HISSAN,Rupandehi

Website

HISSAN,Rupandehi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HISSAN,Rupandehi, Nonprofit Organization, Rupandehi, Rupandehi.

A major federation of private higher secondary schools in Nepal, organizing quality education, conducting pre-board exams, and advocating for private educational institutions in the Rupandehi district, a key educational hub near Butwal.

10/09/2026
28/08/2026

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISSAN)
रूपन्देही जिल्ला कार्यसमिति

मिति : २०८३/०५/११ गते

प्रेस विज्ञप्ति

मिति २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको अकस्मात् विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देही जिल्ला कार्यसमिति गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद् प्राकृतिक विपद्मा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकशान्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ। बेपत्ता हुनुभएका नागरिकको तत्काल खोज तथा उद्धार, घाइतेहरूको शीघ्र र प्रभावकारी उपचार तथा प्रभावित परिवारको राहत, सुरक्षित बसोबास र पुनःस्थापनाका लागि सरकार तथा सम्बन्धित सबै निकायसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

यस विपद्मा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित भएको र कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेकोप्रति हिसान विशेष चिन्ता व्यक्त गर्दछ। विद्यालय तथा उच्च शिक्षालय केवल भौतिक संरचना मात्र होइन, बालबालिका तथा युवाहरूको भविष्य निर्माण गर्ने सुरक्षित र संवेदनशील थलो पनि भएकाले प्रभावित विद्यालयको शैक्षिक गतिविधि पुनः सुचारु गर्न विशेष प्राथमिकताका साथ आवश्यक समन्वय गरिनुपर्नेमा हिसान रुपन्देही जोड दिन्छ र यस कार्यमा सहयोग गर्न तत्पर रहेको अनुरोध गर्दछौँ।

त्यसैगरी, देशका विभिन्न स्थानबाट भ्रमणमा पुगेका नेपाली तथा विदेशी पर्यटकसमेत यस विपद्मा प्रभावित भएको घटनाप्रति हामी अत्यन्त दुःखी छौँ। नेपाल भ्रमणका क्रममा ज्यान गुमाउनु भएका तथा बेपत्ता हुनु भएका स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धान्जली तथा सम्बन्धित परिवार र समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ।

हिसान रुपन्देही यस विपद्को समयमा मानवीय संवेदना, उद्धार, राहत र पुनःस्थापनालाई पहिलो प्राथमिकता दिन सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघ संस्था, हाम्रो सदस्य विद्यालयहरु, समुदाय तथा सम्पूर्ण नागरिक समाजलाई एकताबद्ध भएर परिचालित हुन हार्दिक आह्वान गर्दछ। प्रभावित विद्यालय तथा विद्यालय परिवारलाई आवश्यक सहयोगका लागि सम्बन्धित सदस्य बिद्यालयहरु तथा केन्द्रिय हिसानसँग समन्वय गरी सक्दो पहल गरिनेछ।

विपद्को यस कठिन घडीमा प्रभावित सम्पूर्ण परिवार, विद्यार्थी, शिक्षक, विद्यालय समुदाय, स्थानीय वासिन्दा तथा स्वदेशी तथा विदेशी नागरिकप्रति हिसान ऐक्यबद्धता प्रकट गर्दछ।

सतर्क रहौँ, सुरक्षित रहौँ र विपद्मा परेकालाई सहयोग गर्न हातेमालो गरौँ।

कृष्ण न्यौपाने
अध्यक्ष
हिसान रूपन्देही परिवार

HISSAN (Higher Institutions and Secondary Schools’ Association Nepal) 14th General Assembly.
07/02/2026

HISSAN (Higher Institutions and Secondary Schools’ Association Nepal) 14th General Assembly.

HISSAN (Higher Institutions and Secondary Schools’ Association Nepal) 14th General Assembly
07/02/2026

HISSAN (Higher Institutions and Secondary Schools’ Association Nepal) 14th General Assembly

Address

Rupandehi
Rupandehi

Alerts

Be the first to know and let us send you an email when HISSAN,Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share