श्री घुम्तिटोल विकास संस्था

  • Home
  • Nepal
  • Tansen
  • श्री घुम्तिटोल विकास संस्था

श्री घुम्तिटोल विकास संस्था Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री घुम्तिटोल विकास संस्था, Community Organization, लुम्बिनी प्रदेश तानसेन/१ पाल्पा, Tansen.

श्री घुम्ती टोल विकास संस्था
तानसेन नगरपालिका–१, पाल्पा
"एकता, सहभागिता र समृद्धि हाम्रो टोल हाम्रो जिम्मेवारी" को माध्यमबाट टोलको समग्र विकास, सरसफाइ, वातावरण संरक्षण, साजिक सद्भाव जनसहभागिता मुलक गतिविधि मा समर्पित संस्था

🌿 हार्दिक धन्यवाद तथा आभार 🌿आज श्री घुम्ती टोल विकास संस्थाको वार्षिक बृहत् सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।...
04/10/2026

🌿 हार्दिक धन्यवाद तथा आभार 🌿

आज श्री घुम्ती टोल विकास संस्थाको वार्षिक बृहत् सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमलाई सफल बनाउन आफ्नो अमूल्य समय, श्रम र सहभागिता प्रदान गर्नुहुने सम्पूर्ण सदस्यज्यूहरू तथा टोलवासीहरूमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौँ। 🙏

सफा, सुन्दर र व्यवस्थित टोल निर्माणका लागि यहाँहरूको एकता, सहभागिता र सहयोग नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिताको अपेक्षा गर्दछौँ। 🌿🤝

आजको सरसफाइ कार्यक्रममा अनुपस्थित रहनुभएका सदस्यज्यूहरूलाई टोलको कार्यविधि बमोजिम आगामी कार्तिक महिनामा बस्ने संस्थाको बैठकबाट निर्धारित हर्जाना/शुल्क सम्बन्धी निर्णय तथा कार्यान्वयन गरिनेछ। यसलाई सबै सदस्यज्यूहरूले संस्थाको नियम तथा सामूहिक जिम्मेवारीका रूपमा बुझिदिनुहुन अनुरोध गर्दछौँ।

“एकता, सहभागिता र समृद्धि — हाम्रो टोल, हाम्रो जिम्मेवारी।” 🌿

🙏 श्री घुम्ती टोल विकास संस्था
तानसेन नगरपालिका–१, पाल्पा

02/10/2026

📢 सूचना 📢

श्री घुम्ती टोल विकास संस्था
तानसेन नगरपालिका–१, पाल्पा

मिति २०८३/०६/१५ गते

“एकता,सहभागिता र समृद्धि, हाम्रो टोल हाम्रो जिम्मेवारी”

विषय: वार्षिक बृहत् टोल सरसफाइ कार्यक्रम सञ्चालन गरिने सम्बन्धमा

सम्पूर्ण टोलवासीहरूमा जानकारी गराइन्छ कि श्री घुम्ती टोल विकास संस्थाको वार्षिक बृहत् टोल सरसफाइ कार्यक्रम अन्तर्गत टोलको स्वच्छता, सुन्दरता तथा वातावरण संरक्षण गर्ने उद्देश्यले टोलभित्रका सडक, नाली तथा नालीका भित्ताहरू, पैदल हिँड्ने बाटो, झाडी फडानी तथा आवश्यक सरसफाइका कार्यहरू गरिने भएको छ।

तसर्थ, यस टोलको क्षेत्रभित्र बसोबास गर्नुहुने सम्पूर्ण घरधुरीका सदस्यहरू अनिवार्य रूपमा उपस्थित भई सरसफाइ कार्यक्रममा सहभागी हुनुपर्नेछ। साथै, टोलभित्र बसोबास गर्ने अस्थायी तथा बहालमा बस्ने घरधुरी/परिवारहरूलाई समेत यस सरसफाइ कार्यक्रममा समावेश गरिएको हुँदा सबैलाई अनिवार्य रूपमा उपस्थित भई सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ।

🗓️ मिति: २०८३/०६/१८ गते, आइतबार
🕒 समय: दिउँसो ३:०० बजे

🧹 साथमा ल्याउनुपर्ने सामग्री

सबैले हँसिया, घैँटी, बेल्चा, कोदालो लगायत आवश्यक सरसफाइका औजारहरू साथमा लिएर उपस्थित हुनुहोला।

१. बुद्ध चोकदेखि माथि, मिसन खोल्सा र घुम्तीबाट माथि निस्कने पैदल मार्ग

१. 🔵 श्याम कुमारी चिदीको नेतृत्वमा
२. बद्री खपाङ्गी
३. अल्पना जी.सी.
४. कल्पना आले
५. ममता पौडेल
६. बिन्दु बस्याल
७. शान्ता विश्वकर्मा
८. बसन्ती कामु
९. ओम कुमारी विश्वकर्मा
१०. बालकृष्ण पौडेल
११. प्रेम थापा
१२. मिना राना

२. शिवशक्ति मार्गदेखि भलिबल ग्राउन्ड हुँदै झरुलाल शर्माको घर जाने बाटो तथा प्रिन्सकाको घर पछाडिको नयाँ पैदल ट्र्याक खोल्ने कार्य

१. 🔵 बालकुमारी बोहराको नेतृत्वमा
२. इन्दिरा सारु
३. गङ्गा घर्ती मगर
४. झरुलाल शर्मा
५. टिना अर्याल
६. चन्द्रकला न्यौपाने
७. शान्ति पराजुली
८. प्रिन्सका घर्ती मगर
९. उमा गुरुङ
१०. पार्वती पौडेल
११. अञ्जु लामा
१२. रविसरा आले
१३. विष्णु आले
१४. मञ्जु धामी
१५. मोमिना बेगम
१६. राधा देवी कार्की
१७. सफिना खातुङ
१८. चन्द्रकला खड्का

📌 विशेष जानकारी

• माथि उल्लेखित घरधुरीका साथै टोलको सिमानाभित्र बसोबास गर्ने सबै घरधुरी, अस्थायी तथा बहालमा बस्ने परिवारसमेत कार्यक्रममा सहभागी हुनुपर्नेछ।

• बिरामी वा अन्य अपरिहार्य तथा मनासिब कारणबाहेक सबै घरधुरीबाट अनिवार्य रूपमा उपस्थित भई कार्यक्रममा सहभागी हुनुपर्नेछ। उचित कारणबिना कार्यक्रममा अनुपस्थित हुने घरधुरीले संस्थाको प्रचलित कार्यविधि/नियमअनुसार तोकिएको हर्जाना वा शुल्क अनिवार्य रूपमा तिर्नुपर्नेछ। तिर्न नमानेमा कार्य विधि अनुसार निज सदस्यको मासिक बचत वाट संस्थाले असुल उपर गर्ने छ।

• सरसफाइ तथा बाटो निर्माण/व्यवस्थापनको काम लामो समयसम्म चल्न सक्ने भएकाले सबैले आफ्नो समयको उचित व्यवस्थापन गरी कार्यक्रम सम्पन्न नभएसम्म आवश्यक सहयोग गर्नुपर्नेछ।

• कार्यक्रममा सहभागी सबैको अन्त्यमा हाजिरी लगाइनेछ। उक्त हाजिरी लगाउने तथा व्यवस्थापन गर्ने जिम्मेवारी 🔵 श्रीमती शान्ति पराजुलीलाई दिइएको छ।

• सबै घरधुरीले आफ्नो सहभागिता सुनिश्चित गरी सामूहिक भावना, सहयोग र जिम्मेवारीका साथ कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुन सबैमा हार्दिक अनुरोध गरिन्छ।

Not-: अन्तमा प्रिन्सका को घर देखि सिमल को रूख सम्मको पैदल मार्ग को सरसफाई तथा झाडी फाड्ने कार्य सकिएर हाजिरी लगाए पश्चात् सरसफाई कार्यक्रम सम्पन्न हुने छ।

🌿 आफ्नो टोल सफा राखौँ,
स्वच्छ, सुरक्षित र व्यवस्थित घुम्ती टोल निर्माण गरौँ। 🌿

– श्री घुम्ती टोल विकास संस्था
तानसेन नगरपालिका–१, पाल्पा

श्री घुम्ति टोल विकास संस्थाका सक्रीय सदस्य श्री गंगा घर्ती मगरज्यूका ममतामयी आमा वीहि सरा कुवर मगरज्यूको दुःखद निधनको ख...
21/09/2026

श्री घुम्ति टोल विकास संस्थाका सक्रीय सदस्य श्री गंगा घर्ती मगरज्यूका ममतामयी आमा वीहि सरा कुवर मगरज्यूको दुःखद निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौँ।

दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा यस दुःखद घडीमा ईश्वरले धैर्य, साहस र शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौँ।

स्वर्गीय आमाको आत्माले चिरशान्ति प्राप्त गरून्। 🙏🕯️

शोकाकुल परिवारप्रति हार्दिक समवेदना।

श्री घुम्ति टोल विकास संस्था
तानसेन नगरपालिका–१, पाल्पा

🌺🕉️ हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🕉️🌺नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा श्री घुम्ती टोल ...
13/09/2026

🌺🕉️ हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना 🕉️🌺

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा श्री घुम्ती टोल विकास संस्था, तानसेन–१, पाल्पा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा सम्पूर्ण टोलवासीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🙏❤️

तीजले हाम्रो मौलिक संस्कृति, आपसी सद्भाव, एकता र आत्मीयतालाई अझ मजबुत बनाओस्।
सबैमा खुसी, उमंग र सकारात्मक ऊर्जा छाओस्। 🌿✨

एकता, सहभागिता र समृद्धि
हाम्रो टोल, हाम्रो जिम्मेवारी। 🇳🇵

🌹 हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌹

— श्री घुम्ती टोल विकास संस्था
तानसेन नगरपालिका–१, पाल्पा

हाम्रो टोल को समाचार आम जनमानस सम्म पुर्याई दिनु भयको मा    लाइ हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ
04/09/2026

हाम्रो टोल को समाचार आम जनमानस सम्म पुर्याई दिनु भयको मा लाइ हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छौ

04/09/2026
02/09/2026

हार्दिक आभर gatakhabr. Com लाइ
समचार कमेन्ट बक्स मा

02/09/2026

धन्यबाद रेडियो मदनपोखरा FM 106.9 परिवार लाई

01/09/2026

समाचार सम्प्रेषण लागि A1 टेलिभिजन लाइ हार्दिक धन्यवाद

Address

लुम्बिनी प्रदेश तानसेन/१ पाल्पा
Tansen
32500

Website

Alerts

Be the first to know and let us send you an email when श्री घुम्तिटोल विकास संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share