13/02/2023
कथा :- साथी
यो बिरानो ठाउँ आएको महिनौं भइसक्यो । उनलाई नसम्झेको कुनै पल थिएन म पागल जस्तै भएको थिए । काममा पनि ध्यान जाँदैन , खाली गाली खानुपर्छ, बिरानो ठाउँ नेपाल जस्तो नहुँदो रहेछ , आफूलाई बेस्त..राख्न सक्छु कि भनेर यहाँ आए । झन् मेरो हालत बिग्रदैछ , टाढा भए पछि घरपरिवार आफन्तको याद झन् आउँदो रहेछ । पिडा हुदाँ सुनि दिने यहाँ कोही छैन, बा-आमा साथी भाइ नभेटी बिरानो देशमा मर्छु कि जस्तो लाग्छ। फेसबुकमा त्यस्तै पोस्ट पोष्टाएको हुन्थेँ । धेरैले भन्थे यस्तो नलेख भनेर म खासै... फेसबुक म्यासेन्जर तिर कसै सँग बल्दैनथे । शुक्रबारको छुट्टि थियो, फेसबुक अन्लाईन नै थियो नोटफिकेशन टोन बज्यो। म्यासेज हेरे म्यासेज नयाँ थियो
" नमन सर.... बर्दियाबाट सन्ध्या ? तपाईंले कति मार्मिक स्टार्टस लेख्नुहुन्छ, मन पर्छ। त्यसैले कुरा गरेको के ? म ,तपाईंको परिचय पाउन सक्छु ? "
कसैले झुक्यायो कि भनेर मैले प्रोफाइल हेरे... होइन``रहेछ तस्बिरहरू पनि गम्भीर थिए | त्यसले होला उहाँलाई मेरो स्टार्टसले छोएको खै…… ? उहाँ कहिले साथी बन्नु भएको रहेछ थाहा भएन, उहाँको बोलाउने शैली मन पर्यो । यसरी अहिलेसम्म कसैले सम्बोधन गरेर बोलाएको थिएन ? मैले भने,
म हिमाल सुर्खेतबाट ……हाल…… दुबैबाट ।
हाम्रो परिचय भएपछि उहा अफ हुनुभयो । उहाँ सँग बोल्न थालेको १ महिना जति भएको थियो । हामी धेरै नजिक भएका थियौं। मैले पोष्ट गरेका हरेक कुरामा उहाँको पहिलो कमेन्ट…… हुन्थ्यो खुसी लाग्थ्यो। पिडा परेकालाई पिडा थाहा हुन्छ रे उहाँमा पनि त्यस्तो कुनै पिडा हुनुपर्छ, एकदिन उहाँले म्यासिन्जरमा भन्नुभयो।
"तपाईंका स्टार्टस पढ्दा तपाईंको जीवनमा ठूलै ……पिडा छ जस्तो छ , के हो खास भन्न मिल्छ ? कसैलाई भन्यो भने मात्रै नि मन हल्का हुन्छ । यदि मलाई साथी मान्नु भएको हो भने भन्नुहोस् "
मैले लामो सास फेर्दै, भने सन्ध्याजि…… खासमा म बिदेश आउँछु भनेर आएको होइन" नेपाल हुदाँ, कसैसँग माया बसेकाे थियो । हाम्रो घर नजिकै नयाँ आँखा हस्पिटल बनेको थियो । कात्तिक महिनाको पहिलो हप्ता आँखा शिविर बसेको थियो। बिहानै देखि……… आँखाको अप्रेसन गर्ने मान्छेहरूको भिड थियो म कलेजबाट फर्कदा पनि उस्तै…… भिड थियो। म खाजा खाएर छतमा बसेकाे थिए दिउँसोको ३ बजेको थियो । आँखा अप्रेसन गरेको मान्छेहरूलाई ठाउँठाउँमा राखिएको थियो। सबैले घरबाट ओढ्ने, ओछ्याउने बोकेर आएका थिए एकजना आमालाई लिएर… एकजना युवती आँगनमा आएर भनिन्……
हजुरकोमा कोठा खाली छ ? छ भने भाडा कति लाग्छ? म दिन्छु, आजको दिन बस्न दिनुस् न है…… ? ममिलाई लिएर कहाँ जाउ "……?
मेरो आमाले पनि सहमति जनाउनु भयो उनी निकै.. नै सुन्दर थिइन् स्वर्गकी अप्सरा जस्तै…… साच्चै! मनै लोभ्याउने उनको रुप, म मात्र होइन जो कोहीलाई लठ्ठ…… पार्ने उनको बोली, भर्खरै झुल्किदै…… गरेको घाम जस्ती , लामो कपाल , बदामी आँखा ,गुलाबी ओठ, उनको रुप यसरी बलेको थियो कि त्यो सुर्य पनि मधुरो देखिन्थ्यो ? उनको रुप र जवानी यो पृथ्वीलाई पनि सम्हाल्न धौ भएको छ कि जस्तो लाग्थ्यो। पहिलो नजर मै उनी मलाई मन परीन् । …मैले उनलाई एकटक हेरीरहेँ…… । उनी कहाँ बस्छिन् के गर्छिन् जान्ने बुझ्ने उत्सुकता जाग्न थाल्यो ।
राति भर निद्रा लागेन, बिहान उनी वाथरुम गएको बेला मैले उनको आमालाई सोधे, आमा कहाँबाट... आउनु भएको ?
" सिमखोलाबाट…… आमाले भन्नुभयो । मैले भने
त्यहाँ कति पटक गएको छु कति रमाइलो छ त्यो ठाउँ , आमाको घर चिनेको भए कहिलेकाहीँ , जादा आमा सँग भेट हुन्थ्यो। "बाबु…… आउनु भयो भने त चिनी हाल्नु हुन्छ नि । गाउँमा यहाँको जस्तो बाक्लो बस्ती हुँदैन , मुखियाको घर कुन हो? भनेपछि जसलेवपनि चिनाईदिन्छन् " प्रकृतिले ढिलो गरे पछि उनको
आमा कराउनु भयो ।
" प्रकृति कति ढिला गरेको डाक्टरले ९ बजे आउने भनेकाछन् छिटो गर्न , ......आए ममि "
उनले भनिन् मान्छे जस्तै नाम पनि राम्रो रहेछ। प्रकृति... उनी बस्ने ठाउँ थाहा पाए नम्बर कसरी पत्ता लगाउने मनमा बिचार आयो । मैले प्रकृतिको मोबाइल सिरानी मुनि लुकाई दिए । उनलेे मोबाइल, नभेटे पछि, कल गर्न आग्रह गरिन, मैले कल गरे त्यतिबेला नै उनको नम्बर सेभ गरे.... यहाँ रहेछ भनेर आफैंले मोबाइल भन्दै आफैंले हत्तपत्त झिकिदिएँ । आँखाको हस्पिटल घर नजिकै भएको हुदा, प्रकृतिको आमालाई मैले छोडिदिए । प्रकृति झोला लिएर पछि पछि आइन म रित्तो मन लिएर घर फर्किए, मेरो सर्वस्व उनले लगेकी थिइन्। उनीहरू कति खेर घरमा पुगे थाहा भएन उनी सँग बोल्नलाई कुनै त बहाना चाहियो.... मैले साँझमा प्रकृतिलाई कल गरे, र बहाना बनाउदै…… भने ,
हेलो…… प्रकृति जि हो…… हो तपाईं को बोल्नु भएको केही काम थियोे कि ?" उताबाट मिठो आवाज आयो मैले भने म हिमाल…… आमालाई अहिले कस्तो छ। घरमा राम्रो सँग पुग्नुभयो कुनै अप्ठ्यारो त भएन नि ? " ओ हिमालजि…… पो! त्यस्तो अप्ठ्यारो केही भएन, सजिलै सँग घर पुग्यौं, हाम्रो एकछिन कुरा भएपछि, भने आमाको खबर बुझ्नको लागि मात्र गरेको फोन राखे, ल…… कहिलेकाँही फोन गर्नुहोला ...डराई-डराई माया नमार्नुहोला है !
"ए भैहाल्छ, नि" कल काटे ।
प्रकृतिले भनिन् , फोन राख्ने मन नहुँदा पनि फोन राखेँ , त्यसपछि हाम्रो सधै कुरा हुन् थाल्यो बिस्तारै भेट् पनि हुन थाल्यो ।
यसपटक भैली खेल्न गाउँमा जानुपर्छ, भनेर साथीहरूलाई मनाएको थिए । सबैजना तयारीमा थियौं तर अझैं तिहार आउन १ हप्ता बाँकी थियो। हप्ताका दिनहरु कटाउन पनि मलाई गाह्रो भयोे । हामी सरुमा त्यहीँ गयौं । दुई तले घर रातो माटोले पोतेको आँगन निकै…… सुन्दर देखिन्थ्यो।
साथीहरू आँगनमा भैली खेल्दै…… थिए म चाहिँ, प्रकृतिको आमा सँग कुरा गर्न थाले, ध्यान प्रकृतिमा थियो । कुरा भने हुन सकेन……तिहार सकिएर पुर्णिामा मेला लाग्ने दिन आउँदै थियो। मङ्सिर १ गतेदेखि ३ गतेसम्म पुर्णिमा मेला लाग्दै, थियो। प्रकृति पुर्णिमा मेलामा आइन भने भेट हुन्थ्यो । प्रकृतिलाई बरु कल गरेर मनाउने कोसिस गर्छु ,
हेलो…… प्रकृति सन्चै, छौ………अँ…… ठिकै… छ अनि तिम्रो "
हामी तपाईंबाट तिमीमा झरेका थियौं ।
मेरो पनि ठिकै… छ , सुन न प्रकृति……यहाँ पुर्णिमा मेला लाग्दैछ, तिमीलाई थाहै छ "थाहा छ हेरन, २०६४ साल पुष १० गते पुल भत्किए देखी मलाई भिडमा जान डर…… लाग्छ " उनले भनिन् हामी टाढैबाट हेरौला... हुदैन " अँ हुन्छ"
भन्दै.. प्रकृतिले फोन राखिन मलाई उनले माया गर्छिन् गर्दिनन् थाहा छैन आज म उनलाई मनको कुरा राख्छु ,जे भए पनि यो मनको डर छट्पटी हराउँछ, प्रस्ताप पो…… राख्ने ? मनमनै सोचें कसरी राख्ने उनी रिसाइन भने ? कुनै न कुनै उपाय निस्केला... नि , मङ्सिर २ गते म बिहानै…… खाना खाएर घरबाट निस्किए… ग्यारेज नजिक एउटा अटो रोकियो ।
रातो कुत्रा सरुवाल , आँखामा गाजल , ओठमा लिबिस्टक सजिएर ओर्लिइन , भन्न मन थियोे "प्रकृति" यो प्रकृतिले श्रिङ्गार नगर्दा कसैले प्रकृतिलाई अहिलेसम्म नराम्रो भनेको छ र ? तिमी पनि प्रकृति जस्तै… सुन्दरी छौ। तिमीलाई कुनै श्रिङ्गारको आवश्यक छैन ,
खैरेनी गयौं बिहान भएकोले खासै ……चहलपहल रहेनछ
मैले भने प्रकृति…… खटाङ जाउ अहिले आउला हुन्न ?
प्रकृतिले पनि मानिन् हामी मेलालाई छोडेर खटाङ गयौं। घुम्न आएकाहरु विभिन्न दृश्यको फोटो खिचिरहेका थिए। हामीले पनि फोटो खिचेपछि, मन्दिरको छेउमा बसियौ। उनी केहीबेर… मौन भएपछि प्रसंगलाई निकाल्दै भने,
प्रकृति… तिम्ले बिहाह गर्यौ भमे कस्तो केटा होस् भन्ने चाहान्छौ? मेरो प्रश्नले प्रकृतिलाई झस्काएछ प्रकृतिले अचम्म! मान्दै भनिन् अचानक बिबाहको कुरा कसरी आयो ? प्रती प्रश्न 🤔
फेरि भाग्यमा कस्तो केटा पर्ने हो । त्यहीँ पनि भन न के थाहा मन्दिरमा छौ तिम्रो मनको कुरा भगवानले सुनी पो हाल्नुहुन्छ कि? अनि भन्न थालिन् कि "मलाई धेरै माया गर्ने होस् म रिसाउदा फकाउने होस् . ... इत्यादी ।"
अनि तिमी आफ्नो जीवन साथी कस्ती होस् भन्ने चाहान्छौ उनले मलाई प्रश्न गरिन र मैले पनि भन्दै गए "मलाई माया गर्ने र बाबा आमाको ख्याल गर्ने होस् , म उनको बिरुद्धमा कहिले जान नसकौ उनलाई माया चोखो दिन पाउँ , बिबाह अघि हामी बिच त्यस्तो कुनै अनैतिक सम्बन्ध नहोस् किन कि उनलाई मेरो कारणले समाजमा बाच्न गाह्रो नहोस् कहिले पनि असल प्रेमिले यस्तो आसा नपरोस् ........ , । मैले पुनः प्रश्न गरे अनि त्यस्तो केटा भेट्यौं त ?
"छैन तिमीले ?" अँ...मैले पनि छैन भेटेको छैन ।
प्रकृति... यहाँ बसेर केही काम छैन पढे पनि भने जस्तो काम मिल्दैन, त्यहीँ भएर म त बिदेश जान लागेको घरमा पनि भनेको जति खर्च पुग्दैन, साथीले म सबै मिलाई दिन्छु भनेको छ । त्यसैले जान लागेको फेरि नभेटी गएछ भन्छौ कि भनेर तिमीलाई बोलाएको ..प्रकृति अँध्यारो मुख लगाउदै , भनिन्
यहीँ कुरा भन्न यहाँ बोलाएको फोनमा भन्दा पनि हुन्थ्यो नि... रमाइलो गरौंला भनेर तिम्रो लागि यहाँ आए "
प्रकृति…… यस्ता रमाइला कुरा उता गएपछि गरौंला नि , त्योभन्दा भन्दा बिशेष, कुरा भए भन मैले हाँस्दै भने
बिशेष कुरा छ हिमाल मैले सोचेको थिए। पहिले प्रताव तिमीले राख्छौं कि भनेर.... तिमीलाई थाहा छ हिमाल हामी केटी मान्छे यस्तो कुरा पहिले कहाँ भन्न सक्छौ र ? कतिबेला तिमी मनमा बसेछौ थाहै... भएन हिमाल म तिमीलाई माया गर्छु " प्रकृतिले आँखा भरि आँसु बनाउदै, भनिन् यसपटक भने मेरो उपायले काम गर्यो । प्रकृतिले नै प्रेम प्रस्ताव राखे पछि मैले कुनै नाटक गर्नुपरेन, प्रकृतिका आँसु पुछ्दै , भने तिम्रो मन जान्न यो सब नाटक गरेकाे थिए ।
, मैले सिधा प्रेम प्रताव राखे भने, तिमी रिसाउछौ कि...अनि मनमा पलाएको सम्बन्ध टुटछ कि भनेर यो उपाय लगाएको ।
म हाँसे ....प्रकृति बोल्दिन भन्दै रिसाएर गई यो केटीको जातलाई कति छिटो रिस उठ्छ, मैले प्रकृतिलाई फकाउँदै भने,
कहिले पनि तिम्रो मन दुखाउने छैन कान समाउदै थिए । उनी मुसुमुसु.... हाँसिन् , मैले भने सधैं यसरी नै हाँसी राख ल...!
हामीले यस्तै मिठा कुरा गर्यौं । छुट्टिने बेला शिवको मन्दिरमा हामीले सँगै, बाच्ने, सँगै मर्ने बाचाकसम खायौं ? मनले उनलाई बिदाई गर्न मानिरहेकाे थिएन, छुट्टिएन भने फेरि भेट कसरी हुन्छ र.... मैले मेरो मनलाई सम्झाएँ , उनी अटोमा चढेर गइन् ,म घर फर्किएँ ……। उनि बजार आउँदा हाम्रो भेट भइरहन्थ्यो । मैले प्रकृति भनिरहन्थेँ कि म तिमी बिना……बाँच्नु पर्यो भने, बाँच्दिन होला, मलाई छोडेर…… कहिले नजाउ है……!!
उनि मेरो टाउको आफ्नो काखमा राखेर भन्थीन्
" हिमाल शरीरबाट मुटु, अलग बनाए पछि कोही बाँच्न सक्छ र म पनि त्यस्तै हो , हिमाल म पनि तिमी बिना कहाँ बाच्न सक्छु र ? ……अब यस्तो कुरा नगर है… मैले छोड्नको लागि पिरति लगाएको होर ?… माया ! " उनको यस्तो कुराले मनमा खुसी भयो , उनको म प्रतिको बिश्वासले गर्दा होला। मेरो सामु आफूलाई खुल्ला छोडी दिन्थीन् । म उनलाई छुदैन्थे, मैले मन देखि माया गरेको थिए शरीर सँग माया लगाएको भए जति पनि पाउथेँ तर मरो माया पवित्र थियो। हाम्रो प्रेम, हामी रिलेसनमा बसेकाे ६/७ महिना भएको थियो।
हाम्रो फोनमा कुराकानी र बेला बेला भेट पनि भरहन्थ्यो एकदिन .....प्रकृतिले पहिलेकै ठाउँमा भेटौ भनिन्
म खुसी हुँदै ... उनलाई भेट्न गए ।
तर.... मेरी प्रकृति फेरि सकिछन् । उनी मलाई देखेर खुसी थिइनन् पहिले जस्तो । अनि कुरै गर्दा उनलेे भनीन् "हिमाल हाम्रो सम्बन्धको बारेमा बाबा ममिको सामु राख्न सकिन, तिमी मेरो घरमा आउँदा साथी हो भनेर चिनाएको थिए । केही समय पछि मेरो बिबाह हुँदैछ.... सरि हिमाल मलाई माफ गर... म ममि बाबाको मन दुखाउन सक्दिनँ " यो कुरा सुने पछि कसैले पछाडिबाट मेरो कन्चटमा चिरपट्टले हाने जस्तो भयो………
सजाएको सपना र खुसिहरु कालो पर्दाले छेकेर… पर्दा सँगै हराए जस्तो भयो । मैले आफूलाई सम्हाल्दै, भने,ठट्टा…… नगर प्रकृति… यस्तो कुरामा पनि "हिमाल साच्चै…… भनेको ठट्टा गरेको होइन" मलाई बिर्सि देऊ … "प्रकृति शरीरबाट मुटु अलग गर्यो भने कोहि बाँच्न सक्छर……? यहि भन्थ्यौ आज मुटु बिना पनि बाँच्न सक्ने भयौं ? , कहिलेदेखि…… अरुको जिन्दगी सँग खेल्न थाल्यौ ? तिमीलाई मैले सब थोक सम्झिनु, गल्ती गरेछु तिमीले मलाई धोका दिए पनि उसलाई कहिले धोका नदिनु, तिमीलाई के थाहा धोका खाएर बाँच्न कति गाह्राे हुन्छ भनेर… प्रकृतिले आफ्नो सफाय दिँदै भनी " हिमाल मलाई बुझ्ने कोसिस…… गरन, म बाध्यतामा छु"… हाम्रो सम्बन्ध अघि नबढ्ने भएपछि बहस के गर्नु……?
प्रकृति अब बहाना बनाई रहनु पर्दैन, तिम्रो जीवन फलोस्…… फूलोस् । यहीँ कामना , म उनीबाट छुट्टिए… त्यसपछिको दिनहरु सहारा भनेको नसा हुन थाल्यो ।
साथीहरूले धेरै सम्झाउथे, तर…… आफूलाई सम्हाल्न सक्दैन्थे यसरी रक्सी खाएर…… सडकमा हिड्दा सबैले बौलाहा पागल भन्थे, घरमा पनि आधा रात आउथे। बाबा आमा निदाउनु भएको हुदैन्थ्यो । म आफ्नो कोठामा जुत्ता नखोली बिस्तारामा पल्टिन्थे। रक्सीको नसमा रहेर…… यो दुनियाँलाई बिसर्ने मन थियो । अझ यो दुनियाँ भन्दा पनि अगाडि आइ रहने उसको अनुहारलाई बिर्सनेेे थियोे। मन थियो साला कहिलेकाही रक्सीले पनि गद्दार गर्थ्यो । झन बढी उसकै याद, दिलाउथ्यो उसको याद बोकेर…… हिड्ने यो मुटु नै सकाई दिउकी जस्तो लाग्थ्यो। रक्सी धेरै पिउथे, म खाना खादैनथिए।
एकदिन
बिहानै…… भट्टी तिर गए भट्टीबाट फर्कदै थिए । केही पर आएको पुगेको के थिए आफ्नो अगाडि भएका घरहरू धमिलो देखिन थाले…… कति बेला बेहोस, भएर लडेछु थाहै…… पाईनँ
यो खबर कसले घरमा पुर्याई दिएछ ।
होस् आउदा हस्पिटलमा थिए । आमा मेरो छेउमा रोइरहनु भएको थियो एकछिन् डाक्टरले डिस्चार्ज गरियो। आमालाई भने
आमा म बिदेश जान्छु… मलाई ऋण खोजि दिनु, आमाले ऋण खोजिदिनु भयो । आमाले बिदाई गर्ने बेलामा रातो टीका लगाएर भन्नु भयो " नजा भनेको मानिनस् काममा मन लगाएर काम गर्नु" आमाले यति भनी सक्दा, मेरो आँखाको आँसु ओठसम्म पुगि सकेका थिए। मलाई बिदाई गर्ने मेरा बाआमा बाहेक अरु कोही थिएन । मैले एक्लो महशुस, गरे…… एरपोटमा नेपाल छोड्दा म धेरै रोएँ…… देख्नेहरूले के -के सोचे कुन्नि आमा बाबाको काख भन्दा पर कहिले गएको थिएन। म जहाजमा चढे एकैछिनमा जहाजले नेपाल छोड्यो
काम पनि जान साथ पाए , फोन पनि नगरेको १ हप्ता भएको थियो घरमा आमालाई फोन गरे…… आमा धेरै रुनुभयो । चिन्ता नलिनुन केही बर्षको कुरा त हो। आमा तपाईं अनि बाबालाई कस्तो छ । "ठिकै छ बाबु…… तँलाई कस्तो छ ?" राम्रै छ आमा ,
आमासँग केही कुरा भएपछि फोन राखिदिए नेपाल छदा फेसबुक अफ गरेको थिए धेरै समयपछि…… फेसबुक खोले… इनबक्समा रातो देखायो। खोले साथीहरूको म्यासेज रहेछ म्यासेज एकपछि अर्को पढ्दै गए।
" सरि…… साथी तँलाई बिदाई गर्न मेरो हिम्मत भएन साथीहरू भेट्न आएनन् भनेर मन नदुखा है !"
सबै साथीहरूले म्यासेज छोडेका रहेछन् । उनीहरू खुब मिल्थे, म कहिले दुखि भएको हेर्न चाहदैनथे, मलाई खुसी राख्न अनेक कुरा गरेर हसाउँथे यहीँ थियो मेरो कहानी सन्ध्याजि!!
……संसारको अभागी मनै हुँ…… जस्तो लाग्छ एकपटक मर्छु भनेर गएको थिए साथीहरूले रोके……"
त्यस्तो होइन
"हिमाल सर……यहाँ सबै अभागी छन् , कोही छैनन् भाग्यमानी "
किन सन्ध्याजि तपाईंमा पनि ठूलै पिडा जस्तो छ । पिडा बाड्यो मन हल्का हुन्छ, भन्नुभएको होइन अघि ?
"त्यस्तो केही होइन मान्छे भइसकेपछि अलिअलि पिर चिन्ता भहाल्छ नि होइन र ?"
तर……… तपाईंको कुरा गराइले ठूलै बोझ उठाउनु भएको छ जस्तो लाग्छ । भन्नू न , मलाई
"हिमाल सर कतिपय समस्याहरु अन्त्य नहुदा रहेछन् चितामा चढे मात्रै अन्त्य हुदो रहेछन् । अरुले पिडा सुनाउदा मन हल्का हुन्छ होला। तर…… मैले सुनाए भने सुन्नेलाई पनि पिडा हुन्छ । मलाई कहिले निको नहुने रोग लागेको छ । डाक्टरले भनेको मलाई कहिले ठिक हुदैन रे…… त्यो पनि केही बर्ष मात्र बाच्छु रे ! म त केही समयपछि मर्दैछु भन्ने थाहा हुँदाहुँदै … पनि बाँचेकाे छु भने तपाई मर्ने कुरा गर्नुहुन्छ "?
सन्ध्याजिको यस्तो कुरा सुनेपछि अफ भए, दैबले मेरो खुसी मात्र लुटेको थियो उहाँको त झन् सर्वस्व लुटेको रहेछ म आफूलाई सम्हाल्न सकिन । एकछिन अनमा गए, उहाँ अफ भइसक्नु भएछ मैले अफमै म्यासेज छोडे, सरि …सन्ध्याजि मलाई पुरा, कहानी सुन्न गाह्रो भयो। भाग्यमा जे लेखेको छ त्यो भोग्नु पर्ने रहेछ , धन्यवाद, साथी सम्झी आफ्नो पिडा बाड्नु भएकोमा केही समयपछि रिप्लाई आयो
" स्वागत छ अब मर्ने कुरा गर्नुहुन्न, नि ?" मैले अब गर्दिन भने , उहाँबाट मैले जिन्दगीको सहि अर्थ बुझे।
सन्ध्याजि र मेरो दिनदिनै कुरा हुन्थ्यो।
एकदिन उहाँको म्यासेज आएन भने डर लाग्थ्यो। उहाँलाई केही भयो कि भनेर मैले पनि एकदिन म्यासेज गरिन भने, उहाँले मलाई नै त्यसरी सोध्नु हुन्थ्यो। उहाँ त्यत्रो पिडामा रहेर पनि कहिले पिडा देखाउनु हुदैन्थ्यो उल्टो सम्झाउनु हुन्थ्यो चिन्ता नगर्नुस् भनेर । समयले खोसेको खुसी समयले फर्काउने छ भनेर…… मैले उहाँलाई मेरो कुनै पनि कुरा लुकाउँदैन थेँ एकदिन मैले भने , म घर जाँदैछु र बिबाह पनि गर्दैछु तपाईंलाई यो कुरा भनौला भनेको थिए तर भर्खर…… माया बसेकाे थियो फेरि पनि धोका पाउछु कि भनेेर भनिन् तपाईंले गरेको कामना समयले सुनिदिएछ, मेरो जीवनमा फेरि…… खुसी पलाएको छ
मैले यो कुरा सुनाए लगत्तै…… उहाँ पनि खुसी हुदै भन्नुभयो " मैले भनेको थिए नि एकदिन तपाईंको जिन्दगीमा पनि खुसी आउँछ, भनेर आज तपाईंको कुरा सुनेर खुसी लाग्यो ।
सन्ध्याजि घर पुगेपछि…… तपाईंलाई म्यासेज गर्छु…
भनेर म अफ भए घर पुगे, त्यसपछि म यत्ति बेस्त भए कि…… मैले कतै हेर्न पाइन १ बर्षपछि हाम्रो छोरा जन्मियो ।
जब मैले मेरो छोराको फोटो फेसबुकमा राख्छु भनेर मोबाइल खोले सबैको बधाई र शुभकामना…… म्यासेज थियो। सबै साथीहरूको म्यासेज छोडेर मैले सन्ध्याजिको म्यासेज हेरे…… "नयाँ जीवनको शुभकामना यसरी नै जिन्दगीमा खुसी थपिदै जाओस् अब कुरा होला नहोला बिबाहपछि…… जीवन पहिले जस्तो हुदैन, म जो सँग सधै साथमा रहिरहन्छु मेरो आफन्त कसैलाई पनि खुसी दिन सकेको छैन। मेरो कारण तपाईंको जिन्दगीको खुसी नखोसियोस् त्यसैलै तपाईबाट बिदा हुदैछु,तपाईंकी अभागी साथीे सन्ध्या"
सन्ध्याजिले आफ्नो कुरा राखेर बिदा हुनु भएछ उहाँलाई फेसबुकमा कति खोजे भेटीन, उहाँले फेसबुक बन्द गरि सक्नु भएछ । अभागी रहेछु आफ्नो पिडा मात्र बाडेँ, खुसी बाड्न सकिन कमसेकम घरमा आएर म्यासेज गरेको भए ? उहाँको खबर बुझ्न सक्थे ,उहाँ कस्तो अवस्थामा हुनुहुन्थ्यो ? उहाँले मलाई के सोच्नु भयो होला। काम सबैको हुन्छ एकैछिन फुर्सद, निकालेर उहाँ सँग कुरा गरेको भए यसरी पछुताउनु पर्ने थिएन साथीहरू मेरा धेरै थिए, तर…… मेरा लागि उहाँ बिशेष साथी हुनुहुन्थ्यो। सबैले मन जित्न सक्दैनन् उहाँले नै गर्दा म यहाँसम्म……।
सन्ध्याजि ……तपाई जहाँ भए पनि मनमा बस्नु भएको छ । जुनसुकै साथी आए पनि तपाईंको ठाउँ कसैले लिन सक्ने छैन
मिस यु साथी !!
हिमा आर.सि
सुर्खेत , नेपाल
~ समाप्त ~
सिर्जना पठाई दिनु भएकोमा हिमा आर.सि ज्यूलाई हार्दिक धन्यवाद छ ।
नियमहरु:-
१) सिर्जना पठाउँदा 'नाम, ठेगाना र फोटो' सहित यसै प्रतिष्ठानको 'फेसबुक पेज'को inbox वा [email protected] पठाउनु पर्नेछ ।
२) प्राप्त सिर्जनाहरु आलोपालो पोस्ट गर्दै लगिने छ ।
३) रचना कपि भएको खण्डमा सधैंको लागि प्रतिबन्ध गरिने छ र यसको जवाफदेही स्वयं रचनाकार हुनेछ ।
४) सिर्जनामा बोलीचालीका या राष्ट्रिय भाषाका शब्द, मिथक प्रयोग भएमा सिर्जनाको अन्त्यमा शब्दार्थ खुलाएर राख्नु पर्नेछ ।
जस्तो: सेवारो- लिम्बू भाषामा नमस्कार
र
'सगरमाथा साहित्य प्रतिष्ठान' को फेसबुक पेजलाई लाईक गरिदिनु हुन हार्दिक अनुरोध छ ।
सगरमाथा साहित्य प्रतिष्ठान
परिवार