यन्तै पुण्यदायी मानिन्छ। यस समयमा कोरा गर्ने, दीप प्रज्वलन गर्ने, दान-पुण्य, जीव दया, मन्त्र जाप, ध्यान र धर्मकार्य गर्दा सामान्य दिनभन्दा कैयौं गुणा बढी पुण्य प्राप्त हुने विश्वास गरिन्छ।