31/08/2026
भोटेकोसी महाविपत्ति प्रभावितहरुका लागि राहत संकलन
स्याङ्जा - श्री नव मिर्मिरे युवा क्लब र श्री कालीगण्डकी आमा समुह मिर्मीले भोटेकोसी महाविपत्तिमा परेर जनधनको क्षति भएकाहरुका लागि राहत संकलन कार्यक्रम गरेको छ ।
मिर्मी खवार खानेपानी समितिका सचिव कृष्ण भट्टराईज्यूले राहत कोषमा रकम दान गर्नुभएको छ ।
संकलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पठाइने कालीगण्डकी आमा समुह सल्लाहकार कोपिला घिमिरे पाण्डेले बताउनुभएको छ ।