वालिङ उद्योग वाणिज्य संघ Waling Chamber Of Commerce & Industry

  • Home
  • Nepal
  • Waling
  • वालिङ उद्योग वाणिज्य संघ Waling Chamber Of Commerce & Industry

वालिङ उद्योग वाणिज्य संघ Waling Chamber Of Commerce & Industry Non-Profit Organisation of the business houses & personnels located in Waling area.

सादर निमन्त्रणा
09/06/2026

सादर निमन्त्रणा

07/06/2026
सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्नः २०८३ जेठ ०८ गते शुक्रबार, वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिक...
22/05/2026

सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्नः
२०८३ जेठ ०८ गते शुक्रबार, वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिका र एकिकृत सेवा कार्यालय स्याङ्जासँगको समन्वयमा मूल्य पारदर्शिताको बिषयमा ब्यवसायी र उपभोक्ताहरुमा सचेतना फैलाउने उद्देश्यले नियामक निकाय र उद्योगी ब्यापारी ब्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यस क्षेत्रका उद्योगी ब्यापारीहरुका लागि लक्षित गर्दै आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष श्री चेतनारायण श्रेष्ठको अध्यक्षता, एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख श्री जीवन पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव रमेश अर्यालले गर्नुभएको थियो
कार्यक्रममा प्रमुख अतिथि तथा एकिकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले प्रस्तुतिकरण गर्नुभएको र अन्तरक्रियाका क्रममा उठेका विभिन्न ब्यवसायिक समस्या र अधिकतम खुद्रा मूल्य सम्बन्धमा उद्योगी ब्यापारी ब्यवसायीहरुका जिज्ञाशाहरु उपर सहजीकरण प्रमुख जीवन पौडेल, वालिङ नगरपालिकाका लेखा अधिकृत भोजराज बगाले र उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले गर्नुभएको थियो । सो अवसरमा मुख्य गरी अण्डर बिलिङको समस्या, पुरानो स्टकको मूल्यमा समस्या, दररेटको ट्याग हस्तलिखित हुन नहुने लगायतका बिषयहरु उपर छलफल भएका थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघबाट विभिन्न समयमा अधिकतम खुद्रा मूल्य, मूल्य सूची, करपाटी, उपभोग्य म्याद गुज्रेका सामान बिक्री नगर्ने, सम्बन्धित निकायहरुमा दर्ता गर्ने र समयमै नवीकरण गर्नुपर्ने, बिल लिने/दिने, कर गणना तथा भुक्तानीमा सहजीकरण गर्ने बिषयहरुमा सचेतनामूलक जानकारी ब्यवसायीहलाई दिँदै आएको र आगामी दिनमा पनि ब्यवसायीको हितमा काम गर्ने बताउनुभएको थियो ।

उपस्थितिका लागि सादर निमन्त्रणा
20/05/2026

उपस्थितिका लागि सादर निमन्त्रणा

हार्दिक अनुरोध
14/05/2026

हार्दिक अनुरोध

Huge Congratulations
14/05/2026

Huge Congratulations

चुरा–पाते तथा डल–कुशन उत्पादन सम्बन्धी तालिम सम्पन्नः२०८३ वैशाख १६ गते बुधबार, वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वाल...
29/04/2026

चुरा–पाते तथा डल–कुशन उत्पादन सम्बन्धी तालिम सम्पन्नः

२०८३ वैशाख १६ गते बुधबार, वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा उद्योग वाणिज्य संघमा एक हप्ते चुरापोते तथा डलकुशन उत्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
यस क्षेत्रका उद्यमउन्मुख महिलाहरुका लागि लक्षित गर्दै आयोजना गरिएको उक्त तालिम यही वैशाख १० गतेदेखि सञ्चालन भएको थियो । संघका अध्यक्ष श्री चेतनारायण श्रेष्ठको अध्यक्षता रहेको उक्त तालिमको समापन कार्यपालिका सदस्य युगमाया पंगेनीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो
बरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमकोसञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो
कार्यक्रममा प्रमुख अतिथि युगमाया पंगेनीले तालिम लिईसकेपछि सिकेको शीपलाई ब्यवहारमा उतार्नु पर्ने र महिलाहरु उद्यमशील बनी आयआर्जनमा जोडिनुपर्ने कुरामा जोड दिँदै यसबाट महिलाहरु आत्मनिर्भर बन्न सक्ने कुरा बताउनुभएको थियो । त्यसै गरी नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पैँचो कार्यक्रम लगायत विभिन्न संघसंस्थाहरुसँग समझदारी गरी अघि बढ्न लागेकोले यहाँहरुले उत्पादन गर्ने बस्तुको बजार ब्यवस्था गर्न तत्पर रहेको कुरा बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघबाट विभिन्न समयमा यहाँहरुको माग बमोजिमका विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको र वालिङ नगरपालिका लगायत विभिन्न निकायहरुसँगको सहकार्यमा आगामी दिनमा पनि धेरै कार्यक्रमहरु गर्न संघ प्रतिबद्ध रहेको कुरा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा महिला उद्यमी विकास समितिका उपाध्यक्ष पार्वती पंगेनी, सचिव सीता ढुङ्गाना अधिकारी, कोषाध्यक्ष सावित्रा रेग्मी लगायतले बोल्नुभएको थियो ।

चुरापाते तथा डलकुशन उत्पादन सम्बन्धी तालिमः२०८३ वैशाख १० गते बिहिबार, वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपाल...
23/04/2026

चुरापाते तथा डलकुशन उत्पादन सम्बन्धी तालिमः

२०८३ वैशाख १० गते बिहिबार, वालिङ उद्योग वाणिज्य संघको आयोजना तथा वालिङ नगरपालिकाको आर्थिक सहयोगमा उद्योग वाणिज्य संघमा एक हप्ते चुरापोते तथा डलकुशन उत्पादन सम्बन्धी तालिमको आज वालिङ नगरपालिकाका नगर उपप्रमुख श्री कविता तिवारी गैह्रेद्वारा समुद्घाटन सम्पन्न भएको छ ।
यस क्षेत्रका उद्यमउन्मुख महिलाहरुका लागि लक्षित गर्दै उक्त तालिम आयोजना गरिएको हो । संघका अध्यक्ष श्री चेतनारायण श्रेष्ठको अध्यक्षता रहेको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो भने सञ्चालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कविता तिवारी गैह्रेले तालिम लिईसकेपछि सिकेको शीपलाई ब्यवहारमा उतार्न पर्ने र उद्यमशील बनी आयआर्जनमा जोडिनुपर्ने कुरामा जोड दिँदै यसबाट महिलाहरु आत्मनिर्भर बन्न सक्ने कुरा बताउनुभएको थियो । साथै प्रमुख अतिथि तिवारीले वालिङ नगरपालिका र वालिङ उद्योग वाणिज्य संघबीच नङ र मासुको सम्बन्ध भएकोले सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने तथा आफू त्यसका लागि तत्पर रहेको कुरा ब्यक्त गर्नुभएको थियो ।
समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै संघबाट विभिन्न समयमा यहाँको माग बमोजिमका विभिन्न तालिमहरु सञ्चालन गर्दै आईरहेको र वालिङ नगरपालिका लगायत विभिन्न निकायहरुसँगको सहकार्यमा आगामी दिनमा पनि धेरै कार्यक्रमहरु गर्न संघ प्रतिबद्ध रहेको कुरा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य युगमाया पंगेनी, पूर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, महिला उद्यमी विकास समितिका सचिव सीता ढुङ्गाना अधिकारी लगायतले बोल्नुभएको थियो । २४ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक खेमकुमारी क्षेत्रीले सहजीकरण गर्नुहुनेछ।

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्नःवालिङ उद्योग वाणिज्य संघमा नववर्ष २०८३ को अवसरमा शुभकामना आदान प्रदान तथा नेउवामह...
19/04/2026

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्नः

वालिङ उद्योग वाणिज्य संघमा नववर्ष २०८३ को अवसरमा शुभकामना आदान प्रदान तथा नेउवामहासंघ–गण्डकी प्रदेशबाट गण्डकी प्रदेश भरिका उद्योग वाणिज्य संघहरुमा कार्यसम्पादनको दृष्टिकोणले उत्कृष्ट भएकोमा २०८२ चैत्र २० गते पोखरामा सम्पन्न नवौं प्रदेशसभाको अवसरमा गरेको सम्मानको खुशी साटासाट एवम् चियापान कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष श्री चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु, कार्यसमिति, महिला उद्यमी विकास समिति लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित सबैले एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै खुशी साटासाट गर्नुभएको थियो ।
संघका बरिष्ठ उपाध्यक्ष श्री अनुपमा तिवारीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमका अध्यक्ष चेतनारायण श्रेष्ठले आफ्नो ३ बर्षे कार्यकालमा भए गरेका केही महत्वपूर्ण कार्यहरुको उल्लेख गर्दै हालसम्मको सफलता मिल्नुमा कार्यसमितिको सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरु, महिला उद्यमी, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु लगायत सबैको साथ र सहयोग रहेको स्मरण गर्दै कृतज्ञता प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवम् नेउवामहासंघका पूर्व केन्द्रीय सदस्य शोभाकान्त पौडेल, पूर्व अध्यक्ष एवम् पूर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल, पूर्व अध्यक्षहरु श्यामप्रसाद श्रेष्ठ, कर्णबहादुर श्रेष्ठ, ले.यामबहादुर गुरुङ लगायत सल्लाहकारज्यूहरुले संघको सर्वाङ्गीण विकासका महत्वपूर्ण बिषयहरुमा आफ्ना विचारहरु राख्नुभएको थियो ।

स्वरोजगारमुलक तालिमको सुवर्ण अवसर
17/04/2026

स्वरोजगारमुलक तालिमको सुवर्ण अवसर

Address

Chambermarg, Waling 8
Waling

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

063-440174

Alerts

Be the first to know and let us send you an email when वालिङ उद्योग वाणिज्य संघ Waling Chamber Of Commerce & Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वालिङ उद्योग वाणिज्य संघ Waling Chamber Of Commerce & Industry:

Share