07/29/2026
एनआरएनए मेरिल्याण्ड च्याप्टरको वार्षिक साधारणसभा (AGM) तथा पद हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, समन्वय र समर्थन गर्नुहुने सम्पूर्ण अग्रजहरू, अतिथिज्यूहरू, सल्लाहकारज्यूहरू, कार्यसमिति सदस्यहरू, स्वयंसेवकहरू, प्रायोजकहरू तथा सम्पूर्ण नेपाली समुदायप्रति NRNA Maryland Chapter हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
कार्यक्रमका क्रममा एनआरएनएका अग्रज नेतृत्वहरूको अनुभव, विचार तथा एनआरएनए अभियानको सुरुवाती यात्राबारे सुन्ने अवसर प्रेरणादायी रह्यो। उहाँहरूको योगदानले संगठनलाई अझ सुदृढ, एकताबद्ध र विधानअनुसार अघि बढ्न प्रेरित गर्दछ।
“एक पटक नेपाली, सधैं नेपाली” भन्ने मूल भावनालाई आत्मसात गर्दै, एकता, सहकार्य र सदस्यहरूको विश्वासलाई केन्द्रमा राखी नेपाली समुदायको हितमा अझ सशक्त रूपमा कार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
एनआरएनएप्रति माया, विश्वास र निरन्तर साथ–सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा पुनः हार्दिक धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै अमूल्य साथ, सहयोग र सहभागिताको अपेक्षा गर्दछौं। 🙏
धन्यवाद।
NRNA Maryland Chapter