Lapata Media Hub

Lapata Media Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lapata Media Hub, Thori.

03/02/2026

पर्साको ठोरी-४, गुम्बालाइनमा अवस्थित बुद्ध शान्ती एकेडेमीको आयोजनामा तीन दिने खेलकुद महाकुम्भको ठोरी गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले उदघाटन गर्नुभएको छ ।

निर्मल समाज युवा क्लबका सदस्य तथा ठोरी-४, मिलचोक निवासी युवा सुरेश लामा ज्युलाई वैवाहिक जिवनको हार्दिक बधाई तथा शुभकामना...
31/01/2026

निर्मल समाज युवा क्लबका सदस्य तथा ठोरी-४, मिलचोक निवासी युवा सुरेश लामा ज्युलाई वैवाहिक जिवनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

निर्मल समाज युवा क्लबको बैठकको निर्णय तथा आर्थिक विवरणआज मिति २०८२ कार्तिक ११ गते बसेको क्लबको बैठकले आम्दानी-खर्चको विव...
28/10/2025

निर्मल समाज युवा क्लबको बैठकको निर्णय तथा आर्थिक विवरण

आज मिति २०८२ कार्तिक ११ गते बसेको क्लबको बैठकले आम्दानी-खर्चको विवरणसहित आगामी कार्ययोजना कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

"हालसम्मको आम्दानी
१. सहकारीमा मौज्दात : रु. २,६५,०००/-
२. देउसी-भैलो २०८२ : रु. १,८३,८८५/-
३. कोषाध्यक्षसँग : रु. १२,८१५/-
४. अध्यक्षसँग : रु. ९,९६८/-
५. लेखासँग : रु. २१,०००/-
६. रत्न पाख्रीनसँग : रु. ४,५००/-
७. प्रेम श्रेष्ठसँग : रु. ६,९००/-
-जम्मा आम्दानी : रु. ५,०४,०६८/-

*वर्षभरिको खर्च
-फूटबल इन्ट्री फि, ब्यानर, खादा, छाप, साउन्ड सिस्टम, कलाकार खर्च, पिकनिक, प्रशंसा पत्र, कल्चर ड्रेस, कोरियोग्राफर आदि : रु. ७८,६१५/-

*खर्च कटौतीपछि मौज्दात : रु. ४,२५,४५३/-

*आगामी कार्ययोजना
अर्को बैठक नहुँदासम्म अध्यक्ष श्री सोमबहादुर श्रेष्ठज्यूको नेतृत्वमा निम्न सामग्री खरिद तथा कामहरू सम्पन्न गरिने छ :

१. कुर्सी – १०० थान
२. फलामे टेबुल – १० थान
३. टेन्ट – ६ सेट
४. वेलकम गेट – १ सेट
५. स्टेज कार्पेट र झालर
६. रोस्ट्रम – १ थान
७. ठूलो देकची – २ थान
८. झ्याझर – २ थान
९. सानो डाडु – ६ थान
१०. जरु – २ थान
११. बाल्टिन – ६ थान
१२. बाटा – ६ थान
१३. भट्टी चुलो – ३ थान
१४. जेनेरेटर मर्मत
१५. जस्तोसुकै तरिकाले क्लब दर्ता

साथै औपचारिक रूपमा व्यवस्थापक नियुक्त गरिने र हिरालाल पाख्रीनज्यूलाई व्यवस्थापकीय जिम्मेवारी दिइने । सबैको साथ र सहयोगले क्लबलाई थप सुदृढ र सक्रिय बनाउन एकजुट हौं ।
#निर्मल_समाज_युवा_क्लब #सामुदायिक_विकास #पारदर्शिता

सांस्कृतिक समृद्धि र सामुदायिक एकताको प्रवर्द्धन भन्ने मुल नाराका साथ यस क्लब द्वारा आयोजित "सामुहिक देउसी भैलो तथा सांस...
25/10/2025

सांस्कृतिक समृद्धि र सामुदायिक एकताको प्रवर्द्धन भन्ने मुल नाराका साथ यस क्लब द्वारा आयोजित "सामुहिक देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम" कार्तिक ६ गते सभ्य र भव्य रूपमा सम्पन्न ।

आज बेलुकी गायक प्रकाश तितुङ र मिस तामाङ रिया लामाको साथमा खेल विकासको लागि देउसी भैलो हुने सम्पूर्णमा जानकारी गराइन्छ ।
03/11/2024

आज बेलुकी गायक प्रकाश तितुङ र मिस तामाङ रिया लामाको साथमा खेल विकासको लागि देउसी भैलो हुने सम्पूर्णमा जानकारी गराइन्छ ।

हार्दिक अपिल निर्मल समाज युवा क्लबको जर्सी जो जसले राखेको भएपनि तुरुन्त जम्मा गर्नुहोला । काठमाडौ देखि विदेश सम्म पुगेको...
31/10/2024

हार्दिक अपिल

निर्मल समाज युवा क्लबको जर्सी जो जसले राखेको भएपनि तुरुन्त जम्मा गर्नुहोला । काठमाडौ देखि विदेश सम्म पुगेको जानकारी प्राप्त भएको क्लबको सचिवले बताएको छ । यदि यो कुरा सत्य हो भने कृपया जर्सी बराबरको रकम जम्मा गरेपनी हुन्छ ।

नोट :- समयमै जम्मा नगरे आवश्यक कारबाही गरिनेछ ।

निर्मल समाज युवा क्लबले हरेक साल झैं यसपालिको तिहारमा पनि देउसी भैलो कार्यक्रम गर्ने भएको छ । ठोरी-४, मिलचोक निवासी युवा...
24/10/2024

निर्मल समाज युवा क्लबले हरेक साल झैं यसपालिको तिहारमा पनि देउसी भैलो कार्यक्रम गर्ने भएको छ । ठोरी-४, मिलचोक निवासी युवा रन्जित दोङ तामाङको संयोजकत्वमा कार्यक्रम गर्ने भएको हो ।

क्लबका सचीव जीतु तामाङले हाल सम्म क्लबको मौज्दात रकमको जानकारी दिदै आगामी दिनमा कार्यक्रमहरु ल्याउने बताउनु भयो । गुणकेशरी बचत तथा ऋण सहकारीमा रहेको क्लबको खातामा रु. २,२६,२३५/- अक्षरेपी दुई लाख छब्बीस हजार दुई सय पैतिस रुपैयाँ, गत सालको देउसी भैलो कार्यक्रम तथा पुरानो समिति बाट जम्मा गर्नुपर्ने रु. ८५,०००/- र वर्ष भरी स्टेज बाट भाडा बापत रु. ३५,९९०/- गरि जम्मा रु. ३,४७,२२५/- अक्षरेपी तीन लाख सत्चालीस हजार दुई सय पच्चीस रुपैयाँ रहेको छ ।
Simson Dhanuke Jeetu Lapata Crestha Rawbee Aakash Shrestha

हाम्रो यस क्लबका एक सक्रिय सदस्य निजल तामाङको म्युजिक भिडियो सबैले हेरेर साथ दिनुहोस् ।
09/10/2024

हाम्रो यस क्लबका एक सक्रिय सदस्य निजल तामाङको म्युजिक भिडियो सबैले हेरेर साथ दिनुहोस् ।

Seloma Geet Gaune | New Tamang Selo - Bishwo D**g & Sujana Rumba Ft Anita Gole & Nijal Tamang | Mv Audio Credits---------------------------------------------...

निर्मल समाज युवा क्लब, ठोरी-४, मिलचोकका पुर्व अध्यक्ष भिमसेन सुनार ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । Simson Dhanuke  ...
30/07/2024

निर्मल समाज युवा क्लब, ठोरी-४, मिलचोकका पुर्व अध्यक्ष भिमसेन सुनार ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । Simson Dhanuke
-निर्मल समाज युवा क्लब परिवार

ठोरी–४ मिल्चोक निवासी मन नारायण श्रेष्ठ र नारायण श्रेष्ठ ज्युको पुज्यनिय आमा स्वर्गीय कृष्ण लक्ष्मी श्रेष्ठको वर्ष दिनको...
12/03/2024

ठोरी–४ मिल्चोक निवासी मन नारायण श्रेष्ठ र नारायण श्रेष्ठ ज्युको पुज्यनिय आमा स्वर्गीय कृष्ण लक्ष्मी श्रेष्ठको वर्ष दिनको कार्य (बरखी) को अवसरमा सामाजिक विकासका लागि सक्रिय संस्था निर्मल समाज युवा क्लबलाई नगद रु. ५००/- सहयोग गर्नुभएको छ । यस निर्मल समाज युवा क्लब स्वर्गीय कृष्ण लक्ष्मी श्रेष्ठ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

निर्मल समाज युवा क्लबका सदस्य तथा ठोरी-४ घ्याङ्गडाडा निवासी युवा राम शरण गौतम ज्युलाई वैवाहिक जिवनको हार्दिक बधाई तथा शु...
04/03/2024

निर्मल समाज युवा क्लबका सदस्य तथा ठोरी-४ घ्याङ्गडाडा निवासी युवा राम शरण गौतम ज्युलाई वैवाहिक जिवनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

निर्मल समाज युवा क्लबका पुर्व सचीव, हाल पेशाले शिक्षक, युवा समाजसेवी, पत्रकार तथा कार्यक्रम उद्घोषण माधव तिमिल्सिना ज्यु...
23/12/2023

निर्मल समाज युवा क्लबका पुर्व सचीव, हाल पेशाले शिक्षक, युवा समाजसेवी, पत्रकार तथा कार्यक्रम उद्घोषण माधव तिमिल्सिना ज्युले लोकसेवा आयोग वाग्मती बाट सामान्य प्रशासन तर्फ पाँचौ तहमा नाम निकाल्नु भएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
-निर्मल समाज युवा क्लब, ठोरी-४, मिलचोक परिवार

Address

Thori

Website

Alerts

Be the first to know and let us send you an email when Lapata Media Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share