01/08/2026
रेकर्डहरूभन्दा पनि तपाईंको सबैभन्दा ठूलो योगदान भनेको विश्वले नेपाली पर्वतारोहीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु थियो। तपाईंले प्रमाणित गर्नुभयो कि नेपालीहरू केवल हिमाल आरोहण अभियानका सहयोगी मात्र होइनन्, उनीहरू नेतृत्वकर्ता, अग्रणी र नवप्रवर्तक पनि हुन्, जसले पर्वतारोहणको भविष्यलाई नै नयाँ दिशा दिन सक्छन्। तपाईंको योगदान र विरासतले आउने पुस्ताहरूलाई सधैं प्रेरणा दिइरहनेछ।
पुर बहादुर "युक्ता" गुरुङ, किली पेम्बा "किलु" शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, सोहेल साकी, म्यालोरी गीस, नादिरा अल हार्थी र वाङ जोङलाई पनि श्रद्धापूर्वक सम्झिरहने छौ। प्रत्येक नामको पछाडि एउटा जीवन, साहस, त्याग, सपना, र घरमा उनीहरूको प्रतिक्षामा रहेका आफ्ना प्रियजनहरूको कथा लुकेको छ।
सबै परिवारजन, साथीभाइ तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ।शान्तिपूर्वक विश्राम गर्नुहोस्। तपाईंहरू सबैलाई सधैं सम्झिरहनेछौँ।