10/06/2026
**संरक्षण पोखरी निर्माण तथा मर्मत सम्पन्न**
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना तथा गण्डकी जलाधार जलवायु उत्थानशील परियोजनाको सहयोगमा मिजुरेडाँडाको पर्क्यु गाउँमा १ वटा नयाँ संरक्षण पोखरी निर्माण तथा २ वटा संरक्षण पोखरीको मर्मत कार्य सम्पन्न गरिएको छ। यस कार्यले वन्यजन्तु तथा पशुपक्षीका लागि पानीको उपलब्धता सुनिश्चित गर्नुका साथै जैविक विविधता संरक्षण, जलस्रोत व्यवस्थापन र जलवायु अनुकूलनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।