Tanahun Nepali Congress

Tanahun Nepali Congress Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tanahun Nepali Congress, Community Organization, Tanahun.

“राजनीतिको लागि जिवन होइन ,जिवनको लागि राजनीति हो। नैतिकता गुमाएको राजनीतिले  निति निर्माणमा नियती झल्किन्छ। निष्ठाले पद...
01/04/2023

“राजनीतिको लागि जिवन होइन ,जिवनको लागि राजनीति हो। नैतिकता गुमाएको राजनीतिले निति निर्माणमा नियती झल्किन्छ। निष्ठाले पद्धति जोगाउंछ र परिवर्तनको अनुभुती गराउंदछ। म पुस्तान्तरणको जस खोज्न आएको होइन समतामूलक समाजको जग बसाल्नको लागि परिवर्तनको अनुभुती दिलाउने जिम्मेवारी लिएर अाएकाे हुँ।”
प्रतिनिधि सभा निर्वाचन ०८० वैशाख १० गतेको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट संयुक्त गठबन्धनका साझा उम्मेदवारलाई अत्यधिक बहुमतको साथ “रुख” चिन्हमा मतदान गरि विजय गअरौं। जय नेपाल !!!




तनहुँ बाट काठमाडौ आइ बसोबास गर्ने , बिभिन्न पेशा ब्यबसायमा आबद्द सबैलाइ उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछौं।
30/03/2023

तनहुँ बाट काठमाडौ आइ बसोबास गर्ने , बिभिन्न पेशा ब्यबसायमा आबद्द सबैलाइ उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछौं।

नवनिर्वाचित राष्ट्रपति सम्माननिय रामचन्द्र पौडेलज्युले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर...
13/03/2023

नवनिर्वाचित राष्ट्रपति सम्माननिय रामचन्द्र पौडेलज्युले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएकोमा उहाँलाई हार्दिक बधाई छ,तपाईको पाँच बर्षे कार्यकाल जनमुखि बनोस्।
जय नेपाल!

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!
09/03/2023

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!

03/03/2023

आदरणीय नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्य मा निकै शुधार भइ सामान्य बन्दै गएको खबरले निकै खुशी बनायो ।God bless you Dai.

26/12/2022

यथार्थ पढनुहोस !!!

SLC मा 91.25% हानियो , +2 मा 78.23% हानियो। Bachelor मा 75 ओभर र masters मा राम्रै बढिरहेको थियो। कुन किताबको कुन पेजको कुन नम्बरमा कुन प्रस्न छ। त्यसको उत्तर के हो सबै रटियो। कसैले सोधे आँखा चिम्लेर भनिन्थ्यो........!!!
तर जब म मख्ख परेर "MARKS" ले भरिएको आफ्नो भए भरको "Marksheet" "Certificate" को खाता बोकेर जागिर खान्छु पैसा कमाउछु र भबिष्य बनाऊछु भनेर
Interview मा गएँ......!!!
Interview लिने मान्छेहरुले मेरो जीवन भरको
दु:ख मेहनत को कमाई मेरो Marksheet हेरे र
भुईमा राखे। यसरि भुई मा राखे कि त्यसको कुनै मुल्य नै नभए झै........!!!
अनि म तिर हेरेर हाँस्दै सोधे तपाई ले त धेरै पढनु
भएको जस्तो छ। आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भो ? कुन-कुन क्षेत्रमा परिवर्तन गर्नु भयो ?
म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए किनकि मेरो
दिमाग मा Newton's का सिद्धान्त बिज गणितका सुत्र डार्विनको थ्योरी देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रस्नको Derivation अनि उत्तर कण्ठै थियो........!!!
तर पनि उक्त प्रश्नको उत्तर भेटेन !
Interview room मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए। म हातमा भएका Marksheet अनि certificate हरु भारि लागेको थियो। तर जब म Interview room बाट बाहिर निस्किए ति Marksheet अनि Certificate हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो........!!!
अनि घर आइ ति सारा Marksheet अनि Certificate काठको दराजमा थन्काउन बाध्य भए र हिडे पासपोर्ट बनाउन। 😥 😢
तिन चार महिनाको साउदी ट्राइ गरेपछि भिसा पनि आयो। १६ बर्ष पढेर पाएका Certificates हरु भन्दा १६ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ। त्यही एउटा पासपोर्टको भरमा घरका सबै सदस्यले आफ्नो सपना बुन्ने गर्दछन र म सबैको सपना साकर पार्न परदेसिए...... ! ! !
त्यसैले साथीहरु जिन्दगीमा तपाईहरुले कस्तो पढनु भो त्यस्ले खासै महत्व राख्दैन तर तपाईहरुले के पढनु भो पढेर के सिक्नु भो तेसले ठूलो प्रभाब पार्छ.......!!!
Marks र Certificate को लागि मात्र होईन नया
कुरा सिक्न को लागि पढनुहोस.........! ! !

19/12/2022

२२ औँ फिफा विश्वकप, २०२२ नालीबेली
•विजेता : अर्जेन्टिना
•उपविजेता : फ्रान्स
•तेस्रो स्थान : क्रोएसिया
•चौथो स्थान : मोरोक्को
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ]
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच :
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ
•आयोजक : कतार
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium

# विविध पक्ष :
- सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,

- कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,

- कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,

- कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,

- जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको,

- विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stephanie Frappart' दर्ज,

# इतिहासमा फिफा विश्वकप फुटबल सङ्क्षिप्त चिनारी :

- विश्वमा पहिलोपटक आधिकारिक रूपमा सन् १८७२ मा स्कटल्यान्डको ग्लास्गोमा स्कटल्याण्ड र इङ्ल्याण्डबिच फुटबल खेल सम्पन्न भएको,

- सन् १९०४ मा फिफाको स्थापना भएको,

- पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको ।

- हालसम्म सर्वाधिक विश्वकप जित्ने टोली ब्राजिल (५ पटक) हो । जर्मनी र इटालीले ४/४ पटक विश्वकप जितेका छन् भने अर्जेन्टिनाले ३ पटक जितेको छ ।

- प्रत्येक ४/४ वर्षमा हुने फिफा विश्वकप फुटबल सन् १९४२ र सन् १९४६ मा द्वितीय विश्वयुद्धका कारण स्थगित भएको थियो ।

Address

Tanahun
33900

Telephone

+9779841561508

Website

Alerts

Be the first to know and let us send you an email when Tanahun Nepali Congress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Tanahun Nepali Congress:

Share