12/10/2026
रुपन्देही जिल्ला, देवदह नगरपालिका–८, बनकित्ता निवासी स्वर्गीय मनोज थापा तथा आमा मीना थापाकी २२ वर्षीया छोरी तमन्ना थापा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भई काठमाडौंस्थित Norvic International Hospital को ICU मा उपचाररत रहनुभएको हुँदा उहाँको उपचार सहयोगार्थ आर्थिक सहयोग गर्नुहुने देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
यहाँहरूले गर्नुभएको सहयोग रकम देवदह सेवा समाजमार्फत बैंक खातामा पठाइएको जानकारी गराउँदै सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
यहाँहरूको माया, सद्भाव र अमूल्य सहयोगप्रति हार्दिक नमन। ❤️🙏
तमन्ना थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। 🙏