Zenith Youth Club

Zenith Youth Club This is the official page of Zenith Youth Club,Kirtipur-1,Sunwal-3,Nawalparasi

सुनवल नगरपालिका अन्तर्गत आर्थिक वर्ष २०८३/०८४ का लागि वडा नं. ३, कीर्तिपुर–१ को विकासका लागि विभिन्न शीर्षकमा बजेट विनिय...
29/09/2026

सुनवल नगरपालिका अन्तर्गत आर्थिक वर्ष २०८३/०८४ का लागि वडा नं. ३, कीर्तिपुर–१ को विकासका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको छ।
विनियोजित बजेटअन्तर्गतका विकास योजनाहरूलाई तीव्र, प्रभावकारी तथा समयमै सम्पन्न गर्नका लागि Zenith Youth Club, सुनवल–३, कीर्तिपुर–१ ले सम्बन्धित निकाय तथा सरोकारवालासँग पूर्ण रूपमा समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
साथै, सम्पूर्ण गाउँवासी, टोलवासी तथा स्थानीय बासिन्दाहरूलाई आफ्ना क्षेत्रबाट आवश्यक सहयोग, सहकार्य तथा सकारात्मक भूमिका निर्वाह गरी विकास योजनाहरूलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न हार्दिक अनुरोध गर्दछौँ।
“हाम्रो विकास, हाम्रो सहभागिता”
Zenith Youth Club
सुनवल–३, कीर्तिपुर–१, नवलपरासी (ब.सु.प.)

🌧️ सुरक्षित रहौँ! 🙏अविरल वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक जोखिमबाट सचेत र सुरक्षित रहन सम्पू...
27/09/2026

🌧️ सुरक्षित रहौँ! 🙏
अविरल वर्षाका कारण हुन सक्ने बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक जोखिमबाट सचेत र सुरक्षित रहन सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
⚠️ अनावश्यक रूपमा घरबाहिर ननिस्कनुहोस्।
🌊 नदी, खोला तथा जोखिमयुक्त स्थानमा नजानुहोस्।
🏠 जोखिमको अवस्था आएमा सुरक्षित स्थानमा सर्नुहोस्।
📢 स्थानीय प्रशासन तथा सुरक्षा निकायका सूचनाहरू पालना गर्नुहोस्।
सतर्क रहौँ, सुरक्षित रहौँ।
🙏 सबैको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो।
— Zenith Youth Club
Sunwal–3, Kirtipur–1

हार्दिक धन्यवाद तथा शुभकामना! 🙏Zenith Youth Club का पूर्व खेलाडी एवं सदस्य, हाल हुप्सेकोट गाउँपालिका–गिरुबारी निवासी श्र...
27/09/2026

हार्दिक धन्यवाद तथा शुभकामना! 🙏
Zenith Youth Club का पूर्व खेलाडी एवं सदस्य, हाल हुप्सेकोट गाउँपालिका–गिरुबारी निवासी श्री खेमबहादुर आले मगरज्यूले यस क्लबको उत्तरोत्तर प्रगति, विकास र खेलकुदको उन्नतिका लागि एक थान जर्सी प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
उहाँको यस सहयोगले क्लबका खेलाडीहरूमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास लिएका छौँ।
आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोग निरन्तर प्राप्त भइरहोस्। उहाँको सुखद, सफल एवं उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 💐
Zenith Youth Club परिवार
Sunwal–3, Kirtipur

09/09/2026
09/09/2026
40 औ युनाइटेड गोल्ड कप 2083 को पाचौ दिन / खेलको निर्धारित समयमा दुबैटिमको 1-1 गोल भयेपछी ट्राइवेगर पेनाल्टिमा / गज युबाक...
09/09/2026

40 औ युनाइटेड गोल्ड कप 2083 को पाचौ दिन / खेलको निर्धारित समयमा दुबैटिमको 1-1 गोल भयेपछी ट्राइवेगर पेनाल्टिमा / गज युबाक्लब भरतपुर बिरुद्द जेनिथ युबाक्लब किर्तिपुर सुनवल द्वारा 5-6 गोल को अन्तर ले जित हासिल गरेको छ ।

यस सुनवल नगरपालिका वार्ड न. ३,किर्तिपुर-१ निवासी  एवम् येसै क्लब का उपाध्यक्ष छबिलाल गुरुङ को आमा स्व.  झमति गुरुङ को आज...
28/08/2026

यस सुनवल नगरपालिका वार्ड न. ३,किर्तिपुर-१ निवासी एवम् येसै क्लब का उपाध्यक्ष छबिलाल गुरुङ को आमा स्व. झमति गुरुङ को आज तेस्रो दिन को पुण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै जेनिथ युथ परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
साथै यस दु:खद् घडीमा शोक सन्तप्त परिवारजन प्रती भगवनले धैर्य धारणा गर्ने शक्ति प्रदान गरून् भनी हर्दिक संवेदना प्रकट गर्दछौं ।

हार्दिक श्रद्धाञ्जलीसुनवल नगरपालिका वडा नं. ३, कीर्तिपुर–१ निवासी एवं जेनिथ युथ क्लबका उपाध्यक्ष श्री छविलाल गुरुङज्यूका...
26/08/2026

हार्दिक श्रद्धाञ्जली

सुनवल नगरपालिका वडा नं. ३, कीर्तिपुर–१ निवासी एवं जेनिथ युथ क्लबका उपाध्यक्ष श्री छविलाल गुरुङज्यूकाे ममतामय आमा स्वर्गीय झमती गुरुङज्यूको निधनको खबरले हामी अत्यन्त दुःखी एवं मर्माहत भएका छौँ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन तथा सम्पूर्ण शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।

ईश्वरले दिवंगत आत्मालाई वैकुण्ठमा स्थान प्रदान गरून् तथा शोकाकुल परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति प्रदान गरून्।

भावपूर्ण श्रद्धाञ्जली! 🕯️🙏
जेनिथ युथ क्लब परिवार

एस जेनिथ युथ क्लबका सालिन,लगनशील एवं मिहिनेती  खेलाडी श्री अमित थापालाई वैदेशिक यात्राको हार्दिक शुभकामना।तपाईंको यात्रा...
22/07/2026

एस जेनिथ युथ क्लबका सालिन,लगनशील एवं मिहिनेती खेलाडी श्री अमित थापालाई वैदेशिक यात्राको हार्दिक शुभकामना।

तपाईंको यात्रा सुरक्षित, सफल र उपलब्धिमूलक रहोस्। विदेशमा रहँदा नयाँ ज्ञान, सीप र अनुभव हासिल गरी आफ्नो तथा समाजको उज्ज्वल भविष्य निर्माण गर्न सफल हुनुहोस् भन्ने कामना गर्दछौं।

सुखद यात्रा, उत्कृष्ट सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना! ✈️🌍🌺

यस सुनवल नगरपालिका वार्ड न. ३,किर्तिपुर-१ निवासी  एवम् येसै क्लब का पुर्ब खेलाडी अन्तिम गुरुङ को हजुरआमा स्व. बेल मति गु...
15/07/2026

यस सुनवल नगरपालिका वार्ड न. ३,किर्तिपुर-१ निवासी एवम् येसै क्लब का पुर्ब खेलाडी अन्तिम गुरुङ को हजुरआमा स्व. बेल मति गुरुङ को आज तेस्रो दिन को पुण्य तिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै जेनिथ युथ परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
साथै यस दु:खद् घडीमा शोक सन्तप्त परिवारजन प्रती भगवनले धैर्य धारणा गर्ने शक्ति प्रदान गरून् भनी हर्दिक संवेदना प्रकट गर्दछौं ।

Address

Sunwal

Website

Alerts

Be the first to know and let us send you an email when Zenith Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share