29/08/2026
🙏 राहत सहयोग अभियानमा साथ र सहयोगका लागि हार्दिक आभार 🙏
थारू विद्यार्थी सभा केन्द्रीय समिति, काठमाडौँको तर्फबाट २०८३ भदौ १३ गते बाढीपीडित तथा प्रभावित परिवारहरूका लागि राहत सामग्री संकलन गरी लिभरपुल कलेज एवम् मिल्टन इन्ट. कलेजको समन्वयमा पठाउने कार्य अघि बढाइएको छ।
बाढीका कारण समस्यामा पर्नुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आवश्यक खाद्यान्न तथा दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू संकलन गरिएको हो। संकलित सामग्रीहरूमा बेबी फुड, ड्राइ फ्रुट्स, भुजा, सोया चङ्क्स, मास्क, ग्लोभ्स, चप्पल, टॉयलेट पेपर लगायतका आवश्यक सामग्रीहरू रहेका छन्।
🙏 सहयोग गर्नुहुने महानुभावहरू
थारू विद्यार्थी सभा केन्द्रीय समिति, काठमाडौँका केन्द्रीय अध्यक्ष — रु. ५,०२५
केन्द्रीय समिति सुश्री बबिता चौधरीज्यू — रु. २,००५
थारू विद्यार्थी सभा जापान — रु. १०,०००
सल्लाहकार सुबोध चौधरीज्यू — रु. ५,०००
अध्यक्ष काशीलाल चौधरीज्यू — रु. ५,०००
थारू विद्यार्थी सभा जिल्ला कार्यसमिति, सिरहा, उपाध्यक्ष अकेशा जसराज थारू — रु. १,०००
श्रीमती सङ्गीता चौधरीज्यू, प्रोपाइटर, लोटस स्कूल, लहान — रु. ५,०००
नेपाल थारू संघ, सुनसरी क्षेत्र नं. २ का सभापति — रु. ५,०५५
श्री सुरेन्द्र चौधरीज्यू, रोहित ट्रेडर्स, बारा — रु. १,५०५
🇳🇵 प्रधानमन्त्री राहत कोषमा सहयोग
थाकस/थारू विद्यार्थी सभा UK
सचिव श्री छविनारायण चौधरी ‘प्रशान्त’ज्यू — रु. ३०,०००
लक्ष्मी चौधरी — UK
कर्म चौधरी — UK
सन्ध्या चौधरी — UK
भीम चौधरी — UK
थारू विद्यार्थी सभा जापानका अध्यक्ष काशीलाल चौधरीज्यू — रु. ५,०००
यस मानवीय अभियानमा निरन्तर साथ, सहयोग र समन्वय गर्नुहुने थारू विद्यार्थी सभा केन्द्रीय समिति, काठमाडौँका केन्द्रीय अध्यक्ष श्री सुशीला चौधरीज्यू लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूप्रति विशेष धन्यवाद व्यक्त गर्दछौँ।
त्यसैगरी, हाम्रो मातृ संस्था थारू कल्याणकारी सभा, यससँग आबद्ध भातृ तथा भगिनी संस्था, जिल्ला तथा विदेश विभागलगायत यस मानवीय अभियानमा सहयोग, समन्वय र हौसला प्रदान गर्नुहुने सम्पूर्ण संघ–संस्था तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
विपद्को यस कठिन समयमा पीडित परिवारलाई गरिएको सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ। दुःखमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो।
🙏 सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार।
#राहत_सहयोग #बाढीपीडित #थारू_विद्यार्थी_सभा #मानवीय_सहयोग #एकतामा_शक्ति