Salyandrishtikon HD

Salyandrishtikon HD पुर्खाको सम्मान !
बर्तमानको सुधार !!
सम?

सल्यान आफैंमा एउटा अनेक बिबिधता बोकेको जिल्ला हो । २८२७ मि. उचाइमा रहेको खर्सुबाँस लेक देखि ३३६ मि. उचाइमा रहेको काप्रेचौरसम्म लमतन्न सुतेको हाम्रो सल्यान तालतलैया , मनोरम पहाडहरु , धार्मिक किम्बदन्ती बोकेका एतिहासिक मठमन्दिरहरु , मनोरम सल्लेरी पाखाहरु , एतिहासिक गुफाहरु , र शारदा नदीको सुन्दर पहीरनले सजिएको छ । यहाँको सास्कृतिक , एतिहासिक , प्राकृतिक , र सामजिक पक्षहरु साच्चिकै हेर्न लायकका छन ।

बुझ्न लायकका छन ।

हामी बिकासको हिसाबले अरु जिल्ला भन्दा कमजोर भए पनि यी र यस्तै बिबिध पक्षमा हामी अरु जिल्ला भन्दा कम छदै छैनौ । यसर्थमा हामी बिबिधता धनी छौ । एउटा मान्छेसंग लुकेको प्रतिभा तब मात्र बाहिर आउँछ जब उसले त्यो लुकेको प्रतिभा कही कतै प्रस्तुत गर्छ । हो हाम्रो सल्यानसंग पनि अथाह प्रतिभा लुकेको छ - अथाह !! सल्यान त एउटा नाम न हो , एउटा भुमी न हो एउटा परीधीभित्रको - यो त चल्न सक्दैन भने सल्यानले कसरी आफ्नो प्रतिभा देखाउन सक्ला त ?? अह! सल्यानले आफ्नो प्रतिभा आफै देखाउन सक्दैन । तर सल्यान बासिले त पक्कै पनि सक्छन नि - आफ्नो जन्मथलोको निम्ति !! हो अब २/४ बर्ष सल्यानको प्रतिभालाई बाहिर ल्याउन सबै सल्यानीहरु निस्वार्थ भावका साथ एक भएर जुट्नु पर्छ । मलाई यति बिश्वास छ कि हामीले साच्चिकै एक भएर जिल्लाको लागी केही न केही गर्ने हो भने घलेगाउमा जस्तै होम्स्टेको संभावना सल्यानमै छ । मनाङ -मुस्ताङमा जस्तै ट्रेकिङ्ग जंक्सनको संभावना सल्यानमै छ । लेक साइडको रुपमा कुपिण्डेको अथाह भविस्य छ । छत्रेस्वरी , खैराबाङ , लक्ष्मिपुर जस्ता पबित्र धामका एतिहासिक पाटो सबै माझ बाहिर आउदा यी पबित्र धामको गरिमा झन बढ्ने छ । हर नेपालीले मुखमा "सल्यान राम्रो सल्लेरी पाखैले" स्लोगन "मुनाङ र मुस्ताङ जाऔ मार्फाली स्याउ खाउ" जस्तै गरी सजिलै सबैको मनमा बस्न सक्ने छ । सल्यानी अदुवा , सुन्तला , यहाँ पाइने बहुमुल्य जडीबुटीहरुको महत्व सिंगो देशभर प्रष्ट हुनेछ । सल्यानी खुकुरीको सान एकाएक चुलिने छ । बस सब सल्यानी एक हुनु पर्यो ! राजनितिक स्वार्थ भन्दा माथी उठेर जिल्ला प्रतीको केही गर्ने भावनाको बिकास गर्नु पर्यो भावना जगाउनु पर्यो ।

"Together We Stand , Divided We Fall" - जुटे हामी उठ्छौ, फुटे हामी खस्छौ । हामीलाई खस्नु छैन । हामीलाई अझ धेरै माथी उठ्नु छ । हामीलाई समृद्द सल्यान चाहिएको छ , नकी गुमनाम `सल्यान´ !! यदी हामी अहिले पनि जागेनौ भने हाम्रा सन्ततीहरुले पनि सानसंग म सल्यानी हु भनेर भन्न सक्ने छैनन हामीले जस्तै गरि !!
आउनुहोस समस्त महानुभावहरु , हामिले सल्यानलाई बनाएर देखाइदिम !! सबै मिलि जिल्ला बिकास गर्दै छन रे है भनेर देशै भरी सन्देश दिदिऔ ।
जय सल्यान !

Address

Salyan
Salyan
22200

Telephone

+9779857851111

Website

Alerts

Be the first to know and let us send you an email when Salyandrishtikon HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Salyandrishtikon HD:

Share