Inaruwa Tharu

Inaruwa Tharu Inaruwa Tharu Community-Inaruwa, Sunsari

सन्दर्भ :- हुक्के हुक्का  समबन्धी जानकारी ।।।। हुक्के हुक्का बालक युवा अधबैंसे मानिस हरु को समूह मिलेर खेलिने रोमाञ्चक त...
12/11/2023

सन्दर्भ :- हुक्के हुक्का समबन्धी जानकारी ।।।।
हुक्के हुक्का बालक युवा अधबैंसे मानिस हरु को समूह मिलेर खेलिने रोमाञ्चक तथा रमाइलो खेल हो यस्का विशेषता हरु निम्न लिखित छ्न ।।।
१) हुक्के हुक्का खास गरि मध्य तराइ मा बसोबास गर्ने थारु जाती ले खेल्ने हो ।लक्ष्मी पुजा कार्तिक औसि को दिन साझपख खेलिन्छ ।।
२) हुक्का हुक्की सनपाट बाट निकालिएको सन्ठी लाई सानो ठुलो गरि २ खालको बनाइन्छ ।।
३) हुक्का हुक्की बनाउदा विधि पुर्वक कास र सन्ठी मिस्रीत गरि कुस द्वारा पाँच ठाउमा बाधिएर बनाइएको हुन्छ ।
४) ५ ठाउँ मा कुश द्वारा बाधिदा पञ्च देवता सम्मुख रहन्छ जस्तै : सदाभवानी दाहिनी ,सन्मुख रहे गणेश ,पाच देवमिली रक्षा करे ब्रहमा बिष्णु महेस ।
५) साना खाल का हुक्का हुक्की आफ्नो घर का छानाहरु मा टाङिन्छ र ठुला हुक्का हुक्की सबै मानिस हरु को हातमा रहन्छ ।यो हुक्का हुक्की मा सिन्दुर र पिठो मुछेर छर्कीएको हुन्छ ।
६) हुक्का हुक्की खेल खेल्नु अघि सबै मानिस हरु आ- आफ्ना कुल्देवता को कोठा ठूलो दियो बालेका हुन्छ्न ! त्यो दियो लाई मुछेको सिंदुर पिठो ले घेरा हालेको हुन्छ जसलाइ थारु भासा मा "मरि " भनिन्छ ।।
७) सबै मान्छे हरु यहि "मरि"हालेको दियो मा हुक्का हुक्की सल्काइन्छ र सल्की सके पछि प्रत्येक ब्यक्ति ले मन्त्र जप गरेर मात्र बाहिर खेल मैदान सामेल हुन्छ ।मन्त्र यस प्रकार को छ ! " अन्न्धन लक्ष्मी घर ढुक भुत दरिद्र बाहार हो " यो मन्त्र ३ पट्क जप्दै प्रत्येक घर कोठामा सल्केको घर कोठामा सल्केको हुक्का हुक्की देखाउदै जानू पर्छ यसो गर्नाले घर मा रहेको भुत पिचास हट्ने र धन कि देवि माता लक्ष्मी भग्वान भित्र प्रवेस हुन्छ्न भन्ने बिस्वास रहेको छ ।।
८) हुक्का हुक्की खेल्नाले घरमा भएका पिचास ,काल ,ब्यथा हटेर जान्छ सबै मानिस का घर मा हर्सोलास र उमंग का बाताबरण सृजना हुन्छ यिनै यस्का विशेषता हुन ।।

# हुक्का हुक्की समबन्धी जानकारी गराउनु हुने थारु बुद्धिजिवि बद्रीलाल चौधरी इनरुवा ५ बलाहा सुन्सरी ।।।।

जितिया पवैन एवं सांस्कृतिक कार्यक्रम-२०८०इनरुवा-५ , बलाहा सुनसरी
07/10/2023

जितिया पवैन एवं सांस्कृतिक कार्यक्रम-२०८०
इनरुवा-५ , बलाहा सुनसरी

07/10/2023

थारु बस्ती बस्तीमा जितियाको रौनक ।
#जितिया२०८०
ितमहान

थारू समूदायको महान पर्व "जितिया पावैन"को नालीबेली पढ्नुहोस्..जितिया (पावैन) पर्व चन्द्रमासमा पर्ने ब्रत हो ।यो पर्व हरेक...
04/10/2023

थारू समूदायको महान पर्व "जितिया पावैन"को नालीबेली पढ्नुहोस्..
जितिया (पावैन) पर्व चन्द्रमासमा पर्ने ब्रत हो ।यो पर्व हरेक बर्ष आश्विन महिनाको कृष्णपक्षको सपतमी र नवमी तिथि सम्म तिन दिन सभ्य र भव्यताका साथ मनाइने ठुलो कष्टप्रद ब्रत हो । यो नितान्ता कठिन पर्व हो। यो पर्व महिला दिदि, बहिनीहरुले मनाइने पर्व हो ।
जितियाको शाब्दिक अर्थ संस्कृति “जिवित्पुत्रिका” हिन्दि भाषामा “जिउतिया” तथा गाउघरमा स्थानीय भाषामा “जितिया” भन्ने गरिन्छ ।
जितिया पर्वको विशेषता ः–
प्रथमतः जितिया (पावैन) पर्व विवाहित महिलाहरुले माइतिघरमा आएर व्रत लिने गर्दछन । यो पर्वमा दिदि,भाई दाजुबहिनीको अपार माया, ममता र स्नेहको तथा आमा–बुवा सँगको दुःख–सुख साट्ने तथा भला कुसारी गर्ने अवशरको रुपमा लिइन्छ ।
दोस्रोः महिलाले जसले सन्तान प्राप्त गर्न सकेको छैन, त्यसले सन्तान पाउनका लागि जितिया ब्रत बस्ने गर्दछन । साथै जुन महिला दिदि, बहिनीहरुले आफ्ना पतिपरमेश्वर र सन्तानको शरिर स्वस्थय, दीर्घायु र जीवन सुखमय बनाउनको लागि भगवान सुर्यनारायण पुत्र “जिमुतवाहन” संग बरदानका लागि कष्ट ब्रत बस्ने गरेको पाइन्छ।
तेस्रोः– हिन्दुधर्मवलमीहरुले गर्ने कुलपुजा, मुर्तिपुजा, विभिन्न तिथि मितिमा हुने चाड पर्वमा गरिने पुजा पुरुषले गर्दै आएको पाइन्छ । तर जितिया पर्वमा पुजा गर्ने महिला हुन्छन । किनकि “जितिया” को कथा वाचन गर्ने ब्यक्ति पुरुष भएपनि कथाको भाव अनुसार बेला–बेलामा पुजा गर्ने महिलाहरु नै हुन्छन ।
चोथोः– जितिया वर्पमा महिलाहरुमा गच्छेअनुसारको गरगहना तथा पोशाक परिहन मा सहभागी हुन आँउदा एउटा जातिय पहिचान गराउनुको साथै आफ्नो परम्परागत संस्कृती झल्कनुको संरक्षण र प्रबद्र्धन पनि हुन जान्छ ।
पाँचौः– जितिया पर्व अति संवेदनशिल पर्व हो । यो पर्वमा नवविवाहित महिलाले सुइद(सुद्धीकरण) नलागुञ्जेल जितिया ब्रत लागु(उठान)गर्न पाउदैन। सुइद लाग्नु को अर्थ– खरोदिन(शनिवारको दिन) स्नान गरेर विधि विधान अनुसार शुरु गर्नु हो । त्यस्तै आइतबारका दिन उपवास (निराहार ब्रत) बस्नु र सोमबार विधि अनुसार पारन (समापन) गर्नु हो ।
छैठौः–जितिया ब्रतले मृत्युवरण गरेका पितृहरुको उद्धार गर्ने कार्य पनि जनाउँदछ, किनकी जितिया पर्वको तिथि सोह्र, श्राद्ध अन्र्तगत पर्दछ । जुन सोह्र श्राद्ध अन्य समुदायले गर्ने गरेको पाइन्छ । यो जितिया पर्व मेची देखी माहाकाली सम्म थारु समुदायको बासोबास भएको जिल्लाहरुमा मनाइने गर्दछ । यो पर्व आदिवासी थारु लगाएर मिथिला, मधेसी समुदायका महिलारु पनी आ–आफ्ना तरिकाले मनाउने गरेको पाइन्छ ।
जितिया पर्वको विधि विधानको संक्षिप्त वर्णन ः
पहिलो दिन ः लहाई(लाही) ः– यो दिन ब्रतालु महिला दिदिबहिनीहरुले विहान सबेरै उठेर आँगन गाईको गोवरले लिप्दछन । त्यसपछि घिरौलाको पातमा, पिना कमेरो माटो, घिरौलाको फुल लिइ नदि, कुँवा, इनार, पोखरी, टयुवेलमा गई सुर्य भगवानलाई चढाएर पीना र कमेरो माटो ले कपाल माझने, धुने र नुहाउने काम गर्दछन । त्यसपछि मिठा खानेकुरा खाएर मठ–मन्दिर तिर घुम्न जान्छन,रमाइलो गर्छन ।
त्यही राती, रातको १२ बजे पश्चात माछा,दुध,दही र अन्य परिकारहरुको पकवान तयार गर्दछन । केटाकेटीहरु मस्त निदाईहरेको बेलामा ब्रतालुले अघाउँजी खान्छन । खाना खाइरहेको बेला कुनै पनि चरा चुरुङ्गी वा केटा केटीहरुको अवाज (सुनिनु) आउनु हुदैन । कसैको घरमा ब्रतालु भोजन गरिहरेको बेला कतै नानी रोएको वा अन्य पशुपन्क्षीको अवाज सुनियो भनिे यथासिघ्र भोजन ग्रहण गर्न बन्द गर्नु पर्छ । यो समयको भोजन लाई थारु भषामा “ओठघन” भनिन्छ । यसै प्रसङ्गमा एउटा थारु कहावत छ ः– “जितिया पावैन वर भारी, धिया–पुताके ठोइक सतावे अपना लेल्क भोइर थारी”।
दास्रोदिन अर्थात अष्टमी तिथिको दिन ब्रतालु महिला, दिदि–बहिनीहरुले निराहार भई उपवास बस्ने गर्दछन । सोही दिन सबै ब्रतालुहरुले एउटा पोखरीमा खनाउँदछन । विधिवत रुपमा पोखरीमा पानी गरिन्छन, त्यसको चारैतिर ब्रतालुहरु आ–आफ्नो आसन बनाएर बसेका हुन्छन । अव जितमहानको कथावाचन सुरु हुन्छ सबै ब्रतालु महिलाहरु ब्रतका समाग्रिहरु आ–आफ्नो जिम्मा राखेका हुन्छन । कथाको प्रसङ्ग अनुसार विच बीचमा पुजा गर्नु भनि कथावाचकले सङ्केत गरेपछि सबैले आ–आफ्नो स्थानमा पुजा गर्दछन । एवम् प्रकारले कथा प्रवचन नसकञ्जेल कथाको प्रसङ्ग अनुसार पुजा गरिरहनु पर्दछ । संक्षेपमा कथासार प्रस्तुुत गर्न चाहन्छु “एक किंवदन्ती अनुसार प्राचिन कालमा एक सारीवाहन नामक राजाको छोरी “मसवासी” उ विवाहै नगरीकन कुमारी अवस्थामै गर्भधारण गरेर सन्तान जन्माइन, त्यो बच्चो तीक्ष्ण बुद्धि र बलशाली भए, उ संग कुनै केटाकेटीहरु कुनै पनि काम कुराहरुमा जित्न दिदैन्थ्यो सक्दैनथ्यो । त्यसलैले उसको नाम “तिजुवा” राखिएको थियो” तेस्रो दिन नवमी तिथिको दिनलाई “पारन” अर्थात ब्रत समापन भएको दिन भन्ने बुझाउदछ । उक्त दिन विहान स्नान गरी “पारन” को लागि विधिवत रुपमा पुजा सामग्रिहरु तयारी अवस्थामा राखेको हुन्छन । जसमा जितियाका फुल (वानस्पतिक फुल), वौटरा(दानादार) सिन्दु, कुश सिक्की(वानस्पतिक झार,विषकर्कलाको पातर(विष मान कच्चु), दहि, च्युरा, घिरौलाको पात, पानको पात, केरा, धुप अगरवती आदि चिज बस्तुहरु रहन्छन । त्यसपछि ब्रतालु महिला दिदि बहिनीहरुले आँगनमा गाइको गोबरले लिपेको ठाँउमा सिन्दुरले धर्काहरु तानेर त्यसमा घिरौलाको पातका दही च्यूरा, केरा, जितियाको फुल, घिरौला फुल वाटरा जस्ता सामग्री चढाइछ धुप बलिन्छ । अर्ध चढाएसकेपछि त्यसपछि ब्रतालुले पाँच ओटा वौटराको दाना र पाँच ओटा चामल लाई ग्रहण गरी पानी खाएर ब्रत समापन गर्दछन ।
लेखक- बद्रिलाल चौधरी थारू
इनरुवा-५ बलाहा, सुन्सरी
नेपालका थारू समूदाय यहि असोज २० गते जितिया पर्व मनाउदै छन्

जितिया पावैन करि साथै सम्पुर्ण महिला दिदिबहिनी समके हार्दिक निमन्त्रणा करैचिए  ।मिति: २०८० असोज २० गते शनिबार स्थान: इनर...
02/10/2023

जितिया पावैन करि साथै सम्पुर्ण महिला दिदिबहिनी समके हार्दिक निमन्त्रणा करैचिए ।
मिति: २०८० असोज २० गते शनिबार
स्थान: इनरुवा-५, बलाहा, सुनसरी (देवी थान छेउ)
समय : बिहान् १०:०० देखि
१. थारु झाकी सहित र्याली प्रदर्शन
२. जितिया पर्वको पौराणिक कथावाचन
३. पौराणिक थारु नृत्य सहित (झुमेर) प्रदर्शन

01/10/2023

जितिया पर्वको बेला गाउँघरमा गाउने र नृत्य गर्ने गीत ।

30/09/2023

जितिया पावैन करि साथै सम्पुर्ण महिला दिदिबहिनी समके हार्दिक निमन्त्रणा ।
मिति: २०८० असोज २० गते शनिबार
स्थान: इनरुवा-५, बलाहा, सुनसरी (देवी थान छेउ)
समय : बिहान् १०:०० देखि
१. थारु झाकी सहित र्याली प्रदर्शन
२. जितिया पर्वको पौराणिक कथावाचन
३. पौराणिक थारु नृत्य सहित (झुमेर) प्रदर्शन

30/09/2023

Tharu_Cultrual_Show_Inaruwa_Mahotsab_2079_Prayag/Samjha Chaudhary

Address

Inaruwa
Sunsari
56700

Website

Alerts

Be the first to know and let us send you an email when Inaruwa Tharu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Inaruwa Tharu:

Share