10/10/2026
गोरखा आइडियल स्कुल, लालमटियामा ‘देश विकासमा युवाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यालयको विशेष कार्यक्रमअन्तर्गत आयोजित प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका ३८ जना विद्यार्थी सहभागी भई देश विकास, युवाको जिम्मेवारी र राष्ट्र निर्माणमा युवाको योगदानबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगिताको नतिजा
प्रथम — सदिक्षा गैरे, कक्षा ९
द्वितीय — तेजिशा न्यौपाने, कक्षा ८
तृतीय — बिज्ञ माया विश्वकर्मा, कक्षा १०
सान्त्वना — आदर्श थापा, कक्षा १०
सान्त्वना — हर्शिका थापा, कक्षा ६
प्रतियोगिताका निर्णायकहरू बसन्ता रिजाल, पुष्पा शर्मा भट्टराई र बालिका भण्डारी रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व माध्यमिक तह संयोजक देवबहादुर बुढामगरले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन कक्षा १० की छात्रा पूजा पौडेलले गरेकी थिइन्।
विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता, विचार प्रस्तुत गर्ने क्षमता र तर्कशक्तिले प्रतियोगितालाई अझ प्रभावकारी बनाएको थियो। उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य वसन्तबहादुर पुनमगरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
आजका सचेत र जिम्मेवार युवा नै भोलिको समृद्ध राष्ट्रका आधार हुन्।
#वक्तृत्वकला_प्रतियोगिता #राष्ट्रनिर्माण