Wellness and Tourism

Call Website Contact the organization

Wellness and Tourism आरोग्य र पर्यटनसँगै विकास र समृद्धिका सकारात्मक समाचार, विचार, तस्विर र भिडियाेहरू
Your partner for wellness and prosperity

19/09/2026

Wellness Run in Namakar paranayam

19/09/2026

Wellness Run

14/09/2026

रंगमञ्चको पछिल्लो ढोका

एकपटक लन्डनमा महान् नाटककार विलियम सेक्सपियरको चर्चित नाटक म्याक्बेथको मञ्चन भइरहेको थियो । उनको सो नाटक हेर्न हरेक दिन दर्शक खचाखच उपस्थित हुन्थे । त्यतिखेर उच्च सम्भ्रान्त भनिएका वर्गका लागि नाटक हेर्नु राम्रो मानिन्नथ्यो । त्यसैले, नाटकका दर्शक प्रायः सामान्य वर्गका मानिस नै हुने गर्थे । धार्मिक संस्थाका पुजारी या पादरीका लागि त नाटक हेर्नु पूर्णतः प्रतिबन्धितजस्तै थियो । त्यसैले, उनीहरू नाटक हेर्न कहिल्यै उपस्थित हुँदैनथे ।

म्याक्बेथ दिनदिनै चर्चित हुँदै थियो । लन्डनका एक प्रसिद्ध चर्चका पादरीले पनि नाटक हेर्ने दर्शकको मुखबाट नाटकको चर्चा सुनेका थिए । उनलाई पनि नाटक हेर्ने रहर थियो । तर, रंगमञ्चमा उपस्थित भएर नाटक हेर्न उनलाई सहज थिएन । सबैबाट लुकेर रंगमञ्चमा प्रवेश गरी नाटक हेर्न पाए आफूलाई कसैले पनि चिन्दैनथे र नाटक हेर्ने आफ्नो रहर पनि पूरा हुने थियो भन्ने उनलाई लाग्यो । उनले रंगमञ्चका प्रबन्धकलाई एउटा पत्र लेखे । त्यसमा लेखिएको थियो– आदरणीय प्रबन्धकज्यू, मैले तपाईंहरूले मञ्चन गरिरहेको नाटकको प्रशंसा निकै सुनेको छु । म पनि त्यो नाटक हेर्न इच्छुक छु । म सीधै तपाईंको रंगमञ्चमा प्रवेश गरेर नाटक हेर्न असमर्थ छु । त्यसैले, तपाईंले कसैले पनि नदेख्ने गरी पछाडिको ढोकाबाट रंगमञ्चमा प्रवेश गर्ने व्यवस्था मिलाइदिनुभयो भने नाटक हेर्ने मेरो रहर पूरा हुने थियो ।

प्रबन्धकले प्रत्युत्तर लेखे– महोदय, हजुरको प्रस्ताव ठिक हो । तर, हाम्रो रंगमञ्चमा त्यस्तो कुनै पछिल्लो ढोका छैन, जसमा ईश्वरको दृष्टि नपरेको होस् । अब तपाईं नै भन्नुहोस् महोदय, हामी तपाईंलाई कुन ढोकाबाट प्रवेश गराऔँ ? प्रबन्धकको पत्रबाट पादरीले जीवनमा आफूले निकै ठुलो पाठ सिकेको महसुस गरे ।

06/09/2026

प्रेरक प्रसंग : शक्तिको प्रयोग

गंगा किनारमा एक सन्तले आफ्ना शिष्यलाई शिक्षा दिइरहेका थिए । एक शिष्यले उनलाई प्रश्न गरे– गुरुदेव, केही नयाँ काम गर्न खोज्दा समाजले हाम्रो विरोध गर्‍यो भने के गर्नु ठिक होला ? सन्तले भने– यस प्रश्नको उत्तर भोलि दिनेछु ।

दोस्रो दिन जब सबै शिष्य नदी किनारमा एकत्रित भए, तब सन्तले भने– आज हामी एउटा प्रयोग गर्नेछौँ । माछा समात्न प्रयोग हुने यी तीन लट्ठी हेर त । एउटै काठबाट बनेका यी सबै बिल्कुल समान छन् । उनले अघिल्लो दिन प्रश्न गर्ने शिष्यलाई अगाडि बोलाए र भने– बाबु, यी लट्ठीले माछा समात । शिष्यले लट्ठीमा काँटा लगाएर पानीमा डुबाए । एकैछिनमा एउटा ठुलो माछा काँटामा फस्यो । त्यो देखेर सन्तले भने– अब पूरा शक्ति लगाएर बाहिर निकाल । शिष्यले त्यस्तै गरे । उता माछाले पनि पूरै शक्ति लगाएर भाग्ने कोसिस गर्‍यो । परिणामतः लट्ठी भाँचियो ।

सन्तले भने– केही छैन, यो अर्को लट्ठी लिएर पुनः प्रयास गर । शिष्यले फेरि काँटा पानीमा डुबाए । यसपटक पनि माछा काँटामा फस्यो । गुरुले भने– आरामसाथ, बिस्तारै लट्ठी बाहिर तान । शिष्यले त्यस्तै गरे । तर, माछाले जोडले झड्का दिँदा लट्ठी शिष्यको हातबाट फुत्कियो । सन्तले भने– ओहो ! माछा फेरि फुत्कियो । अब यो लट्ठी लिएर एकपटक फेरि प्रयत्न गर । शिष्यले त्यसै गरे । यसपटक माछा फस्नासाथ सन्तले भने– यसपटक जति शक्ति माछाले लगाउँछ, तिमीले पनि त्यति नै शक्ति लगाएर बाहिर तान । केहीबेरमा माछा थाक्छ अनि तिमी सजिलै त्यसलाई बाहिर निकाल्न सक्नेछौ ।

31/08/2026

प्रेरक प्रसंग : मित्रताको न्यानोपन

सन्तोषलाई पैसाको निकै खाँचो थियो । उनले आफ्ना मालिकसित सहयोग मागे । मालिक पैसा दिन तयार पनि भए । तर, उनले एक सर्त राखे । सन्तोषले हिउँले ढाकिएको पहाडको माथिल्लो भागमा आगो नबालीकन र बाक्ला लुगा, कपडा नलगाईकन एक रात बिताउनुपर्ने सर्त थियो । सन्तोषले त्यस्तो गर्न सकेको खण्डमा उनले मागेको रकम फिर्ता गर्नु नपर्ने गरी पुरस्कारका रूपमा पाउने थिए । त्यो सर्त पूरा गर्न नसकेमा उनले थप ६ महिना सित्तैमा मालिकको काम गर्नुपर्ने थियो ।

अर्को दिन सर्त पूरा गर्ने सहमतिसाथ साँझ सन्तोष पसलबाट घरतिर फर्किए । चिसो निकै बढिसकेको थियो । आफूले सर्त स्विकारेर गलत गरेको उनलाई महसुस हुन थाल्यो । बाटामा उनले आफ्ना प्रिय मित्र मनोजलाई भेटे । उनले आफ्नो समस्या मनोजलाई बताए ।

सन्तोषको समस्या बुझिसकेपछि मनोजले भने— तिमी चिन्ता नगर । म तिम्रो मद्दत गर्छु । भोलिको रात जब तिमी पहाडको माथिल्लो भागमा हुनेछौ, ठिक अगाडिको पहाडमा हेर्नू, म तिम्रा लागि त्यहाँ पूरै रात आगो बालेर जागराम बस्नेछु । तिमी आगो हेर्दै हाम्रो मित्रता, बाल्यकाल र अहिलेको संघर्षमय दिनबारे सोचिरहनू, त्यसले तिमीलाई अवश्यै न्यानो दिनेछ । जब तिमीले आफ्नो सर्त पूरा गर्नेछौ, त्यसपछि म तिमीसित केही माग्नेछु ।

भोलिपल्टको रात सन्तोष पहाडको माथिल्लो भागमा पुगे । उनको ठिक अगाडि रहेको अर्को पहाडको माथिल्लो भागमा आगो बालेर मनोज बसेका थिए । आफ्ना मित्रको हिम्मत र साथले सन्तोषले जसोतसो रात कटाए । मालिकले उनलाई इनामका रूपमा सर्तअनुसारको रकम दिए ।

इनाम हात पर्नासाथ सन्तोष मनोजको घर पुगे । उनले भने– मनोज, तिमीले मैले इनाम जितेपछि केही माग्छु भनेका थियौ । अब भन, तिमीलाई म कति पैसा दिऊँ ? मनोजले भने– हो, मैले तिमीसित केही माग्छु भनेको थिएँ, तर यो पैसा माग्छु भनेको थिइनँ । म तिमीबाट एक वचन चाहन्छु । मेरो जीवनमा पनि यसैगरी चिसो हिउँमिश्रित सिरेटो चल्यो भने तिमी पनि मेरा लागि मित्रताको आगो बाल्न तयार हुनेछौ । सन्तोषले तत्काल मनोजलाई अंकमाल गरे र जीवनभर अटुट मित्रता कायम राख्ने वाचा गरे ।

25/08/2026

याे झरनाहरूकाे देश हाे




23/08/2026

प्रेरक प्रसंग : काम नलाग्ने बहुमूल्य वस्तु

भारतको एक राज्यमा उहिल्यै एक नबाब थिए । उनको राजधानीमा एकपटक कतैबाट एक फिरन्ते फकिर आइपुगे । उनी एक सार्वजनिक स्थानमा कुटी बनाएर बस्न थाले । उनको विद्वताको चर्चा बिस्तारै बढ्दै गयो । उनको आश्रममा उनीसित भेटघाट गर्न आउने सर्वसाधारणको भिडभाड बढ्दै गयो ।

फकिरको चर्चा नबाबसम्म पनि पुग्यो । नबाबलाई पनि फकिरसित भेटघाट गर्न मन लाग्यो । उनी पूरै नबाबी ठाँटबाटसहित सुन, चाँदी, हिरा, जवाहरत आदि बहुमूल्य वस्तुले भरिएको किस्ती सेवकलाई बोकाएर फकिरको आश्रममा पुगे । उनी आश्रममा पुग्दा फकिर सर्वसाधारणसित कुराकानी गर्दै थिए । फकिरले नबाबलाई खासै महत्व नदिई एकछिन प्रतीक्षा गर्न संकेत गरे । नबाबको पालो आएपछि फकिरले उनलाई बोलाए ।

फकिरसित भेट्नासाथ नबाबले बहुमूल्य वस्तुले भरिएको किस्ती भेटका रूपमा फकिरलाई दिए । फकिरले किस्तीलाई छुँदा पनि छोएनन् । किस्तीको बदलामा फकिरले नबाबलाई एउटा सुक्खा रोटी दिए र त्यसलाई खान अनुरोध गरे । रोटी निकै चाम्रो थियो । त्यसैले, नबाबले त्यसलाई चपाउन सकेनन् । फकिरले नबाबतिर हेर्दै भने– जसरी मैले दिएको रोटी तपाईंको काम लागेन, त्यसैगरी तपाईंले दिएका बहुमूल्य वस्तु मलाई काम लाग्दैनन् । वास्तवमा हामीले त्यही वस्तु स्वीकार गर्नुपर्छ, जुन हाम्रा लागि उपयोगयोग्य हुन्छ ।

फकिरका कुरा सुनेर नबाब निकै प्रभावित भए । केहीबेरको भलाकुसारीपछि नबाब आश्रमबाट फर्किए । फर्किंदा फकिर उनलाई बिदा गर्न आश्रमको मूलढोकासम्म पुगे । नबाबले सोधे– म आउँदा तपाईंले खासै वास्तासमेत गर्नुभएन । तर, अहिले फर्किंदा भने बिदा गर्न ढोकासम्मै आउनुभयो । यसको कुनै कारण छ कि ?

फकिरले भने– यहाँ आउँदा तपाईंको साथमा अहंकार थियो । तर, अब फर्किंदा भने त्यो चोला त्यागेर तपाईं सच्चा मनुष्य बन्नुभएको छ । म जहिल्यै मानवताको सम्मान गर्छु । फकिरको भनाइ सुनेर नबाब थप नतमस्तक भए ।

Address

Sunsari
Sunsari

Alerts

Be the first to know and let us send you an email when Wellness and Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Wellness and Tourism:

Shortcuts

Share