18/02/2025
दोस्रो चुँदेर कप २०८१ वडास्तरिय पुरूष भलिबल प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नुहुने हाम्रा आदरणीय आर्थिक सहयोगदाता, प्रतियोगितालाई अनुसासित, मर्यादित र निष्पक्ष रुपमा सफल बनाउन सहयोग गर्नुहुने OFFICIAL लक्षण गुरुङ र साजन पुलामी, हाम्रो निम्तोलाई सहस्र स्विकार गरि पाल्नुहुने गण्डकी प्रदेशका पुर्वमन्त्री तथा प्रदेश सांसद जित प्रकास आले, व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने, व्यास ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठ "हिमाल", व्यास १३ का वडाध्यक्ष वसन्त आले, व्यास ५ का वडासदस्य खिम वहादुर थापा, व्यास ६ का वडा सदस्य चन्द्रकान्त काफ्ले, राष्ट्रिय पौडी खेलाडी तिल वहादुर थापा , विभिन्न टोलबाट पाल्नुहुने टोल अध्यक्ष, क्लब अध्यक्ष, संघ संस्थाका प्रतिनिधि, प्रतियोगी खेलाडी साथीहरू साथै भौतिक रुपमा उपस्थित भएर तथा Online मार्फत उपस्थित भएर खेलको शोभा बढाउनु हुने सम्पूर्ण महानुभावहरुमा चुँदेर युवा क्लब हृदय देखि नै धन्यवाद ज्ञापन गर्दछौँ साथै आगामी संस्करणहरुमा पनि अझै बढी माया, सहयोग र मार्गनिर्देश गर्नुहुनेछ भन्नेमा पुर्ण विश्वास गर्दछौं। 🙏🙏🙏💐💐💐