Sir Edmund Hillary Memorial Museum & Elder Care Center

Sir Edmund Hillary Memorial Museum & Elder Care Center अग्रजहरु जिउदो इतिहास हुन । तन मन र कर्मले सेवा गरौं ।

महाकुलुङ १ खिरौले निवासी लाक्पा देन्डी शेर्पाले आफ्नो जन्मदिनको अवसरमा यस वृद्ध हेरचाह केन्द्र बुङलाई १५ हजार बराबरको खा...
06/05/2026

महाकुलुङ १ खिरौले निवासी लाक्पा देन्डी शेर्पाले आफ्नो जन्मदिनको अवसरमा यस वृद्ध हेरचाह केन्द्र बुङलाई १५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछौ । उहाँले एक वर्ष अगाडी पनि यसरी यस हेरचाह केन्द्रमा सहयोग गर्नुभएको छ ।

हामी सबैको तर्फबाट जन्मदिनको शुभकामना छ Lakpa Dendi Sherpa सर ।

महाकुलुङ गाउँपालिका १ नं. वडा सदस्य कर्मा शेर्पा ज्युले यस हेरचाह केन्द्रका लागि रु. ५०००/- (पाँच हजार) नगद सहयोग गर्नुभ...
18/10/2025

महाकुलुङ गाउँपालिका १ नं. वडा सदस्य कर्मा शेर्पा ज्युले यस हेरचाह केन्द्रका लागि रु. ५०००/- (पाँच हजार) नगद सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

यस हेरचाह केन्द्रमा निरन्तर सहयोग गरिरहनुभएका The Partners Nepal - TPN टीमलाई हार्दिक स्वागत छ । TPN को अध्यक्ष Ang Rita...
13/10/2025

यस हेरचाह केन्द्रमा निरन्तर सहयोग गरिरहनुभएका The Partners Nepal - TPN टीमलाई हार्दिक स्वागत छ । TPN को अध्यक्ष Ang Rita Sherpa सर, सचिव Bheem Rai सर, कोषाध्यक्ष Bhala Kaji Kulung सर र दुई जना जर्मन नागरिकहरुले यस हेरचाह केन्द्रको अनुगमन गर्नुभयो । साथै यस हेरचाह केन्द्रमा बस्नुहुने वृद्धहरु र कर्मचारीहरुलाई संस्थाको तर्फबाट टिसर्ट उपलब्ध गराउनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

२०८२/०६/१५, जेष्ठ नागरिक दिवस,
02/10/2025

२०८२/०६/१५,
जेष्ठ नागरिक दिवस,

Hom Raj Rai यस हेरचाह केन्द्रको भवनको भित्तामा Homraj Arts बाट निशुल्क बुद्धको चित्र ❤️ । धन्यवाद व्यक्त गर्दछौ ।
15/08/2025

Hom Raj Rai
यस हेरचाह केन्द्रको भवनको भित्तामा Homraj Arts बाट निशुल्क बुद्धको चित्र ❤️ । धन्यवाद व्यक्त गर्दछौ ।

निशा कुलुङलाई जन्मदिनको शुभकामना छ । ❤️निशा कुलुङले आफ्नो १२ औं जन्मोत्सवको अवसरमा यस हेरचाह केन्द्रमा बस्नुहुने वृद्धहर...
24/06/2025

निशा कुलुङलाई जन्मदिनको शुभकामना छ । ❤️
निशा कुलुङले आफ्नो १२ औं जन्मोत्सवको अवसरमा यस हेरचाह केन्द्रमा बस्नुहुने वृद्धहरुलाई फलफुल वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दछौ ।

महाकुलुङ गाउँपालिका वडा नं. ५ को वडा सदस्य सुर्य कुमार कुलुङले यस हेरचाह केन्द्रमा चामल, दाल, खानेतेल, चिनी, मासु, प्याज...
25/05/2025

महाकुलुङ गाउँपालिका वडा नं. ५ को वडा सदस्य सुर्य कुमार कुलुङले यस हेरचाह केन्द्रमा चामल, दाल, खानेतेल, चिनी, मासु, प्याज, लसुन, स्याउ लगायत विभिन्न खाद्यान्न सहयोग (१० हजार बढीको) गर्नुभएकोमा हार्दिक धन्यवाद छ । साथै यस केन्द्रमा बस्नुहुने वृद्धहरुसंग एक छाक खाना संगै बसेर खाने, गीत गाउने, नाच्ने तथा पुराना कथाहरु सुन्ने सुनाउने अवसर पनि मिलाउनुभएको छ । जसप्रती आभार प्रकट गर्दछौ ।

महाकुलुङ १ खिरौले निवासी लाक्पा देन्डी शेर्पाले आफ्नो जन्मदिनको अवसरमा यस वृद्ध हेरचाह केन्द्र बुङलाई १२ हजार बराबरको खा...
07/05/2025

महाकुलुङ १ खिरौले निवासी लाक्पा देन्डी शेर्पाले आफ्नो जन्मदिनको अवसरमा यस वृद्ध हेरचाह केन्द्र बुङलाई १२ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछौ ।

महाकुलुङ १ खिरौले निवासी पासाङ शेर्पाको धर्मपत्नी आङ खाङ्दु शेर्पाले यस हेरचाह केन्द्रमा बस्नुहुने वृद्धहरु र कर्मचारीहर...
18/02/2025

महाकुलुङ १ खिरौले निवासी पासाङ शेर्पाको धर्मपत्नी आङ खाङ्दु शेर्पाले यस हेरचाह केन्द्रमा बस्नुहुने वृद्धहरु र कर्मचारीहरुलाई न्यानो ज्याकेट उपलब्ध गराउनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
Sir Edmund Hillary Memorial Museum & Elder Care Center

श्री रिन्छेन कर्मा (आर.के.) शेर्पा र परिवारले स्वर्गीय आमाको सम्झना स्वरुप दान सहयोग उपलब्ध गराउनु भएको छ ।सोलुखुम्बु खु...
16/02/2025

श्री रिन्छेन कर्मा (आर.के.) शेर्पा र परिवारले स्वर्गीय आमाको सम्झना स्वरुप दान सहयोग उपलब्ध गराउनु भएको छ ।

सोलुखुम्बु खुम्बु पासाङल्हामु गा.पा. वडा नं. ४ निवासी श्री रिन्छेन कर्मा (आर.के.) शेर्पा र परिवारले स्वर्गीय आमाको सम्झना स्वरुप सन् २०१६ मा स्थापित Sir Edmund Hillary Memorial Museum & Elder Care Center लाई रु. ५०,०००/- (पचास हजार रुपैयाँ) दान सहयोग उपलब्ध गराउनु भएकोप्रति यस हेरचाह केन्द्र हार्दिक कृतज्ञता व्यक्त गर्दछ । सर एडमण्ड हिलारीद्वारा सन् १९८९ निर्माण गरिएको बुङ क्लिनिक सन् २०१५ को विनासकारी भुकम्पले क्षत विक्षत बनाएको र सन् २०१६ मा सर एडमण्ड हिलारी फाउण्डेशन जर्मनी, नेपाल हिल्फे टिरोलको प्रो. वोल्फग्याङ नैरज्‌द्वारा पुनस्थापन गरिएको हो । यसलाई शुरु देखि नै डा. लेस ओमोटानी लगायत विभिन्न व्यक्तिहरुबाट पनि सहयोग भईरहेको छ ।

२०८१ पौष ७ गतेका दिन दिवंगत हुनु भएका ८७ वर्षीय डोमा छम्जी शेर्पाको सम्झनामा छोरा आर.के. शेर्पा र वहाँको परिवारले बृद्धबृद्धालाई उदाहरणीय दान सहयोग गर्नु भएको छ । यो दान रकम ज्येष्ठ नागरिक बृद्धबृद्धाको सेवाको लागि चक्रियकोषको रुपमा प्रयोग हुनेछ ।

आर.के. शेर्पा र परिवारले महाकुलुङका बृद्धबृद्धाहरुको हेरचाह केन्द्र र विशेष गरी पारिवारिक समर्थन नभएका बृद्धबृद्धाहरुलाई यो दानबाट आफ्नी आमाको सम्मान हुने विश्वास गरेका छन । The Partners Nepal - TPN यस प्रकारको सहयोगको धेरै कदर गर्नुको साथ अरुलाई पनि यस प्रकारको पुण्यको काममा संलग्न हुन आग्रह गर्दै आइरहेको छ । जसको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौ । हामी आर.के. शेर्पा र उनको परिवारलाई उहाँहरुको परोपकार र उदार भावनाको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

धन्यवाद ।
The Partners Nepal - TPN
Rita Sherpa

Address

Solukhumbu
56000

Telephone

+9779863006000

Website

Alerts

Be the first to know and let us send you an email when Sir Edmund Hillary Memorial Museum & Elder Care Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sir Edmund Hillary Memorial Museum & Elder Care Center:

Share