JCI Khandadevi

Website Contact the organization

JCI Khandadevi JCI Khandadevi formerly known as Khandadevi Jaycees. It is a network of Young & active citizens betw

जन्मदिनको शुभकामना कार्यकारीणी उपाध्यक्ष ज्यू
26/09/2026

जन्मदिनको शुभकामना कार्यकारीणी उपाध्यक्ष ज्यू

जेसीआई खाँडादेवी कार्यक्रम सहभागिता तथा उपलब्धि प्रतिवेदन१. कार्यक्रमको परिचयनेपाल जेसीज क्षेत्र ‘ग’ अन्तर्गत आयोजना गरि...
20/09/2026

जेसीआई खाँडादेवी कार्यक्रम सहभागिता तथा उपलब्धि प्रतिवेदन
१. कार्यक्रमको परिचय
नेपाल जेसीज क्षेत्र ‘ग’ अन्तर्गत आयोजना गरिएको विशेष सम्मेलन काभ्रे लेडी जेसीजको आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षज्यूहरू पूर्व राष्ट्रिय पदाधिकारी ज्यूहरू र वर्ष २०२६ का राष्ट्रिय पदाधिकारी ज्यूहरूको उपस्थितसँगै विभिन्न शाखाका अध्यक्ष, जुनियर अध्यक्ष, पदाधिकारी तथा जेसीज सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
२. प्रमुख अतिथि तथा अतिथिहरू
कार्यक्रममा मुख्य अतिथिका रूपमा माननीय पूर्व स्वास्थ्य तथा सामाजिक विकास मन्त्री एवं जेसीआई काभ्रेका पूर्व अध्यक्ष जेसी कञ्चन चन्द्र बादे रहनुभएको थियो।
कार्यक्रमका सभापति क्षेत्र ‘सी’ (Area C) का लागि तोकिनुभएका राष्ट्रिय कार्यकारी उपाध्यक्ष सिनेटर बिकेश लाल श्रेष्ठ तथा प्रथम महिला रहनुभएको थियो।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिहरूमा:
• नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्की तथा प्रथम महिला
• बनेपा नगरपालिकाका प्रमुख (मेयर) सिनेटर शान्ति रत्न शाक्य
• नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) का वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य
• नेपाल जेसीज क्षेत्र ‘ग’ अन्तर्गतका सम्पूर्ण शाखाका अध्यक्षज्यूहरू, जुनियर अध्यक्षज्यूहरू तथा पदाधिकारीज्यूहरू
लगायतको गरिमामय उपस्थिति रहेको थियो।
३. जेसीआई खाँडादेवीको सहभागिता
काभ्रे लेडी जेसीजको आतिथ्यतामा सम्पन्न उक्त सम्मेलनमा जेसीआई खाँडादेवीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जेसीआई खाँडादेवीको तर्फबाट:
• संस्थापक अध्यक्ष जेसी हुमराज श्रेष्ठ
• पूर्व अध्यक्ष जेसी सम्झना श्रेष्ठ
• पूर्व अध्यक्ष जेसी बिनोद कुमार श्रेष्ठ
• पूर्व अध्यक्ष जेसी ओमराज श्रेष्ठ
• निवर्तमान अध्यक्ष जेसी सरिता श्रेष्ठ
• वर्ष २०२६ को अध्यक्ष जेसी सुदीप श्रेष्ठ
• वर्ष २०२६ का महासचिव जेसी तेजकुमार श्रेष्ठ
• वर्ष २०२६ का कोषाध्यक्ष जेसी असिम श्रेष्ठ
• वर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष जेसी सन्दीप श्रेष्ठ
• वर्ष २०२६ का बोर्डका पदाधिकारी तथा सदस्यहरू
लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
४. वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान
कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको वक्तृत्वकला प्रतियोगितामा जेसीआई खाँडादेवीको तर्फबाट जेसी जेनिसा श्रेष्ठज्यूले प्रत्यक्ष सहभागिता जनाउनुभएको थियो।
प्रतियोगितामा जेसी जेनिसा श्रेष्ठज्यूले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। यस उपलब्धिले जेसीआई खाँडादेवीको प्रतिष्ठा र पहिचानलाई थप उचाइमा पुर्‍याएको छ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएकोमा जेसी जेनिसा श्रेष्ठज्यूलाई जेसीआई खाँडादेवी परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनका लागि सफलताको शुभकामना व्यक्त गर्दछौँ।
५. Area Exemplary Leadership & Charisma Award
जेसीआई खाँडादेवीले जेसीजका कार्यक्रम तथा गतिविधिहरूमा सक्रिय सहभागिता, नेतृत्वदायी भूमिका तथा उल्लेखनीय योगदानका लागि नेपाल जेसीजबाट “Area exemplary Leadership & Charisma Award” समेत प्राप्त गर्न सफल भएको छ।
यो सम्मान जेसीआई खाँडादेवीका लागि गौरवको विषय हुनुका साथै संस्थाका सम्पूर्ण सदस्यहरूको सक्रियता, एकता र नेतृत्व क्षमताको सम्मानका रूपमा लिइएको छ।
६. मायाको चिनो
कार्यक्रमका आयोजक तथा आतिथेय शाखा काभ्रे लेडी जेसीजको तर्फबाट जेसीआई खाँडादेवीलाई मायाको चिनो प्रदान गरिएको थियो। यसका लागि काभ्रे लेडी जेसीज परिवारप्रति जेसीआई खाँडादेवी हार्दिक आभार व्यक्त गर्दछ।
७. निष्कर्ष
उक्त सम्मेलनमा जेसीआई खाँडादेवीको उल्लेखनीय सहभागितासँगै वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान तथा Area exemplary Leadership & Charisma Award प्राप्त हुनु संस्थाका लागि महत्वपूर्ण उपलब्धि हो।
यस सहभागिता र उपलब्धिले जेसीआई खाँडादेवीलाई आगामी दिनमा अझ सक्रिय, प्रभावकारी र नेतृत्वमुखी गतिविधिहरू सञ्चालन गर्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ।
जेसीआई खाँडादेवी परिवार
वर्ष २०२६

 #नेपाल जेसीज वर्ष २०२६ क्षेत्र ग सम्मेलनमा वक्तित्वकला प्रतियोगितामा जेसीआई खाँडादेवीको प्रस्तुति जेसी जेनिसा श्रेष्ठज्...
19/09/2026

#नेपाल जेसीज वर्ष २०२६ क्षेत्र ग सम्मेलनमा वक्तित्वकला प्रतियोगितामा जेसीआई खाँडादेवीको प्रस्तुति जेसी जेनिसा श्रेष्ठज्यूले पहिलो स्थान हासिल गर्न सफल भएको छ।
हार्दिक बधाई प्रीय बहिनी जेनिसा श्रेष्ठ ज्युलाई।।

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!
19/09/2026

संविधान दिवस २०८३ को हार्दिक शुभकामना!

Enjoyed Heritage walk at Chandeshwari Temple during Area C conference organized by
19/09/2026

Enjoyed Heritage walk at Chandeshwari Temple during Area C conference organized by

नेपाल जेसीजको आयोजा तथा काभ्रे लेडि आतिथ्यतामा क्षेत्र "ग" सम्मेलन को पहिलो दिन
18/09/2026

नेपाल जेसीजको आयोजा तथा काभ्रे लेडि आतिथ्यतामा क्षेत्र "ग" सम्मेलन को पहिलो दिन

18/09/2026
नेपाल जेसीजको आयोजना तथा काभ्रे लेडी जेसीजको आतिथ्यतामा यहि मिति २०८३ साल आश्विन महिनाको २ र ३ गते सम्पन्न हुन गईरहेको न...
17/09/2026

नेपाल जेसीजको आयोजना तथा काभ्रे लेडी जेसीजको आतिथ्यतामा यहि मिति २०८३ साल आश्विन महिनाको २ र ३ गते सम्पन्न हुन गईरहेको नेपाल जेसीजको क्षेत्र "ग" सम्मेलन २०२६ पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौ।

देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महिला दिदीबहिनीहरूको महान चाड हरितालिका तीज २०८३ को हार्दिक शुभकामना।
14/09/2026

देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महिला दिदीबहिनीहरूको महान चाड हरितालिका तीज २०८३ को हार्दिक शुभकामना।

Address

Khandadevi Rural Municipality
Ramechhap

Alerts

Be the first to know and let us send you an email when JCI Khandadevi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JCI Khandadevi:

Shortcuts

Share