Lebong Badamtam

  • Home
  • Lebong Badamtam

Lebong Badamtam Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lebong Badamtam, Community Organization, .

हिज दिनंक 26.08.2023 देखी 31.08.2023 स्थानीय बदमताम अस्पतालमा ५ दिन व्यापी Eye Camp को आयोजन भइरहेको छ।सो सम्पूर्ण बदमता...
27/08/2023

हिज दिनंक 26.08.2023 देखी 31.08.2023 स्थानीय बदमताम अस्पतालमा ५ दिन व्यापी Eye Camp को आयोजन भइरहेको छ।सो सम्पूर्ण बदमताम वासीले यस शिविरको लाभ हुठाउनु सक्नु हुने छ।

आगामी शनिबार २६ अगस्त २०२३ को दिन गोर्खा सेवा सेनाले मतिगढा मा निर्मम हत्या भएको नाबालिकाको न्यायको निम्ति आगमी २६ अगस्त...
25/08/2023

आगामी शनिबार २६ अगस्त २०२३ को दिन गोर्खा सेवा सेनाले मतिगढा मा निर्मम हत्या भएको नाबालिकाको न्यायको निम्ति आगमी २६ अगस्त २०२३ सम्पुर्ण पहाड बन्द राख्ने जनतालाई निवेदन।

सिलगढीको मतिगढा स्थित रविन्द्र पल्लीमा एक भारतीय गोर्खा नेपाली भाषी नाबालिकाको निर्मम हत्या भए पश्चात आज विश्व हिन्दु परिषद्ले नाबालिकाको न्यायको निम्ति अनि हत्याको बिरोधमा सिलगढी बन्द डाकेर संगठनले आफ्नो उत्तरदायित्व पुरा गरेका छन् भने यसरी नै सम्पुर्ण दार्जीलिङ तथा कालेबुङ जिल्लाका भारतीय गोर्खाहरूले पनि यस निर्मम हत्या बिरुद्ध अनि नाबालिकाको न्यायको निम्ति आगामी शनिबार २६ अगस्त २०२३ बिहान ६ बजे देखि बेलुकी ६ बजे सम्म १२ घन्टा गोर्खा सेवा सेनाले पहाडमा बसोबास गर्ने सम्पुर्ण भारतीय गोर्खा सन्तानहरूलाई पहाड बन्द राखिदिने गोर्खा सेवा सेना नामक संगठनले जनतालाई निवेदन गरेका छन् ।

दुई विद्यार्थी नानीहरु हराएको सुचना।आज बिहान २१/०८/२०२३ आफ्नो घर सिङ्ग्ला चिया बारीबाट स्कुल (बार्नसबेग उच्च माध्यमिक बि...
21/08/2023

दुई विद्यार्थी नानीहरु हराएको सुचना।
आज बिहान २१/०८/२०२३ आफ्नो घर सिङ्ग्ला चिया बारीबाट स्कुल (बार्नसबेग उच्च माध्यमिक बिधालय ) निस्केका दशौ श्रेणीमा अध्यनरत दुई नानीहरु रीया लिम्बू अनि अस्मिता राई हराएका छन। उनीहरुलाई बेलुकी सान्झ ६ बजे तिर सिलिगुडीको मल्लागुडितिर देखिएको थियो भन्ने खबर पनि छ। यी नानीहरु नारी तस्करीको जालमा फस्नु सक्ने अनुमान पनि लगाउन सकिन्छ। यदि कसैले यी नानीहरुलाई देखे नजिकै को पुलिस थानामा खबर गरिदिने अथबा निम्न नम्बरमा खबर गरि दिने अनुरोध गर्दछौ।।

Darjeeling boy Lil one flo selected for India's Talent Fight season-420 years old Lil one flo , a resident of Badamtam, ...
18/08/2023

Darjeeling boy Lil one flo selected for India's Talent Fight season-4

20 years old Lil one flo , a resident of Badamtam, Darjeeling has been selected in the mega audition round of India's biggest TV reality show INDIA'S TALENT FIGHT Season-4 . The mega audition round will be held on 27th August 2023 at Rajwada Farm Roorkee,Uttarkhand.

India's Talent Fight (ITF) is a talent show that features singers, dancers & models whether they are kids or performers of any age. This show portrays a huge variety of talent ranging from the mundane to the bizarre, from heart-stopping feats to the seemingly impossible, giving Indians a platform to showcase their talents like no other.

Warmest congratulations on your achievement! Wishing you even more success in the future.

बधाई एवं शुभकामना आफ्नै ठाउँको नाम रोशन गर्दै नम्रता तामाङ जसले NET/SET/TET परीक्षामा उत्तीर्ण परीक्षार्थी पास गरेको छन्...
29/07/2023

बधाई एवं शुभकामना

आफ्नै ठाउँको नाम रोशन गर्दै नम्रता तामाङ जसले NET/SET/TET परीक्षामा उत्तीर्ण परीक्षार्थी पास गरेको छन्।

नम्रता तामाङ, श्री टाशी तामाङ र श्रीमती सतिका तामाङको कान्छी छोरी हुन्, बेन्नेकवर्ण चियाबगान, कोइलिधुरा, लेबोङ, दार्जिलिङको स्थायी बासिन्दा हुन् । नेपाली गर्ल्स हायर सेकेन्डरी स्कूल दार्जिलिङबाट स्कुल पढें र भूगोलमा(GEOGRAPHY) स्नातक गरेकी हुन् । दार्जिलिङ सरकारी कलेजबाट सम्मान र उत्तर बंगाल विश्वविद्यालयबाट भूगोलमा(GEOGRAPHY) स्नातकोत्तर।पश्चिम बंगाल विश्वविद्यालय शिक्षक प्रशिक्षण शिक्षा योजना र प्रशासन, अमिनपुर कलेज अफ एजुकेशन अन्तर्गत बीएड गरेको हुन् र हालै सरकारी प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्दै गरेको जानकारी दिनु भएको छ। ...सम्पन्न
2011 मा माध्यमिक
सन् 2023 मा एच.एस
2016 मा स्नातक(GRADUATION)
2019 मा P.G
2021 मा बी एड(B Ed) गरेकी हुन् ।

शहीद दिवस २०२३को केही झलकहरू।।
27/07/2023

शहीद दिवस २०२३को केही झलकहरू।।

आज दिनंक 25.07.2023 मंगलबारको दिन बदमताम वार्ड न०-०४ अन्तगर्त नयाँ बस्तीमा निर्वचित पचंयत समिति श्री दिनेश राईको धन्यबाद...
25/07/2023

आज दिनंक 25.07.2023 मंगलबारको दिन बदमताम वार्ड न०-०४ अन्तगर्त नयाँ बस्तीमा निर्वचित पचंयत समिति श्री दिनेश राईको धन्यबाद कार्यक्रामको सभा आयोजाना गरिएको थियो।

अनि यस सभा नयाँ बस्ती समाजको सभापति श्री सुभास राईको अध्यक्षतामा सभा बसिएको थियो। सभालाई सम्बोधन गर्दै श्री दिनेश राईले आफू कुनै पार्टी-पोलितिक्स गर्न आएको होइन।तर उनलाई बिस्वास गरि जिताएको वार्ड वासीको के कस्तो समस्यहरू छन् यी कुराहरूको बिषयको निम्ति आफ्नो तिनै वटा वार्डमा प्रतिनिधीगणहरू सित सभा बस्दै आएको साथै यी पाँच सालमा आफ्नो तिनैवटा वार्डको(१,३,४) निम्ति निस्वर्थ भावमा अघि आउँने अनि यी पाँच सालमा आफूबाट केही भूल भए आफूसंग सोझौ भेट्ने पनि त्यहाँको समाजको सम्पूर्ण सदस्यहरूलाई बताए।
अन्तमा पचंयत सदस्यबाट खड़ा हुनु हुने श्री महेन्द्र परियारले पनि सभालाई सम्बोधन गर्दै। आफू चुनवमा पराजित भए त पनि उनले आफ्नो गाउँ समाजको सेवा गर्न नछोड़ने बचन पनि दिए।साथै उनले आफ्नो सम्पूर्ण वार्ड वासीलाई आफ्नो बहुमूल्य भोट खसाली दिनु भएकोमा धन्यबाद पनि दिए।

दिनंक २२ जुलाई २०२३ भारत स्काउट अनि गाइडद्वरा आयोजित समारोहमा चयन भएका बदमताम माध्यमिक विद्यालयका छात्रl सीलाश गुरुङ राज...
23/07/2023

दिनंक २२ जुलाई २०२३ भारत स्काउट अनि गाइडद्वरा आयोजित समारोहमा चयन भएका बदमताम माध्यमिक विद्यालयका छात्रl सीलाश गुरुङ राज्य पुरस्कारले सम्मानित भएका छन् l धरै बर्ष अघि देखि बदामतम उच्च माध्यमिक विद्यालयमा भारत स्काउट अनि गाइडलाई पहल गर्दै आई रहेका उक्त विद्यालयका शिक्षक श्री कविन्द्र मुखियाले राज्य पुरस्कार सिलाश गुरुङ लाई दिल्याउन सफल बनेका छन् l यस गौरवमय कार्यको निम्ति विद्यालयपक्ष बाट उहाँलाई हार्दिक बधाई दिँदाछौं साथै उहाँको स्काउट अनि गाइड प्रतिको योगदान सहरणिय छ, उहाँको निष्ठापूर्वक सेवा, निस्वार्थ कार्यको निम्ति विद्यालय साथै सम्पूर्ण बदमताम वासी नै हर्षित महसुस गरेका छ्न् l

22/07/2023

बदमताम हाई स्कूलका भुतपूर्व शिक्षिक स्वगीर्य श्री अशोक मुखिया द्वारा रचित 'भानु तिमीलाई' गीतको आझ लोकपर्ण।

यस गीतलाई उनको सुपुत्र श्री सिवन मुखिया अनि नातिनी सुश्री शुभकृति मुखिया द्वारा स्वरबध्द दिएका छन्।।

हिज दिनंक २०.०७.२३ बिहिबारको दिन बदमताम अन्तगर्त बच्चाबारी समाजमा धन्यबाद कार्यकाम्रको आयोजना गरिएको थियो।।बच्चाबारी गाउ...
21/07/2023

हिज दिनंक २०.०७.२३ बिहिबारको दिन बदमताम अन्तगर्त बच्चाबारी समाजमा धन्यबाद कार्यकाम्रको आयोजना गरिएको थियो।।बच्चाबारी गाउँ समाजको सभापतिको आध्यतामा बासिएको यस सभामा गाउँको सबै सदस्यहरू उपस्थित थिए।।

निर्वचित पचंयत समिति श्री दिनेश राईले आफूलाई बिशवास गरि जिताउनु भएकोमा सबै सदस्यहरूलाई आभार ब्यक्त पनि गरे साथै उनले सदैव गाउँ समाजको हित मै काम गरि रहने वचन पनि दिए।।अन्तामा उनले वार्ड न०-०४ का बिजय हुनु भएको पचंयत सदस्य श्री प्रमोद परियारलाई पनि हार्दिक बधाई अनि शुभकामना पनि दिए।उनले पनि आफ्नो वार्डलाई कुनै पार्टी-पोलितिक्स लाएर नहेरी दिने निवेदन पनि गरे।।

दार्जीलिङ 17 जुलाई:बदमताम ग्राम पंचायत अन्तगर्त वार्ड न०-०३ सिरूबारीमा  सम्पूर्ण वार्ड वासीलाई लिएर सभा सम्पन्न भयो। आयो...
17/07/2023

दार्जीलिङ 17 जुलाई:बदमताम ग्राम पंचायत अन्तगर्त वार्ड न०-०३ सिरूबारीमा सम्पूर्ण वार्ड वासीलाई लिएर सभा सम्पन्न भयो। आयोजित सभामा निर्वाचित पंचायत समिति सदस्य श्री दिनेश राई विशेष रूपमा उपस्थित रहेको थियो। श्री मधु देवानको अध्यक्षतामा सम्पन्न भएको धन्यबाद ज्ञापन समारोहमा निर्वाचित पंचायत समिति सदस्य दिनेश राईले समस्त वार्डबासीहरू एंव मतदाताहरूप्रति आभार जनाए।
स्मरण रहोस गत 8 जुलाईको दिन सम्पन्न भएको पंचायत चूनावमा पहाडको ग्राम पंचायत एंव पंचायत समितिमा राजनैतिक दलहरूको संयुक्त गोर्खा गठबन्धन GJMMको उम्मेदवरबाट खडा भएको थिए। धेरैवटा ग्राम पंचायत अनि पंचायत समितिको वार्डहरूमा जीत हासिल गर्न सफल बनेका छन साथै धेरैवटा वार्डहरूमा बोर्ड गठन पनि गरेका छन।निर्वाचित सदस्य हरूले वार्डबासी एंव पंचायत समितिको मतदाताहरूप्रति आभार जनाउँने कार्यहरू गर्दै आई रहेका छन।यसैक्रममा आज गठबन्धनले सिरूबारी,बदमताममा धन्यबाद ज्ञापन समारोह को आयोजना गरेको थियो।आयोजित कार्यक्रममा स्थानीय वार्डबासीहरूको बाक्लो उपस्थिति रहेको थियो।निर्वाचित पंचायत समिति सदस्य श्री दिनेश राईले वार्डबासी एंव मतदाताहरूप्रति आभार जनाउँदै चूनाव प्रचार प्रसारको अवधि आफुले जे जति वाचाहरू गरेका थिए,ती सवै पूरा गर्ने पूनः दोहोराए।

Bitter truth ....
17/07/2023

Bitter truth ....

Address


Website

Alerts

Be the first to know and let us send you an email when Lebong Badamtam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your organization to be the top-listed Non Profit Organization?

Share