NRNA Women Forum Austria

NRNA Women Forum Austria NRNA Women Forum Austria is an organization for all those Nepalese women in Austria .

The main purpose of this page is to exchange information among all Nepalese women living in Austria.

हार्दिक आभार तथा धन्यवाद हिजो गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय महिला फोरम अष्ट्रिया द्वारा ८ मार्च २०२६ का दिन आयोज...
09/03/2026

हार्दिक आभार तथा धन्यवाद
हिजो गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय महिला फोरम अष्ट्रिया द्वारा ८ मार्च २०२६ का दिन आयोजित अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा अत्यन्त खुसी लागेको छ।
यस कार्यक्रममा मोडेल कन्सेप्ट तयार गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने संस्थाकी उपाध्यक्ष रिमा बिष्ट, नेपाली स्कुलकी गुरुआमा अन्जना आचार्य, आकाश घिमिरे, विनिता केसी मुना गुरुङ लगायत सम्पूर्ण सहयोगीहरूमा हृदयदेखि नै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। उहाँहरूको सक्रिय सहयोग, समय र समर्पणले कार्यक्रमलाई अझ अर्थपूर्ण र सफल बनाउन ठूलो योगदान पुगेको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुने
नेपाली राजदूतावास भियना – उपनियोग प्रमुख / Minister Counsellor लेखनाथ गौतम ज्यु,
त्यसैगरी एनआरएनए अष्ट्रियाका पूर्व अध्यक्ष भवानी तिवारी ज्यु,
संस्थाका संरक्षक आदरणीय श्याम उपाध्याय ज्यु,
सस्थाका संरक्षक आदरणीय तुल बहादुर गुरुङ ज्यु
आदिवासी जनजाति महासंघ अष्ट्रियाका अध्यक्ष देभ गुरुङ ज्यु,
नेसास अष्ट्रियाका अध्यक्ष श्री डभिन लामा ज्यु लगायत सम्पूर्ण विशिष्ट अतिथि तथा आमन्त्रित व्यक्तित्वहरूमा हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछु।
त्यसैगरी कार्यक्रमको खाना तथा नास्ता व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुने संस्थाकी कोषाध्यक्ष कोपिला शाही ज्यु प्रति पनि विशेष आभार व्यक्त गर्न चाहन्छु।
यस कार्यक्रममा हामीले बालबालिकाहरूका लागि विशेष कार्यक्रम पनि आयोजना गरेका थियौं। कार्यक्रममा सहभागी भएका नानीबाबुहरू अत्यन्तै खुशी देखिनुभएको थियो, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण बनायो। कार्यक्रमलाई उत्साहका साथ सफल बनाइदिनुहुने सम्पूर्ण नानीबाबुहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु।
कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा भाइबहिनीहरूको सहभागिता, साथ र सहयोगले कार्यक्रमलाई अझ सफल, भव्य र स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।
🙏 हार्दिक धन्यवाद।
एनआरएनए अस्ट्रीया महिला फोरम

सुनयना बिष्ट
🙏 हार्दिक धन्यवाद।

🌸✨ Zwei Wurzeln. Eine Zukunft. ✨🌸✨ दुई जरा। एउटै भविष्य। ✨गैरआवासीय नेपाली संघ राष्ट्रिय महिला फोरम अस्ट्रियाद्वारा८ मार...
01/03/2026

🌸✨ Zwei Wurzeln. Eine Zukunft. ✨🌸
✨ दुई जरा। एउटै भविष्य। ✨

गैरआवासीय नेपाली संघ राष्ट्रिय महिला फोरम अस्ट्रियाद्वारा
८ मार्च २०२६ का दिन अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रम आयोजना गरिँदैछ।

Am 8. März 2026 feiern wir gemeinsam den Internationalen Frauentag in Wien – mit Respekt, Empowerment und Gemeinschaft.

🌸 महिलाको सम्मान र सशक्तीकरण
🌸 Inspirierende Geschichten & Austausch
🌸 Gemeinschaft & kulturelle Identität
🌸 १० वर्षभन्दा माथिका बालबालिकाका लागि interaktives Jugendprogramm

Unsere Kinder wachsen in Österreich auf
aber ihre Wurzeln reichen bis nach Nepal.
Genau diese zwei Wurzeln sind ihre Stärke.

यस कार्यक्रममार्फत नयाँ पुस्तालाई समुदायसँग जोड्ने, सिक्ने र आफ्ना विचार व्यक्त गर्ने अवसर प्रदान गरिनेछ।
📅 8. März 2026
🕒 15:00 Uhr
📍 Markgraf-Rüdiger-Straße 6A, 1150 Wien
(Stadthalle – Nähe U3 Schweglerstraße & U6 Burggasse-Stadthalle)

Herzliche Einladung an alle Frauen, Familien und besonders an unsere zweite Generation.
आफ्ना छोराछोरीलाई पनि साथमा ल्याउन नबिर्सनुहोला।
महिला फोरम अस्ट्रीया।

🌸 हार्दिक  निमन्त्रणा 🌸अन्तर्राष्ट्रिय महिला दिवस २०२६ समारोहआदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,गैरआवासीय नेपाली संघ राष्ट्...
19/02/2026

🌸 हार्दिक निमन्त्रणा 🌸
अन्तर्राष्ट्रिय महिला दिवस २०२६ समारोह
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
गैरआवासीय नेपाली संघ राष्ट्रिय महिला फोरम, अस्ट्रियाको आयोजनामा आगामी ८ मार्च २०२६ का दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिँदैछ।
महिलाको सम्मान, सशक्तीकरण, नेतृत्व विकास तथा आपसी आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा महिला दिदीबहिनीहरू तथा बालबालिकाहरूका लागि विविध रचनात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
यस विशेष अवसरमा सम्पूर्ण नेपाली समुदायलाई परिवारसहित उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ। तपाईंहरूको सहभागिताले कार्यक्रमलाई अझ प्रेरणादायी र अर्थपूर्ण बनाउनेछ भन्ने हाम्रो विश्वास रहेको छ।

📅 मिति: ८ मार्च २०२६
⏰ समय: दिनको १२:०० बजे
📍 स्थान: Markgraf-Rüdiger-Straße 6A, 1150 Wien
कार्यक्रम संयोजक: महिला फोरम, अस्ट्रिया
संयोजक: सुनयना बिष्ट

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,गैरआवासीय नेपाली संघ राष्ट्रिय महिला फोरम अस्ट्रियाले आगामी ८ मार्च २०२६ का दिन अन्तर्रा...
17/02/2026

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

गैरआवासीय नेपाली संघ राष्ट्रिय महिला फोरम अस्ट्रियाले आगामी ८ मार्च २०२६ का दिन अन्तर्राष्ट्रिय महिला दिवसको विशेष अवसरमा एक विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै हर्ष लागेको छ।

यस कार्यक्रममा महिलाहरूको सम्मान, सशक्तीकरण तथा आपसी आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले विविध प्रस्तुतिहरू समावेश गरिनेछन्। साथै, १० वर्षभन्दा माथिका बालबालिकाहरूका लागि विशेष रूपमा ज्ञानमूलक तथा अन्तर्क्रियात्मक बहुमाध्यमीय कार्यक्रम पनि सञ्चालन गरिनेछ, जसले उनीहरूको सहभागिता, सिकाइ र सिर्जनशीलतालाई प्रोत्साहन गर्नेछ।

तपाईँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ सहज, सफल र अर्थपूर्ण बनाउने विश्वास लिएका छौँ। यहाँहरू सबैलाई मात्र नभई यहाँका छोराछोरीहरूलाई पनि साथमा लिएर आउनुहुन हार्दिक अनुरोध गर्दछौँ, किनकि नयाँ पुस्तालाई समुदायसँग जोड्ने र उनीहरूलाई सहभागितामार्फत सिक्ने अवसर प्रदान गर्ने हाम्रो विशेष प्रयास रहेको छ।

मिति: ८ मार्च २०२६
समय: दिउँसो ३ बजे
स्थान: Markgraf-Rüdiger-Straße 6A, 1150 Wien (Stadthalle को पछाडि, U3 स्टेशन Schweglerstraße l तथा U6 स्टेशन Burggasse-Stadthalle नजिक)

कार्यक्रम संयोजक:
महिला फोरम, अस्ट्रिया

आदरणीय अस्ट्रिया बासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।गैर–आवासीय नेपाली संघ (NRNA) अस्ट्रिया द्वारा २०२५–२०२७...
06/01/2026

आदरणीय अस्ट्रिया बासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
गैर–आवासीय नेपाली संघ (NRNA) अस्ट्रिया द्वारा २०२५–२०२७ कार्यकालका लागि लिइएको निर्णयअनुसार पञ्जीकृत सदस्यता केन्द्र पुनः खुला गरिएको तथा सदस्यता नवीकरण प्रक्रिया हाल सञ्चालनमा रहेको जानकारी गराउन चाहन्छौं।
यस अवसरमा सदस्यता नवीकरण गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। साथै, अस्ट्रियामा बसोबास गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई आ–आफ्नो पञ्जीकृत सदस्यता समयमै नवीकरण गर्नुहुन विनम्र अनुरोध गर्दछौं।
सदस्यता दर्ता वा नवीकरणका लागि कृपया आजै तलको लिंकमा क्लिक गर्नुहोस्:
👉 https://members.nrna.org/signup
वा SMART NRNA APP मोबाइल फोनमा डाउनलोड गरी आजै सदस्य बन्न सक्नुहुनेछ।
पञ्जीकृत सदस्यता नवीकरण गर्ने क्रममा वा नयाँ सदस्यता दर्ता गर्दा कुनै समस्या देखिएमा संस्थाका पदाधिकारीहरू वा कार्यसमितिका साथीहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ।
धन्यवाद।
भवदीय,
ज्ञानु बर्तौला
महासचिव
गैर–आवासीय नेपाली संघ (NRNA)
राष्ट्रिय समन्वय परिषद्, अस्ट्रिया

04/11/2025

भियना स्थित नेपाली दूताबासमा महामहिम राजदूत श्री भरत कुमार रेग्मीज्यू र एनआरएनए अष्ट्रियाको नवनिर्वाचित कार्य....

भियना, नोभेम्बर ३, २०२५आज भियना स्थित नेपाली दूताबासमा महामहिम राजदूत श्री भरत कुमार रेग्मीज्यू र NRNA NCC Austria को नव...
03/11/2025

भियना, नोभेम्बर ३, २०२५
आज भियना स्थित नेपाली दूताबासमा महामहिम राजदूत श्री भरत कुमार रेग्मीज्यू र NRNA NCC Austria को नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

कार्यक्रम परिचयात्मक सत्रबाट सुरु भएको थियो। संयुक्त राष्ट्रसंघ भियना स्थायी नियोगका स्थायी प्रतिनिधि तथा राजदूत महामहिम रेग्मीज्यूले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै दूताबास सधैं अस्ट्रीयामा बसोबास गर्ने नेपाली समुदाय तथा NRNA लगायत सबै संघ–संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो।

अन्तरक्रियात्मक छलफलका क्रममा NRNA Austria का अध्यक्ष श्री ध्रुव ब. पौडेलज्यूले क्रोएसिया लगायत अन्य देशहरूमा पासपोर्ट बनाउन आउने नेपालीहरूले भोग्दै आएका समस्याको सहजीकरण सम्बन्धी विषयमा राजदूत रेग्मीज्यू, दूतावास सचिव श्री लेखनाथ गौतमज्यू र अर्का सचिव श्री अनिल लम्साल ज्यूसँग विस्तृतरूपमा छलफल गर्नुभएको थियो। उहाँले हाल देखा परेका समस्या समाधानका लागि सहज वातावरण बनाउन अनुरोध गर्नुभएको थियो।

कार्यक्रममा ICC मनोज बिष्ट , उपाध्यक्ष दय तुल बोहरा, शिभ खड्का ज्युले पनि आ आफ्नो जिज्ञासा् राख्नु भयको थियो।

यस सम्बन्धमा महामहिम राजदूत रेग्मीज्यूले दूताबासले नियम–कानुनको दायराभित्र रही सेवाग्राहीका लागि सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उपस्थित पदाधिकारीहरूले राखेका विभिन्न जिज्ञासाको उहाँले सरल र सटिक उत्तर दिनुभएको थियो।

कार्यक्रमको अन्त्यमा दूताबास र नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुमधुर र योजनाबद्ध रूपमा अगाडि बढाउने निष्कर्ष निकालिएको थियो। अन्ततः दूताबासको तर्फबाट अतिथिहरूलाई स्वादिष्ट चिया–नास्ता सहित बिदाइ गरियो।

मिति १३ सेप्टेम्बर २०२५, शनिबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको महाधिवेशन सफलतापूर्वक स...
13/09/2025

मिति १३ सेप्टेम्बर २०२५, शनिबारका दिन गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अष्ट्रियाको महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वअध्यक्ष तथा निर्वाचन पर्यवेक्षक श्री श्याम उपाध्याय रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व श्री ध्रुव पौडेलले गर्नुभएको थियो। सो अवसरमा पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक श्री प्रभाकर घले, पूर्व उपाध्यक्ष एवं निर्वाचन समितिकी सदस्य श्रीमती अनिता भुजेल, आकाश घिमिरे , वर्तमान आइ सि सि सदस्य मनोज बिष्ट ज्यु विशेष उपस्थितिसहित अन्य संघ सस्थाका अध्यक्ष ज्यु हरु पूर्वअध्यक्ष तथा आदिबासी जनजाती माहासंघ अस्ट्रीयाका अध्यक्ष तुल बहादुर गुरुङ ज्यु (मुक्त गुरुङ), नेसास अष्ट्रिया अध्यक्ष तथा सस्थाका वरिष्ठ उपाध्यक्ष डबिन लामा गुरुङ, र नमोबुद्ध स्पोर्ट्स क्लब भियना अध्यक्ष तथा सस्थाका उपाध्यक्ष रिम बहादुर खड्का ज्यु लगायत सम्मानित अतिथिहरूको पनि सहभागिता रहेको थियो यस कार्यक्रममा अस्ट्रीयावासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री बिरेन पुनले आर्थिक विवरण प्रस्तुत गर्नुभयो भने सचिव श्री ज्ञानेन्द्र बर्तौलाले वार्षिक प्रतिवेदन पेश गर्नुभयो। कार्यक्रममा उपस्थित महानुभावहरूले LCC गठन, आकस्मिक सहयोग कोष अष्ट्रिया र संस्थाहरू ले गर्ने नियमित कार्यक्रमहरूको विषयमा प्रश्न राख्नुभएको थियो, जसका उत्तर कार्यसमितिका पदाधिकारीहरूले स्पष्ट रूपमा दिँदै सबै जिज्ञासाहरू समाधान गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो चरणमा निर्वाचन समितिले जानकारी गराएअनुसार कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेको हुँदा, उम्मेदवारी दिएका सम्पूर्ण व्यक्तिहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ।

निर्वाचित पदाधिकारीहरूको सूची यसप्रकार छः
• ध्रुव बहादुर पौडेल – अध्यक्ष
• तुल बहादुर बोहोरा – उपाध्यक्ष
• शिव खड्का (साल्जबुर्ग) – उपाध्यक्ष
• रिमा विष्ट – महिला उपाध्यक्ष
• ज्ञानेन्द्र बर्तोला (वेल्स) – महासचिव
• संगिता बर्तोला (इन्स्ब्रुक) – सचिव
• अर्जुन खनाल – सचिव
• कोपिला शाही – कोषाध्यक्ष
• प्रकाश कार्की – सह–कोषाध्यक्ष
• सुनयना बिष्ट – महिला संयोजक

सदस्यहरू
• राजकुमार पुरी
• निल बहादुर पुन
• सविना गुरुङ
• संगिता आचार्य
• जीवन राखल

निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराई प्रमाणपत्र हस्तान्तरण गरेको छ। यसै अवसरमा नवनिर्वाचित अध्यक्ष श्री ध्रुव बहादुर पौडेलले छोटो मन्तव्य दिँदै आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको छ र कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

एनआरएनए  राष्ट्रिय समन्वय परिषद अस्ट्रीयाको निर्वाचन १३ सेप्टेम्बर २०२५ का लागि दर्ता भयका उम्मेदवारहरुकोसम्पुर्ण प्रक्र...
07/09/2025

एनआरएनए राष्ट्रिय समन्वय परिषद अस्ट्रीयाको निर्वाचन १३ सेप्टेम्बर २०२५ का लागि दर्ता भयका उम्मेदवारहरुको
सम्पुर्ण प्रक्रिया पूरा भएको छ।
यश अबधिमा कसैबाट दाबी बिरोध नपरेको, कसैलेपनी आफ्नो उम्मेदवारि फिर्ता नलिगेको र कुनै पदमा एक भन्दा बढी उम्मेदवारी नपरेको हुदा,
सुचना नं.४ अनुसारका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित हुनुभयको छ।

निर्विरोध निर्वाचित उम्मेदवारहरूको अन्तिम सूची यसप्रकार रहेको छः

निर्वाचन समितिको सूचना नं. ५(उम्मेदवारहरूको पहिलो सूची)निर्वाचन समितिको सूचना नं. ४ अनुसार, मिति ५ सेप्टेम्बर २०२५, बेलु...
05/09/2025

निर्वाचन समितिको सूचना नं. ५
(उम्मेदवारहरूको पहिलो सूची)

निर्वाचन समितिको सूचना नं. ४ अनुसार, मिति ५ सेप्टेम्बर २०२५, बेलुकी २३ः५९ बजे सम्म प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निम्नानुसार रहेको छ।
यो सूची केवल प्राप्त भएका उम्मेदवारीहरूको सूची मात्र हो भन्ने कुरा जानकारी गराइन्छ।
महत्वपूर्ण जानकारी:
उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्ने वा उम्मेदवारी फिर्ता लिने अन्तिम समय ७ सेप्टेम्बर २०२५, राति २३:५९ बजे सम्म रहनेछ।
उम्मेदवारहरूको अन्तिम नामावली ८ सेप्टेम्बर २०२५ प्रकाशित गरिनेछ।

आदरणीय अष्ट्रियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार,हामिले समाजको हितको लागि भनेर धेरै लचकता अपनायर गयका हौ। ...
03/08/2025

आदरणीय अष्ट्रियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार,
हामिले समाजको हितको लागि भनेर धेरै लचकता अपनायर गयका हौ। अब समाज बिथोल्न राजनिती पार्टिले अर्को कथित टिम गठन गरेको सामाजिज संजाल बाट थाहा पाइयो हामी जनमत बाट गठित कार्यसमिती र संरक्षक ज्यु हरुको निर्णय लाई अपहेलना गरि समाजमा बिखन्डित गर्ने हेतुले उहाँ हरुले असामाजिक प्रक्रिया बाट गयका छन तपाइँ हरु भ्रममा नपर्नु हुन अनुरोध गर्दछु। एन आर एन ए अस्ट्रीयाको अदिवेसन आउदो सेप्टेम्बेर 13 तारिख हुदैछ धन्यवाद ।
२०२३–२०२५ कार्यकालका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत ४४० जना पञ्जीकृत सदस्यहरूमध्येबाट चुनिएको कार्यसमिति हाल केन्द्रमा रहेको विवादको कारण संरक्षकहरूको सल्लाहअनुसार स्वतन्त्र रूपमा कार्य गरिरहेको छ। तर दुर्भाग्यवश, राजनीतिक पूर्वाग्रहले प्रेरित केही व्यक्तिहरूले समाजमा भ्रम फैलाउने कार्य गर्दै, एकतामा आधारित हाम्रो समाजलाई फेरि विभाजित गर्ने असफल प्रयास गरिरहेका छन्। यस्तो कार्य अत्यन्तै निन्दनीय र आपत्तिजनक छ।

एनआरएनए अष्ट्रियाले समाजको हितलाई सर्वोपरि मानेर समाज बिखण्डित नहोस् भन्ने उद्देश्यले संरक्षक तथा सल्लाहकारहरूको सहभागितामा बसेको बैठकबाट प्राप्त निर्देशन एवं धारणा अनुसार हामी हाम्रो गतिविधि अघि बढाइरहेका छौं। बैठकमा निम्न महत्वपूर्ण निर्णयहरू गरिएका थिए:

१. एनआरएनए आईसीसी (ICC) मा देखिएको आन्तरिक विवाद पूर्ण रूपमा समाधान नहुन्जेलसम्म एनआरएनए एनसीसी अष्ट्रिया (NCC Austria) ले आईसीसीसँग कुनै किसिमको संलग्नता नराख्ने स्पष्ट धारणा व्यक्त गरिएको थियो।

२. सदस्यताको सन्दर्भमा बारम्बार सदस्यता नवीकरण गर्नुपर्ने बाध्यात्मक अवस्थालाई ध्यानमा राख्दै, पूर्वका ४४० जना पञ्जीकृत सदस्यहरूको सदस्यता कायम राख्ने र नयाँ वा पहिले सदस्यता नलिएका इच्छुक व्यक्तिहरूका लागि सदस्यता पुनः खुला गर्ने निर्णय गरिएको थियो। साथै, महाधिवेशनकै दिन सदस्यता शुल्क तिरेर सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउन सुझाव प्रदान गरिएको थियो, जसले निर्वाचन प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्नेछ।
संरक्षक तथा सल्लाहकारज्यूहरूको मार्गदर्शन अनुरूप, हामी कुनै पनि किसिमको डगमगाहट बिना, निःस्वार्थ भावना सहित एनआरएनए एनसीसी अष्ट्रियालाई कुनै पनि नकारात्मक प्रभाव नपार्ने गरी दृढतापूर्वक अघि बढिरहेका छौं र आगामी दिनहरूमा पनि यस्तै पारदर्शिता र जिम्मेवारीका साथ अघि बढ्ने छौं।
हामी स्पष्ट रूपमा भन्न चाहन्छौं, जसरी भए पनि, हाल एनआरएनए आइसीसी (ICC) मा जारी विवाद समाधान नभएसम्म एनआरएनए अष्ट्रिया कुनै पनि पार्टी वा गुटसँग आवद्ध हुने छैन।
दुर्भाग्यवश, हाल केही व्यक्तिहरू जो ४४० जना पञ्जिकृत सदस्यहरूभित्रकै हुन् र जसलाई नयाँ कार्यसमितिमा सहभागी हुने वा निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्ण अधिकार छ—राजनीतिक पूर्वाग्रहका आधारमा सानो र एकताबद्ध समाजमा अनावश्यक अशान्ति सिर्जना गर्ने प्रयासमा लागिरहेका छन्। यसप्रति एनआरएनए अष्ट्रिया गम्भीर आपत्ति प्रकट गर्दछ।
ती व्यक्तिहरू पनि यसै समाजका जिम्मेवार सदस्य हुन् भन्ने आत्मबोधका साथ, हामी उनीहरूलाई समाजलाई तोड्ने होइन, जोड्ने दिशामा अघि बढ्न हार्दिक आग्रह गर्दछौं।
गत दुई वर्षको अवधिमा हामीले समाजमा के–कस्ता काम गर्न सक्यौं भन्ने मूल्यांकन आदरणीय पञ्जीकृत सदस्यहरू स्वयंले गरिरहनु भएको छ। त्यसैले हामीले के गर्यौं, कति गर्यौं भनेर आफैँ प्रचार गर्नु आवश्यक ठान्दैनौं।
हामीले गरेका हरेक कार्यहरू समाजको हित, भावना र आवश्यकताका आधारमा, संस्थाको विधि-विधान र विगतका कार्यसमितिहरूले देखाएको मार्गदर्शनअनुसार नै गरिएका छन्। हाम्रो उद्देश्य सधैं एकै रहेको छ—समाजलाई अगाडि बढाउनु, एकता कायम राख्नु र सबैलाई समेट्ने वातावरण निर्माण गर्नु।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको महाधिवेशन १३ सेप्टेम्बर २०२५ मा सम्पन्न हुने तय गरिएको छ।
हामी तपाईंहरूलाई यो कुरामा स्पष्ट र विश्वस्त गराउन चाहन्छौं कि महाधिवेशन कुनै बन्द कोठामा होइन, ४५५ भन्दा बढी पञ्जीकृत सदस्यहरूको प्रत्यक्ष उपस्थिति र निगरानीमा पूर्ण पारदर्शिताका साथ सम्पन्न हुनेछ।
सदस्यता दर्ता गर्ने अन्तिम मिति १५ अगस्ट २०२५ तय गरिएको छ।
अतः पहिले सदस्यता नलिएका वा नयाँ सदस्य बन्न चाहने महानुभावहरूले तोकिएको मितिभित्र सदस्यता फारम भरि बुझाउनुहुन हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया

30/07/2025

निर्वाचन समिति २०२५ एनआरएनए अष्ट्रिया
निर्वाचन समिति सूचना नं. ४
सदस्यता खुलै रहेको सुचना सहित उम्मेदवारी दर्ता, उम्मेदवारको योग्यता, दस्तुर विवरण र निर्वाचन आचारसंहिता सम्बन्धी सूचना।
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रियाको निर्वाचन समितिको कार्यतालिका अनुसार पंजीकृत सदस्यहरूको अन्तिम नामावली प्रकाशित १६ अगस्ट २०२५ मा गरिने छ। १५ अगस्ट २०२५ सम्ममा सदस्यता लिने समय तोकिएको छ।
एनआरएनए अष्ट्रिया २०२५–२०२७ कार्यकालको लागि राष्ट्रिय समन्वय परिषद (एनसीसी) को निर्वाचन प्रक्रिया २०२५ अगस्ट २२ बाट औपचारिक रूपमा सुरु भएको घोषणा गरिन्छ।
उम्मेदवारी दर्ता सम्बन्धी विवरण
१. उम्मेदवारको योग्यता:
अध्यक्ष पदको लागि:
एनसीसी को कार्यकारी पदमा कम्तीमा १ कार्यकाल (१ वर्ष) सेवा गरिसकेको हुनु पर्ने।
गैर-आवासीय नेपालीको हैसियत कायम भएको
अन्य पदहरूका लागि:
गैर-आवासीय नेपालीको हैसियत कायम भएको
२ कार्यकालभन्दा बढी एउटै पदमा उम्मेदवारी दिन नपाइने (विधान अनुसार)।
२. पद संख्या र उम्मेदवारी दस्तुर:
(क) राष्ट्रिय समन्वय परिषद अध्यक्ष १ जना ( उम्मेदवारी शुल्क ५०० यूरो )

(ख) राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष (खुला तर्फ) २ जना (उम्मेदवारी शुल्क २५० यूरो)

(ग) राष्ट्रिय समन्वय परिषद महिला उपाध्यक्ष १ जना (उम्मेदवारी शुल्क १५० यूरो)

(घ) राष्ट्रिय समन्वय परिषद महासचिव १ जना (उम्मेदवारी शुल्क ३०० यूरो)

(ङ) राष्ट्रिय समन्वय परिषद सचिव २ जना (उम्मेदवारी शुल्क १०० यूरो)

(च) राष्ट्रिय समन्वय परिषद कोषाध्यक्ष १ जना (उम्मेदवारी शुल्क २०० यूरो)

(छ) राष्ट्रिय समन्वय परिषद सह-कोषाध्यक्ष १ जना (उम्मेदवारी शुल्क १०० यूरो)

(ज) राष्ट्रिय समन्वय परिषद महिला संयोजक १ जना (उम्मेदवारी शुल्क १५० यूरो)

(झ) राष्ट्रिय समन्वय परिषद महिला उप संयोजक १ जना (उम्मेदवारी शुल्क ७५ यूरो)

(ञ) राष्ट्रिय समन्वय परिषद युवा संयोजक १ जना (उम्मेदवारी शुल्क १५० यूरो)

(ट) राष्ट्रिय समन्वय परिषद युवा उप संयोजक १ जना (उम्मेदवारी शुल्क ७५ यूरो)
(ठ) राष्ट्रिय समन्वय परिषद सदस्य ५ जना (उम्मेदवारी शुल्क ५० यूरो)

३. उम्मेदवारी पेश गर्ने प्रक्रिया:
योग्य उम्मेदवारहरूले निम्न दस्तावेजहरू २०२५ अगस्ट २२ देखि २०२५ सेप्टेमबर ५ राति २३:५९ बजेभित्र पठाउनु पर्नेछ:
फोटोसहित उम्मेदवारी फारम
सम्बन्धित उम्मेदवारी दस्तुरको भुक्तानी प्रमाणपत्र
पेश गर्ने माध्यम:
ईमेल: [email protected]
वा
व्यक्तिगत रूपमा:
निर्वाचन संयोजक: प्रभाकर घले
निर्वाचन समिति सदस्यहरू: अनिता भुजेल वा आकाश घिमिरे
४. दस्तुर बुझाउने तरिका:
उम्मेदवारहरूले दस्तुर बैंक ट्रान्सफर अथवा नगद बुझाउन सक्नेछन्।
बैंक विवरण (NRNA Austria):
IBAN: AT31 1200 0514 1701 2812

बैंक ट्रान्सफर गरिएमा दस्तुर जम्मा भएको प्रमाण निर्वाचन समितिले कोषाध्यक्ष मार्फत प्राप्त गर्नेछ।
नगद बुझाउने उम्मेदवारले उम्मेदवारी फारमको साथमा रकम निर्वाचन समितिका पदाधिकारीलाई बुझाउनु पर्नेछ।
महत्वपूर्ण सूचना:
५ सेप्टेम्बर २०२५ साँझ २०:०० बजेभित्र उम्मेदवारी दस्तुर प्राप्त नभएमा उम्मेदवारको नाम अन्तिम उम्मेदवार सूचीमा समावेश गरिने छैन।
त्यसैले बैंक ट्रान्सफर गर्ने उम्मेदवारहरूले समयमै दस्तुर बुझाउन अनुरोध गरिन्छ।
५. प्रमाणपत्र मागको सम्भावना:
निर्वाचन समितिले आवश्यक ठानेमा, उम्मेदवारबाट एनआरएनए अष्ट्रियाको विधानअनुसार योग्यता सम्बन्धी प्रमाणहरू पेश गर्न अनुरोध गर्न सक्नेछ।
६. निर्वाचन आचारसंहिता:
यस सूचनासँगै प्रकाशित निर्वाचन आचारसंहिता सम्पूर्ण उम्मेदवार तथा सरोकारवाला पक्षहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
थप जानकारी वा जिज्ञासाको लागि निर्वाचन समितिको आधिकारिक इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ: [email protected]

निर्वाचन समिति – २०२५
गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रिया

Adresse

Albert Schweitzerstrasse 8
Salzburg
5020

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von NRNA Women Forum Austria erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Die Organisation Kontaktieren

Nachricht an NRNA Women Forum Austria senden:

Teilen