25/04/2026
निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!
१२ औं खरुण्डे मेलालाई भव्य र सभ्य रूपमा सफल पार्न सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूमा जिरखिम्ती युवा क्लब हार्दिक आभार प्रकट गर्दछ।
मेलाको समापनसँगै यस कार्यक्रमको पारदर्शिता कायम गर्न र आगामी योजनाबारे छलफल गर्नका लागि आर्थिक प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हुनाले यहाँहरूको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रमको विवरण:
विषय: खेलमैदान निर्माण तथा मेलाको सम्पूर्ण आम्दानी र खर्चको आर्थिक प्रतिवेदन प्रस्तुतीकरण।
मिति: भोलि बिहान (२०८३/०१/१३)
समय: बिहान ठीक ७:०० बजे
स्थान: शिव मन्दिर, जिरीखिम्ती
तपाईंको उपस्थितिले हामीलाई थप उर्जा र हौसला प्रदान गर्नेछ।
आयोजक: जिरखिम्ती युवा क्लब