02/07/2026
"कथा कर्णाली" परियोजना अन्तर्गत सुर्खेतका १४ जना दलित महिलाहरूको सृजनात्मक सङ्गालो समेटिएको भव्य सार्वजनिक प्रदर्शनी "आफ्नो कथा, आफ्नै आवाज" यही २०८३ असार ६ गते, शनिबार (तदनुसार २० जुन, २०२६) का दिन मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय भवन (सभागृह) मा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमका सहभागीहरूले जीवन्त तस्बिरहरू (Photo Storytelling) र कविता प्रस्तुती (Spoken Word Poetry) मार्फत आफ्नो कथा व्यक्त गर्दा कला र सिर्जनाको क्षेत्रमा नयाँ आयाम थपेका छन्। यी आवाजहरू र कलात्मक दृष्टिकोणले समाजमा आत्मसम्मान, पहिचान र सिर्जनात्मक सशक्तीकरणको एउटा बलियो र नयाँ संवादको सुरुवात समेत गरेका छन्।
यस गरिमामय यात्रालाई पूर्ण रूपमा सफल बनाउन अमूल्य सहयोग गर्नुहुने मुख्य प्रवर्द्धक ब्रिटिश काउन्सिल (British Council - Equal Together: Gender Grants) प्रति हामी विशेष आभार व्यक्त गर्दछौ। साथै, निरन्तर समन्वय र अभिभावकत्वका लागि वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिका, हल उपलब्ध गराई प्राज्ञिक सहयोग पुर्याउनुहुने मध्यपश्चिम विश्वविद्यालय परिवार, सहभागीहरूलाई दिशानिर्देश गर्नुहुने सम्पूर्ण प्रशिक्षक एवम् मेन्टरहरू र प्रत्यक्ष रूपमा उपस्थित भई हौसला बढाउनुहुने सम्पूर्ण आदरणीय दर्शक र शुभचिन्तकहरूमा हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। अन्तमा, आफ्ना भावना र सिर्जनामार्फत हामी सबैलाई प्रेरित गर्ने ती १४ जना साहसी र सिर्जनशील कलाकार सहभागीहरूलाई हार्दिक बधाई तथा धन्यवाद! 🌻✨