21/09/2026
नेप्सेमा भएको र्यान्शमवेयर आक्रमणले के प्रष्ट पारेको छ भने प्रविधि जति सहज छ, यसको सुरक्षा त्यति नै संवेदनशील हुन्छ।
लाखौँ लगानीकर्ताको भविष्य जोडिएको ठाउँमा त यस्तो कमजोरी हुन्छ भने, हामीले आफ्ना व्यक्तिगत डिजिटल डिभाइस र अकाउन्टहरूको सुरक्षामा कति ध्यान दिएका छौँ?
एउटा IT सम्बद्ध व्यक्तिको नाताले मेरो सुझाव:
१. आफ्ना ब्रोकर अकाउन्ट र इमेलमा Strong Passwords र 2FA (Two-Factor Authentication) अनिवार्य राख्नुहोस्।
२. कुनै पनि शंकास्पद लिङ्क वा अनधिकृत एपहरू मोबाइल/कम्प्युटरमा इन्स्टल नगर्नुहोस्।
सरकारले अब राष्ट्रिय साइबर सुरक्षा केन्द्रलाई केवल कागजमा मात्र सीमित नराखी एक्सनमा उतार्नुपर्छ।