Rato surya

Rato surya तीनपाटनकाे समग्र विकासकोलागी छत्र हादाललाई बिजयी बनाउँ ।

वालेन शाहले जनकपुरमा गरेको भाषण मिठो थियो, तर राजनीति भाषणले होइन नीति, निरन्तरता र व्यवहारले मापन हुन्छ । बालेन शाहको ज...
21/01/2026

वालेन शाहले जनकपुरमा गरेको भाषण मिठो थियो, तर राजनीति भाषणले होइन नीति, निरन्तरता र व्यवहारले मापन हुन्छ । बालेन शाहको जनकपुर अभिव्यक्तिलाई उनको मेयरकाल र राजनीतिक लाइनसँग जोडेर हेर्दा गम्भीर विरोधाभासहरू देखिन्छन् ।

१. संघीयता र प्रदेश सशक्तिकरण: शब्द र संगठनबीचको विरोधाभास
बालेन शाहले जनकपुरमा प्रदेश सशक्त बनाउने कुरा गरे ।
तर जसको राजनीतिक घेराभित्र उनी देखिन्छन्, त्यही धार (रास्वपा र त्यससँग जोडिएका विचार) ले प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्ने लाइन लिएको छ ।
प्रश्न स्पष्ट छः

प्रदेशको अस्तित्वमाथि नै प्रश्न उठाउने राजनीतिक धारमा उभिएर मधेशलाई सशक्त बनाउने कुरा कसरी विश्वसनीय हुन्छ?
यो मधेशका लागि अधिकार विस्तार होइन, अधिकारको पुनः केन्द्रीयकरण तर्फको संकेत होइन र ?

२. काठमाडौं निर्भरता घटाउनेः नीति कि नारामात्र ?
बालेनले काठमाडौं–केन्द्रित सोच अन्त्य गर्ने कुरा गरे ।
तर मेयर हुँदा काठमाडौंमा के भयो ?
– फुटपाथमा जीविकोपार्जन गर्ने साना व्यापारी
– मकै, चटपटे, फलफूल बेच्ने गरिब परिवार, जसमा ठूलो हिस्सा मधेसी समुदायको थियो,
उनीहरूलाई नागरिक विकल्प नदिई बल प्रयोग गरेर हटाइयो ।
न त वैकल्पिक बजार बनाइयो, न त पुनस्र्थापना योजना ।
नतिजा के भयो?
कसैलाई गाउँ फर्कन बाध्य बनाइयो, कसैलाई विदेशिन ।
अब प्रश्न उठ्छः
जनकपुरमा आएर “आत्मनिर्भर अर्थतन्त्र” को कुरा गर्नु
त्यही समुदायलाई काठमाडौंमा विस्थापित गरेर गरिएको भाषण हो कि होइन ?

३. धार्मिक भावनाको प्रयोग ः आस्था कि अवसर ?
जनकपुर पुगेर जानकी मन्दिर दर्शन गरियो, यो राम्रो कुरा हो ।
तर प्रश्न दर्शन होइन, निरन्तरता र निष्ठाको हो ।
३ वर्ष काठमाडौंको मेयर हुँदा
– पशुपतिनाथ मन्दिरमा औपचारिक दर्शन ? शून्य
– पशुपति क्षेत्रको सांस्कृतिक नेतृत्व ? मौन
अब जनकपुर आएर
“काठमाडौं घुम्न जाने, पशुपति दर्शन गर्ने” भन्ने लाइन प्रयोग गरिन्छ ।
अव स्वाभाविक प्रश्न उठ्छः
यदि आस्था यति नै महत्त्वपूर्ण थियो भने
आफ्नै कार्यकालमा किन देखिएन ?
कि मधेशमा आएपछि मात्रै धर्म र भावना सम्झिने हो ?

४. मेयरकालका बाचा: केही सीधा प्रश्नहरू????

क. २ दिनमा काठमाडौंको फोहोर व्यवस्थापन हुन्छ, फोहोरबाट मोहोर बन्छ, बजेटको कमी छैन, २ अर्वमा सवै काम हुन्छ भन्ने कुरा कहाँ पुग्यो ?
यदि यो गम्भीर योजना थियो भने आज पनि फोहोर किन उस्तै छ ?
कि यो चुनाव जित्नका लागि गरिएको भावनात्मक घोषणा मात्रै थियो ?

ख. ठेला हटाउँदा समस्या समाधान भयो कि गरिबलाई लुकाइयो मात्र ?
वैकल्पिक बजार, पुनस्र्थापना र रोजगारी योजना बिना ठेला हटाउनु
नीति हो कि दृश्यात्मक पिआर ?

ग. पार्क, स्मार्ट पार्किङ योजना धेरै, नतिजा किन कम ?
घोषणा गर्नुभन्दा कार्यान्वयन गाह्रो हुन्छ भन्ने थाहा हुँदाहुँदै
किन अधुरा योजनालाई “क्रान्ति” भनेर बेचियो ?

घ. असफलताको जिम्मेवारी सधैं अरूले नै लिनुपर्ने हो ?
बजेट आएन, संघले दिएन, अधिकार छैन
त्यसो भए नेतृत्वको काम के हो ? बहाना कि समाधान ?

ङ सीमित अधिकारमै वाचा पूरा गर्न नसक्नेले
राष्ट्रव्यापी ठूला वाचा कसरी पूरा गर्छ ?
यो प्रश्न सोध्नु गलत हो कि अनिवार्य ?

च. काम अधुरो भए पनि
“सिस्टम हल्लाएँ” भन्ने भाष्य किन यति जोडले बेचियो ?
नतिजा भन्दा छवि ठूलो बनाउनु
नेतृत्व हो कि भावनासँग खेल्ने राजनीति ?

छ. स्थानीय तहमा भावनात्मक नारा प्रयोग गरेर भोट तानियो,
अब राष्ट्रिय तहमा पनि यही रणनीति दोहोर्याइँदैछ ?
यदि हो भने, यो परिवर्तन हो कि केवल अल्गोरिदम पिआर ?

अन्तिम र सबैभन्दा खतरनाक प्रश्नः

हामी वास्तवमै नेता छान्दैछौँ
कि डिजिटल एल्गोरिदमले बनाइदिएको हिरो लाई स्वीकार गर्दैछौँ ?
बालेन शाहसँग भोटभन्दा धेरै followers छन्,
नीतिभन्दा बलियो reach छ,
र कामभन्दा छिटो viral हुने image छ।

तर के
TikTok, Facebook र Twitter मा चल्ने एल्गोरिदम
देश चलाउने संविधानभन्दा ठूलो हुन सक्छ ?
आज राजनीति नीति र योजना होइन,
डिजिटल युद्ध (algorithmic war) मा रूपान्तरण भइसकेको छ

जहाँ प्रश्न सोध्नेलाई “दलाल”,
आलोचना गर्नेलाई “पुरानो सोच”,
पाको उमेरलाई “ बूढाखाडा, ग्वाँज”
र भीडसँग नहिँड्नेलाई “राष्ट्रद्रोही” बनाइन्छ ।

यो परिवर्तन होइन,
यो mass psychology manipulation हो।

भावनाले जितेको भोट
कहिल्यै संरचनाले जित्दैन,
र एल्गोरिदमले बनाएको नेता
कहिल्यै संस्थागत सुधारको प्रतीक हुँदैन ।

आज हामीले निर्णय नगरे
भोलि नेता होइन,
हामीलाई कुन भिडले के सोच्न दिने हो
त्यो एल्गोरिदमले निर्णय गर्नेछ ।

अब प्रश्न बालेनको होइन
हामी नागरिक रहन्छौँ
कि डिजिटल भीडमा रूपान्तरण हुन्छौँ????

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । Stay Safe, Plan for t...
13/04/2024

नयाँ वर्ष २०८२ को पावन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Stay Safe, Plan for the Future, and Get free life insurance quotes:
https://Securelifenepal.com

🌹🌹𝕮𝖍𝖊𝖊𝖗𝖘 𝖙𝖔 𝟐𝟒 𝖄𝖊𝖆𝖗𝖘 𝕿𝖔𝖌𝖊𝖙𝖍𝖊𝖗!. 𝗛𝗮𝘃𝗲 𝗚𝗼 𝘁𝗼 𝗶𝗻𝗳𝗶𝗻𝗶𝘁𝗲❤️❤️.
06/03/2024

🌹🌹𝕮𝖍𝖊𝖊𝖗𝖘 𝖙𝖔 𝟐𝟒 𝖄𝖊𝖆𝖗𝖘 𝕿𝖔𝖌𝖊𝖙𝖍𝖊𝖗!. 𝗛𝗮𝘃𝗲 𝗚𝗼 𝘁𝗼 𝗶𝗻𝗳𝗶𝗻𝗶𝘁𝗲❤️❤️.

🐺🤖 भेडा राजनीति, एक AI द्वारा सृजित गरिएको, जुन अद्यावधिक अल्गोरिदमहरूको सहारामा अत्यन्त विनम्रतासहित उपस्थित छ।     🐺🤖
04/03/2024

🐺🤖 भेडा राजनीति, एक AI द्वारा सृजित गरिएको, जुन अद्यावधिक अल्गोरिदमहरूको सहारामा अत्यन्त विनम्रतासहित उपस्थित छ।

🐺🤖

सुन ! सुन !!
17/08/2023

सुन ! सुन !!

काठमाडौं । विमानस्थल बाहिरबाट बरामद भएको ६० किलो सुनको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब...

Address

Tinpatan
Sindhuli

Telephone

+9779851181737

Website

Alerts

Be the first to know and let us send you an email when Rato surya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share