01/09/2026
🕯️ नेपालमा भएको दुखद दुर्घटनाका मृतकहरूप्रति श्रद्धाञ्जली सभामा हार्दिक निमन्त्रणा 🕯️
हालै नेपालमा भएको दुखद दुर्घटनामा ज्यान गुमाउनुभएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्न र दिवंगत आत्माको चिर शान्तिको कामनाका लागि एक शान्तिपूर्ण श्रद्धाञ्जली सभा आयोजना गर्न लागिएको छ।
अस्ट्रियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई यस दु:खद घडीमा एकसाथ उभिएर ऐक्यबद्धता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रमको विवरण:
मिति: ५ सेप्टेम्बर २०२६ (05.09.2026)
समय: साँझ १७:०० देखि १९:०० बजे सम्म (17:00 - 19:00 Uhr)
स्थान: Stephansplatz 2, 1010 Wien
(यो कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहनेछ।)