Kanchan Sathee sanjal -कन्चन साथी संजाल

  • Home
  • Nepal
  • Rupandehi
  • Kanchan Sathee sanjal -कन्चन साथी संजाल

Kanchan Sathee sanjal -कन्चन साथी संजाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanchan Sathee sanjal -कन्चन साथी संजाल, Non-Governmental Organization (NGO), Kanchan rural municipality-04, Rupandehi.

26/05/2026
24/05/2026
Growing kids,Growing Hope for Future Shaping _Small_pawsकञ्चन साथी सञ्जालको आयोजना सुनगावा सामुदायिक विकास केन्द्रको समन...
23/05/2026

Growing kids,Growing Hope for Future

Shaping _Small_paws

कञ्चन साथी सञ्जालको आयोजना सुनगावा सामुदायिक विकास केन्द्रको समन्वय तथा कञ्चन गाउँपालिका वडा नं २ कार्यालयको आर्थिक सहयोगमा "मानसिक स्वास्थ्यको ख्याल गरौँ, सुखी समाज निर्माण गरौं " भन्ने मूल उद्देश्यका साथ माध्यमिक तहका विद्यार्थीहरूलाई मानसिक सुस्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम साथै सचेतनामूलक सडक नाटक प्रस्तुत गरी कार्यक्रम समापन गरियो |

Thank-you all

[ KANCHAN SATHEE SANJAL ]

18/05/2026

सजिलै हड्डी भाँ चिने अवस्थाबाट गुज्रिएका पोखरा लेकसाइडका अनिमेष लामिछानेको शरीरमा भएका हड्डी ६० पल्टभन्दा बढी भाँचिए । नाक भाँचियो, करङ भाँचियो, काँध भाँचियो, हात भाँचियो, खुट्टा भाँचियो । शरीरका हड्डीहरू जति पटक टुट्दै गए, उनको आत्मबल र पढाइप्रतिको दृढ इच्छाशक्ति भने त्यति नै बलियो गरी जोडिँदै गयो । उनै अनिमेष यस वर्षको एसईईमा ३.३७ जीपीए ल्याएर उत्तीर्ण भए ।

३ जेठ ०६६ मा जन्मिएका अनिमेष ११ महिनाको हुँदा उनको शरीर अरुको जस्तो नभएको परिवारलाई थाहा भयो । पहिलोपल्ट साप्राको हड्डी भाँचियो । त्यसपछि लगभग हरेक महिना नै शरीरको कुनै न कुनै हड्डी टुट्न थाल्यो । डाक्टरले यो रोग ‘ओस्टियोजेनेसिस इम्परफेक्टा’ भएको बताए । यस्तो रोगबाट ग्रसित व्यक्तिको हड्डीको बनावट यति कमजोर हुन्छ कि सामान्य हिँडडुल वा हल्का ठोक्किँदा पनि हड्डी चर्किन्छ, टुट्छ ।

एक्स–रे, प्लास्टर, शल्यक्रिया र फेरि अर्को हड्डी भाँचिने दिनको पर्खाइ उनको घरमा एउटा नियमित दिनचर्या जस्तो बन्यो । प्लास्टर खोलेको एक–दुई महिनामै अर्को हड्डी भाँचिने क्रम वर्षौंसम्म चल्यो । १६ पल्ट हड्डी भाँचिइसकेपछि ०६९ मा परिवारले अनिमेषलाई उपचारका लागि क्यानडा लैजाने निर्णय गर्‍यो । त्यहाँको श्राइनर्स हस्पिटल फर चिल्ड्रेनमा उनको दुवै खुट्टामा ‘टेलिस्कोपिक रड’ राखियो । यो रड हड्डीसँगै विस्तारै लम्बिँदै जाने आधुनिक प्रविधिको थियो ।

नेपाल फर्किएपछि पोखराको नेसनल इन्भेन्टिभ बोर्डिङ स्कुलमा भर्ना भएका अनिमेषका लागि विद्यालय जानु कुनै युद्ध जित्नुभन्दा कम थिएन । ‘हामीले उनलाई कहिल्यै कमजोर महसुस हुन दिएनौं,’ अनिमेषका बुबा खिम लामिछाने सम्झिन्छन्, ‘कहिले स्ट्रोलर त कहिले ह्विलचेयरमा राखेर उनलाई विद्यालय पुर्‍याउँथ्यौं । घरमा उपचार चल्दा पनि उनले कापी–कलम छाडेनन् ।’ विद्यालयले पनि उनको सहजताका लागि कक्षाकोठा तल्लो तलामा सारिदिने, ढोकाहरू फराकिला बनाइदिने काम गरिदियो ।

अनिमेषको शैक्षिक यात्रामा उनका सहपाठीहरूको भूमिका अतुलनीय छ । उनलाई शौचालय लैजाने, झोला बोकिदिनेदेखि आवश्यक पर्दा बोतलमा पिसाब गराउनेसम्मको सहयोग साथीहरूले नि:स्वार्थ भावले गरे । ‘मेरा साथीहरू साँच्चिकै एन्जेल हुन्,’ अनिमेष भावुक हुँदै भन्छन् ।

बुबा खिमका अनुसार अनिमेषको शारीरिक अवस्था कतिसम्म नाजुक थियो भने ०८१ मा एकैपटक दुवै खुट्टा भाँचिए । एउटा तिघ्राको हड्डी, अर्को कम्मरको हड्डी । त्यसमाथि पहिलेदेखि नै मेरुदण्ड बांगिएको र कम्मरको संरचनागत समस्या भएकाले उपचार अत्यन्त जटिल भयो । चार महिनापछि बिस्तारै वाकरको सहायताले दुई–चार पाइला हिँड्न थाल्दा परिवारले राहतको सास फेर्‍यो । तर त्यो खुशी धेरै दिन टिकेन । कुर्सीमा बसिरहेकै बेला दायाँ हात भाँचियो । एक सातापछि परिवारले हिँडाउने प्रयास गर्‍यो । दुई सातापछि बाँया हात पनि भाँचियो । अब उनी पूर्णत: अरूकै सहारामा भए ।

यतिबेला हड्डी भाँचिएको संख्या साठी नाघिसकेको थियो । ‘एउटा अभिभावकका लागि सन्तानको हड्डी ६० पटकभन्दा बढी भाँचिएको हेर्नु मुटुमाथि ढुंगा राख्नु जस्तै थियो तर उसको पढ्ने हुटहुटीले हामीलाई पनि दह्रो बनायो,’ खिमले भने, ‘त्यो समय सम्झिँदा अझै छाती भारी हुन्छ तर अनिमेषले एकपल्ट पनि भगवानलाई गाली गरेन, एक पटक पनि ‘मलाई किन यस्तो भयो’ भनेर रोएन । त्यो देखेर हाम्रो हिम्मत बढ्थ्यो ।’

दुवै हातको प्लास्टर हटाएपछि फेरि हिँडाउने प्रयास भयो तर कम्मरको जोर्नीतिर असह्य दुखाइ सुरु भयो । महिनौंसम्म फिजियोथेरापी गर्दा पनि सुधार नभएपछि पुन: विदेशमा उपचारको लागि लैजाने परिवारले निर्णय गर्‍यो । स्विडेनमा उपचारको प्रयास सम्भव भएन । अन्तत: सन् २०२५ को जुन ६ मा अनिमेष आमा दुर्गा लामिछानेसँग क्यानडाको मोन्ट्रियलस्थित पहिलेकै अस्पतालमा पुगे । त्यहाँका चिकित्सकले शल्यक्रियाले नहुने निष्कर्ष निकाले र फिजियोथेरापीलाई नै मुख्य उपचारको रूपमा अघि बढाए । तीन महिनाको उपचारपछि उनीहरू नेपाल फर्किए ।

यति सबै भोगिसकेपछि अनिमेषको मनमा निराशाले घर गर्न थाल्यो । स्वतन्त्र रूपमा हिँड्न सक्ने आशा तत्काल पूरा नभएपछि उनी भित्रभित्रै टुट्न थाले । विद्यालय जान्थे तर पढाइमा मन रमाउँदैनथ्यो । यही बेला शिक्षकहरूले उनलाई ‘स्क््रयाबल’ खेलतर्फ प्रेरित गरे । शब्दहरूसँग खेल्न थालेपछि उनको मनमा नयाँ ऊर्जा जाग्न थाल्यो । केही समयमै पोखरा सार्वजनिक पुस्तकालयमा आयोजित अन्तरविद्यालय प्रतियोगितामा उनले तेस्रो स्थान हासिल गरे । त्यो एउटा पुरस्कारले उनको आत्मविश्वास फर्कायो ।

त्यसपछि लेखनाथ, जिल्ला र राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिन थाले । गत वर्ष मंसिरमा हेटौंडामा आयोजित राष्ट्रिय प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीहरूमध्ये परेर नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जान छनोटमा परे । यही उर्जाले उनलाई एसईईको तयारीमा जुटायो ।

लामो उपचार, पटकपटकको अस्पताल बसाइँ र क्यानडाको यात्राले पढाइमा ठूलो खाडल परेको थियो । एसईई दिने कि नदिने भन्ने दोधारमा थिए उनी । शिक्षकहरूको प्रोत्साहनले उनले परीक्षा दिने निर्णय गरे । परीक्षाभन्दा एक महिना अघिदेखि घरमै शिक्षक बोलाएर विशेष तयारी गरे । उनले एसईईमा ३.३७ जीपीए अर्थात ‘ए’ ग्रेड ल्याए । ‘उसले यो नम्बर ल्याउँछ भन्ने मलाई विश्वास थियो,’ पोखराको मणिपाल शिक्षण अस्पतालका जागिरे बुबा खिम भन्छन्, ‘किनकि उसले कहिल्यै परिस्थितिलाई आफूभन्दा ठूलो ठानेन ।’

एसईईको सफलतासँगै अनिमेषको अर्को अभियान सुरु भइसकेको छ । विश्व अंग्रेजी भाषा स्क्रयाबल खेलाडी संघ (वेस्पा) युथ कपअन्तर्गत थाइल्यान्डको बैंककमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी नेपालका एकमात्र प्रतिनिधिका रूपमा सहभागी हुँदैछन् । ह्विलचेयरमा बसेर अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न जाने अनिमेष आफूजस्तै शारीरिक चुनौती भएका हजारौंका लागि प्रेरणाको स्रोत बन्न चाहन्छन् ।

दीपक परियार/ कान्तिपुर

16/05/2026

Address

Kanchan Rural Municipality-04
Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when Kanchan Sathee sanjal -कन्चन साथी संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share