NRNA - Oman salalah

NRNA - Oman salalah Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NRNA - Oman salalah, Community Organization, Salalah.

नमस्ते 🙏🙏🙏सम्पुर्ण सलालह बासी नेपाली दाजु भाइ दिदिबहिनी हरु लाई अनुरोध ।फोटो मा उल्लेखित मिति र समय अनुसार आफ्नो समय मिल...
17/10/2026

नमस्ते 🙏🙏🙏
सम्पुर्ण सलालह बासी नेपाली दाजु भाइ दिदिबहिनी हरु लाई अनुरोध ।
फोटो मा उल्लेखित मिति र समय अनुसार आफ्नो समय मिलाएर आउनु होला।
Happy dasai to all nepalese ......

13/09/2026

हार्दिक शुभकामना 🌺🕉

हिन्दुनारीको महान् पर्व हरितालिका तिजको अवसरमा देशप्रदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुमा गैरआवासीय सोसल कलब क्षेत्रीय समिति ओमन सललाह परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ 🙏🏽
NRNA _ Oman salalah

सहयोग हस्तान्तरण ✍🏼यहीं भाद्र १०गते बुधबारको दिन आएको भीषण हिमपहिरोले रसुवा जिल्ला भोटेकोसी हुँदै देशका बिभिन्न भागमा ठू...
11/09/2026

सहयोग हस्तान्तरण ✍🏼

यहीं भाद्र १०गते बुधबारको दिन आएको भीषण हिमपहिरोले रसुवा जिल्ला भोटेकोसी हुँदै देशका बिभिन्न भागमा ठूलो मावनिय क्षति साथै भौतिक क्षतिप्रती गैरआवासीय सोसल कलब क्षेत्रीय समिति सललाह ओमन परिवार गहिरो दुख व्यक्त गर्दछ ।

यस बिषम् परिस्थितीबाट ज्यान गुमाउनु भएका सम्पूर्ण मृत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारमा धैर्यधारण गर्नै शक्ति मिलोस् भनि कामना गर्दछौ । त्यसैगरी यस घटनामा परि घाइते हुनुभएका र बेपत्ता हुनुभएका सम्पूर्णमा सकुशल उद्दार साथै उपचार होस् भनि स्वास्थ लाभको कामना गर्दछौ ।

यस विषम् परिस्थितिलाई मध्यनजर गर्र्दै प्राकृतिक प्रकोपबाट पीडित लाई सहयोग पुगोस् भनि गैरआवासीय सोसल कलब क्षेत्रीय समिति ओमन सललाह परिवारसहित सललाहमा बस्नु हुने नेपाली दाजुभाई दिदीबहिनी मिलेर नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप तथा उद्दार कोषमा रु. ३११,७००.०० ( अक्षररुपी तिनलाख एघार हजार सातसय ) हस्तान्तरण गरिएको जानकारी यहीं सामाजिक सञ्जालमार्फत गराउदछौ ।

सम्पूर्ण सहयोगी महान् मन प्रति हार्दिक
सम्मान व्यक्त गर्दछौ 🫡🙏🏽

NRNA-Oman salalah 🙏🏽

नमस्कार यो NRNA-OMAN SALALAH को पेज मा आवद्ध हुनु हुने सबै लाई।यहि आउदो ४ सेप्टेम्बर मा हुने भनिएको तिज विशेष कार्यक्रम ...
30/08/2026

नमस्कार यो NRNA-OMAN SALALAH को पेज मा आवद्ध हुनु हुने सबै लाई।

यहि आउदो ४ सेप्टेम्बर मा हुने भनिएको तिज विशेष कार्यक्रम अन्तिम समय मा आएर रद्ध गर्ने बाध्य भएका छौ।
प्रोग्राम को तयारी मा रहनु हुने सबै ले माफ गर्नु होला।

हालै नेपाल मा आएको महाप्रलय बाढी ले निम्त्याएको को बितण्डा धेरै ले परिवार गुमाई रहेको बेला घरबार बिहिन भएको बेला यता नाच्ने नचाउने कार्य उचित लागेन।

बरु सकिन्छ भने सहयोग मा हातेमालो गरौ।
प्रोग्राम टिकट काट्ने पैसा नेपाल सरकार को राहत कोष मा जम्मा गरौ।
यसै मा मानबता झल्किन्छ।

शुभ दिन ।

Help post.
27/08/2026

Help post.

27/08/2026

बाढीपीडित राहत कोषका लागि हार्दिक अपिल

आदरणीय ओमानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,

हालै नेपालका रसुवा, नुवाकोट, त्रिशूली, भोटेकोशी लगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको दुःखद अवस्था हामी सबैसामु छ। यस प्राकृतिक विपद्का कारण धेरै परिवार घरबारविहीन हुनुका साथै गम्भीर संकट र पीडामा परेका छन्।

यस दुःखद घडीमा Non-Resident Nepali Social Club, Oman ले प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि बाढीपीडित राहत कोष संकलन अभियान सञ्चालन गरेको छ।

ओमानमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र इच्छाअनुसार सानो वा ठूलो रकम सहयोग गरी यस मानवीय अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछौँ।

सहयोग जम्मा गर्ने माध्यम

राहत कोष संयोजक:

श्री महेन्द्र सडौला
Mobile Banking: 95588781

तपाईंले गर्नुभएको सानो सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो आशा र राहत बन्न सक्छ।
तपाईंले गर्नुभएको सहयोग रकमको कपि (transaction slip) राख्नुहोला।

आउनुहोस्, विदेशमा रहेर पनि आफ्नो मातृभूमि र पीडामा रहेका नेपालीहरूको साथ बनौँ।
दुःखमा साथ दिऔँ, मानवीयताको हात बढाऔँ।

नेपाली जहाँ भए पनि, नेपाल र नेपालीप्रतिको माया सधैँ एउटै हुन्छ।

Non-Resident Nepali Social Club, Oman Salalah

10/08/2026

नमस्कार🙏🙏🙏🙏🙏
सबै ओमान सलालह बासी दाजु भाइ दिदिबहिनी हरु।
यहि आउदो सेप्टेम्बर ४ तारिक शुक्रबार को दिन प्रख्याद लोक दोहोरी गायिका टीका सानू को साथ हुने हरितालिका तिज विशेष कार्यक्रम को बारेमा त अबगत भैसकेको होला।
उक्त कार्यक्रम मा स्थानीय कलाकार लाई पनि प्रोत्साहन गर्ने उदेश्य रहेको ले यदि सलालह मा हुनुहुन्छ ,तपाईं हरु सङ्ग गायन, नृत्य ,बाद्यबाधन मा पोख्त हुनुहुन्छ भने तपाईं हरु सङ्ग लुकेर रहेको प्रतिभा लाई उजागर गर्ने अबसर हामी प्रदान गर्छौ।
यथासक्य तल कमेन्ट बक्स मा आफ्नो नाम उल्लेख गरि म्यासेज मार्फर्त नम्बर छोड्नु होला।

यो तिज विशेष बनोस सलालह का सम्पूर्ण दिदीबहिनी दाजु भाइ लाई चुले निम्तो।

केदार ढकाल
उप- सयोजक ( गैर आबासिय नेपाली सोसल क्लब ) Rcc- salalah .

08/08/2026

हरितालिका तीज को पावन अबसर मा लोकप्रिय रास्ट्रीय कलाकार लोक तथा तिज विशेष गित हरु मा सफल गायिका टीका सानू को विशेष उपस्थिति मा उहाँकै तिज गित को साथ मा रम्न रमाउन आउदै गरेको तिज-2083 लाई भब्यता को साथ सफल बनाउन यहाँ हरु सम्पुर्ण सलालह बासि विशेष गरि दिदिबहिनी को साथ साथ दाजु भाइ हरु लाई लाई पनि हार्दिक आमन्त्रण गर्दछौ।
आयोजक : NRNSC. RCC. SALALAH.
मिति: sep-4-2026 friday
स्थान : अल जमैया हल ( वाली अफिस नजिकै)

28/06/2026

शोभा घतानी को केस मिडिया मा आउनु भन्दा पहिला देखि नै उहाको उपचारका लागि हाम्रो टिम लगाएत उहाँको चिनजान का दाजुभाई दिदिबहिनी हरु हस्पिटल लाने थेरापी लाने काम हरु गरिराख्नु भाको थियो तर उहाँको छोरा ले कस्तो खाले रिपोर्ट दियो के बुझेर दियो भगवान जाने।
खैर अब बिमारी हसिलो मुहार सहित आफ्नो मातृभुमी नेपाल पुगिसक्नु भाको छ।

सहयोगी मन हरु सबै प्रती हार्दिक आभार।

बिरेन्द्र जैरु को फलोअप रिपोर्ट को प्रतीक्षा मा ।

केही महिना अघि प्रेसर ले हानेर प्यारालाइसिस भएपछी ओछ्यान मै थलिएकी शोभा घतानी को विभिन्न  उपचार र थेरापी पछि स्वास्थ मा ...
28/06/2026

केही महिना अघि प्रेसर ले हानेर प्यारालाइसिस भएपछी ओछ्यान मै थलिएकी शोभा घतानी को विभिन्न उपचार र थेरापी पछि स्वास्थ मा राम्रै सुधार आएपछी आज १४ असार २०८३ को दिन एक जना सहयोगी को साथ मा नेपाल पुग्नु भएको छ।
गैर आवासीय सोसल क्लब (Rcc)सलालह को विशेष पहल मा
नेपाली राजदुतावास मस्कट, गैर आवासीय नेपाली सोसल क्लब ( Ncc ) मस्कट ,मस्कट भित्र का विभिन्न सङ सस्था को भरपुर सहयोग मा आज शोभा घतानी लाई नेपाल पठाउन सफल भएका छौ।
सलालह रहनु हुने सम्पुर्ण लाई बिमारी अवस्था देखि airport लैजाने दिन सम्म सहयोगी भुमिका निर्भाहा गर्नु हुने दाजु भाइ दिदिबहिनी हरु ,Rcc सलालह का सम्पुर्ण टिम ,बिशेष गरि सयोजक श्री दिपक तामाङ ज्यु ,डा-सुमन भुर्तेल, डा-उदित यादप ,शुस्मा परियार ,मगर समाज सलालह ,तमु समाज मस्कट लाई विशेष धन्यवाद ।

शोभा घतानी को पीडा मा मलम दिनु हुने नेपाली राजदुताबास , र हाम्रो यस महान सस्था (NRNSC) मस्कट का टिम मेम्बर हरु सबै लाई यो महान कार्य को लागि सलाम ।✋✋✋✋✋✋

र अन्त मा

न्युज २४ का लोकप्रिय कार्यक्रम को संचालक श्री #बिरेन्द्र जैरु सर लाई यो विषय को फलो अप रिपोर्ट प्रसारण गरिदिनु हुन आग्रह गर्दछु।

Address

Salalah

Website

Alerts

Be the first to know and let us send you an email when NRNA - Oman salalah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share