02/01/2026
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) को अध्यक्ष चयन हुनु भएको छ । २ जनवरी २०२६ (१८ पुस २०८२) मा सम्पन्न JTUCC नेतृत्व हस्तान्तरण समारोहबाट उहाँ अध्यक्ष चयन हुनु भएको हो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) ले प्रत्येक अंग्रेजी वर्षको शुरू सँगै नयाँ नेतृत्व चयन गरि कार्य सम्पादन गर्ने गर्दछ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) नेपाली श्रमिक वर्गको साझा मञ्च हो । यसले यसमा आबद्ध १० मान्यता प्राप्त राष्ट्रिय ट्रेड युनियन केन्द्रहरूको समन्वय संयन्त्रको रूपमा काम गर्दछ । श्रम कानून, न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा र रोजगारदातासँग सम्बन्धित सबै नीतिगत मुद्दाहरू यसै संयन्त्र मार्फत निर्णय गरी सम्बन्धित निकायमा सुझाव, लबिङ तथा परामर्श गर्ने गर्दछ ।