NRNA - Oman salalah

NRNA - Oman salalah Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRNA - Oman salalah, Community Organization, Salalah.

अत्यन्तै जरुरी सुचना!!!नेपाली राजदुतावास मस्कट बाट  दिईएको मिति मा पासपोर्ट क्यापियन को लागि सलालह आउने भएकोले पासपोर्ट ...
08/06/2026

अत्यन्तै जरुरी सुचना!!!
नेपाली राजदुतावास मस्कट बाट दिईएको मिति मा पासपोर्ट क्यापियन को लागि सलालह आउने भएकोले पासपोर्ट को म्याद १ साल भन्दा कम भएको दाजुभाई दिदी बहिनि हरु समय मिलाएर आवश्यक कागजात सहित तयारी रहनु होला।
थप जानकारी को लागि तल उल्लेखित स्वयंसेवक को नम्बर मा सम्पर्क राख्न सक्नुहुन्छ।
मौका को फाईदा नछुटाउनु होला।
धन्यवाद ।

03/06/2026

नेपाल घर महोत्तरी हाल ओमान सलालह मा कार्यरत नेपाली दिदी शोभा घतानी लाई एक्कासि ब्लड प्रेसर ले हानेर थला परेपछी हाल स्वास्थ उपचार गराईरहनु भएको छ।
केही दिन को हस्पिटल बसाई पछि हाल डाक्टर को सल्लाह बमोजिम थेरापी गराउदै हुनुहुन्छ, स्वास्थ मा क्रमिक सुधार पनि आईरहेको छ।उहाको स्वास्थ उपचार को लागि सलालह मा रहनुभएका दाजुभाइ तथा दिदिबहिनि हरु को भौतिक तथा आर्थिक सहयोग ले उहाँ को उपचार मा धेरै राहत मिलेको छ भने उहाँकै उपचार मा जोड्बल पुगोस भन्ने हेतु ले NRNSC ( RCC-SALALAH) बाट ओमानी रियल ९५ ( नेपाली रकम करिब ३८०००) यस सस्था को सयोजक श्री दिपक तामाङ को हात बाट हस्तान्तरण गरियो।
सहयोगी मन हरु सबै लाई धन्यवाद ।

05/05/2026

जानी राखौ बुझी राखौ।
जानकारी मुलक भिडियो को लागि श्रदय राजेश दाजु प्रती नमन।
आगामी दिन हरु मा पनि वैदेशिक रोजगारी को लागि ओमान मा बस्नु हुने सबै को लागि अन्य उपयुक्त भिडियो हरु पनि ल्याउनु होला।धन्यवाद ।

NRNSC (Rcc-salalah) को यहि मिति मे- १ -२०२६ अन्तर्राष्ट्रिय मजदुर दिवस त बुद्ध जयन्तीको को पावन दिन मा साधारणसभा सप्पन्न...
04/05/2026

NRNSC (Rcc-salalah) को यहि मिति मे- १ -२०२६ अन्तर्राष्ट्रिय मजदुर दिवस त बुद्ध जयन्तीको को पावन दिन मा साधारणसभा सप्पन्न भएको छ।

यस सभा मा बिशेष गरि यो कार्यकाल को सुरुभए यता भएको काम कार्य को लेखा जोखा तथा आगामी दिन मा यस सस्था को भुमिका बारे छलफल गरिएको थियो।

यस सस्था ले विभिन्न समय मा गरिएको सामाजिक कार्य हरु ले पिडित नेपाली हरु को घाउ मा थोरै भए पनि मलम लगाएर पीडित नेपाली हरु लाई राहत मिलेको बारे मा छलफल गरियो।

यसै साधारणसभा बाट दुई जना महिला सद्स्य हरु #लक्ष्मी राना मगर र #अन्जु आलेमगर लाई महिला सद्स्य को रुप मा स्वागत गर्ने अबसर मिल्यो।
आशा अनि पूरा भरोसा छ उहाँ हरु ले यस सस्था को नियम र परिधी भित्र रहेर हामिलाई भरपुर सहयोग गर्नु हुन्छ भन्ने।

यस कार्यक्रम मा सभापति को भुमिका मा सस्था का सम्योजक श्री #दिपक तामाङ ले गर्नु भएको थियो भने कोष को आयब्यय हिसाब किताब कोष को अध्यक्ष श्री महेन्द्र सडौला ले प्रस्तुत गर्नु भएको थियो। मगर समाज सलालह का अध्यक्ष श्री #दिपक सिन्जाली मगर लाई विशेष धन्यवाद उहाँ को आथित्य भुमिका को लागि।
कार्यक्रम मा पुर्व सम्योजक द्व्य हाल का सल्लाहकार श्री #टीका दाहल र #मनोज घिमिरे लगायत #सुदिपकेसि #डिबीरानाभाट #रतनतिरुवा #शुस्मापरियार #शिलादुखी ले आफ्नो आफ्नो धारणा व्यक्त गर्नु भएको थियो।

#जय NRNSC SALALAH...

27/04/2026

गैर आवासीय नेपाली सोसल क्लब ओमानले भ्रमण भिषा तथा तथा मानव तस्कर सम्बन्धमा नेपाली राजदूतावास मस्कटमा एक ज्ञापनपत्र बुझाएको छ ।

हाल ओमानमा विभिन्न प्रलोभनमा पारी भ्रमण भिषामा कामदार ल्याउने र उनीहरूलाई अलपत्र पार्ने समस्या तीव्र रूपमा बढ्दै गएको छ र यसले विकराल रूप लिइसकेको छ। दलालहरुले प्रतिब्याक्ती २–३ लाख नेपाली रुपैयाँ सम्म असुल्ने र त्यसको दुःख दिने घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्।

हामी समक्ष प्राप्त गुनासाहरू तथा प्रमाणका आधारमा, नेपाल तथा ओमानमा रहेका केही नेपाली दलालहरूले पैसा लिएर कामदारलाई ओमान ल्याई अलपत्र पार्ने गरेका छन्। ज्ञापनपत्रमा यस्ता व्यक्तिहरूमाथि कडा कारबाहीको माग गरिएको छ ।

यस्ता दलालहरू हाम्रो वरिपरि, हामीले चिनेकै हुन सक्छन्। कृपया मौन नबसौं—आवाज उठाऔं, अन्यायको विरुद्ध बोलौं र दोषीमाथि कारबाहीको माग गरौं।

26/04/2026
ओमानको सञ्चार मन्त्रालयले कुनै घटनाको तस्बिर, भिडियो नखिच्न, प्रकाशन तथा सेयर नगर्न अनुरोध गर्दै र  कुनै  घटनाको जानकारी...
04/03/2026

ओमानको सञ्चार मन्त्रालयले कुनै घटनाको तस्बिर, भिडियो नखिच्न, प्रकाशन तथा सेयर नगर्न अनुरोध गर्दै र कुनै घटनाको जानकारी भएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गर्दै जारी गरेको सूचना । आधिकारिक निकायले जारी गरेको सूचनालाई मात्रै विश्वास गर्नुहुन र त्यसको पूर्णपालना गर्नु हुन ओमानबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरूलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ।

#नेपाली राजदुतावास मस्कट बाट जारी सुचना।

सम्पूर्णमा नमस्कार!हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबारे हामी सबै सचेत छौँ। यस परिस्थितिमा आतङ्कित नहुनुह...
28/02/2026

सम्पूर्णमा नमस्कार!

हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थाबारे हामी सबै सचेत छौँ। यस परिस्थितिमा आतङ्कित नहुनुहोस्। शान्त, संयमित र जिम्मेवार रहनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो।

हामी Non Resident Nepali Social Club सधैँ तपाईंहरूसँगै छौँ। समुदायभित्र आपसी समर्थन, समन्वय र सहकार्यलाई अझ मजबुत बनाउँदै, आवश्यक परेमा सम्बन्धित निकायहरूसँग समन्वय गरेर सहयोग गर्न हामी प्रतिबद्ध छौँ।

सबैलाई सुरक्षित रहनुहोस् र सतर्क रहनुहोस् भन्ने अनुरोध गर्दछु। सामाजिक सञ्जालमा फैलिने भ्रामक/नक्कली समाचार (fake news) बाट बचौँ। यस संकटसँग सम्बन्धित संवेदनशील भिडियो र लेखहरू नत शेयर गर्नुहोस्, नत फैलाउनुहोस्—यसले अनावश्यक डर र भ्रम मात्र बढाउँछ।

कुनै पनि समस्या, जिज्ञासा वा आपत्कालीन अवस्था आएमा कृपया तुरुन्तै हामीसँग सम्पर्क गर्नुहोस्।

हामी एक छौँ, सँगै छौँ, र सँगै रहेर सुरक्षित र बलियो बन्छौँ।
साभार: NRNSC NCC ( अध्यक्ष ) ओमान का सुरेस खड्का बाट सार्बजनिक सुचना।
🙏🙏🙏

साथै Nepal embassy muscat बाट जारी सुचना।

04/02/2026

राहदानी तयार भएको सम्बन्धी सूचना !

नेपाली राजदूतावास को आयोजना मा गत जनवरी ९"तारिक को घुम्ती शिविर सलालामा नयाँ राहदानीका लागि आवेदन गर्नुभएका मध्ये संलग्न सूची बमोजिमका आवेदकहरूको विद्यु‌तीय राहदानी (e-Passport) तयार भई आएकाले आफ्नो राहदानी प्राप्त गर्नका लागि पुरानो राहदानी र राजस्व तिरेको रसिद सहित आउनु होला।

पहिले हमदान होटल मगर समाज को कार्यक्रम स्थल भनिएता पनि विविध कारण बस पासपोर्ट बितरण स्थान बदली भएको जानकारी गराउन चाहन्छौ।

तोकिएको नया स्थान : (नंया नेपाली होटल ) Mount Everest Restaurant salalah अल जदित एक्सचेञ्ज को पछाडी ।

पासपोर्ट बितरण मिति : फेब्रुअरी ६"तारिक शुक्रबार ।

समय : बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म ।

सम्पर्क नम्बर :

दिपक तामाङ -95975891

सुक बहादुर थामी- 95662146

महेन्द्र सडौला- 95588781

शुस्मा परियार -78839267

हार्दिक अपिल! हार्दिक अपिल!! हार्दिक अपिल!!!खजुरा गाउँ पालिका वडा नम्बर ४ बाके घर भएका हाल ओमान राज्य को सलालह भन्ने स्थ...
31/01/2026

हार्दिक अपिल! हार्दिक अपिल!! हार्दिक अपिल!!!

खजुरा गाउँ पालिका वडा नम्बर ४ बाके घर भएका हाल ओमान राज्य को सलालह भन्ने स्थान मा काम गर्दै आउनु भएका #भुपेन्द्रथापामगर को काम कै शिलाशिला मा कार्यस्थल मा दुर्घटना भैइ खुट्टा मा गम्भीर चोट लागेर केही दिन को सुल्तान खाबुस हस्पिटल को सघन उपचार पछि अहिले डेरा फर्केर आरम गर्दै हुनुहुन्छ।

दुर्घटना पछि अस्पताल मा उपचार मा लागेको लागत २००० ओमानी रियाल भन्दा नि माथी बिल आएको ,कम्पनी को भिसा नभएर आफनै भिसा भएको ले सम्पुर्ण उपचार खर्च स्वम बिरामी ले नै गर्नु पर्ने भएको ले बिरामी एक्लै लाई यति को रकम बुझाउनु सजिलो कुरा होइन ,तिर्न सक्ने हैसियत पनि नभएको हुदा सलालह बासी दाजु भाइ दिदिबहिनी सङ्ग सहयोग को अपिल गर्दछौ ।

नोट: १-
यस सस्था का सदस्य श्री शिव ज्ञवाली को रोहवरमा घाईते भाइ लाई अस्पताल प्रशासन ले हाल लाई डिस्चार्ज गरिएता पनि बाकी पूरा पैसा भुक्तानी नभए सम्म बिरामी लाई डाक्टर को कागज बिना हाल कै अवस्था मा नेपाल जान पनि कठिनाइ पर्न सक्ने ।

नोट:२
यस सस्था भित्र जोडिएका सम्पुर्ण सदस्य हरु बाट जनही ५ रियाल को सहयोग रकम बाट जम्मा ९० रियाल सस्था का सचीव श्री सुकबहादुर थामि बाट बिरामी कै हात मा हस्तान्तरण गरियो।

नोट: ३
कृपया यो पोस्ट लाई शेयर गरि धेरै जना माझ पुर्याउनु सहयोग गर्नु होला।

सहयोग को लागि सम्पर्क नम्बर:
१- दिपक तामाङ ९५९७५८९१
२-सुक बहादुर थामी ९५६६२१४६
३- महेन्द्र सडौला ९५५८८७८१
४- susma pariyar....78839267

धन्यवाद ।

Address

Salalah

Website

Alerts

Be the first to know and let us send you an email when NRNA - Oman salalah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share