स्याउलिबाङ्ग मगर समाज

  • Home
  • Nepal
  • Pyuthan
  • स्याउलिबाङ्ग मगर समाज

स्याउलिबाङ्ग मगर समाज सम्पूर्ण मगरहरू एक हौं!

मगरहरूको मुख्य सांस्कृतिक चाड माघे संक्रान्तिको अवसरमा देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनी...
15/01/2026

मगरहरूको मुख्य सांस्कृतिक चाड माघे संक्रान्तिको अवसरमा देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

03/01/2026

#हार्दिक_बधाई
तमु ल्होसार पर्वको अवसरमा तमु एकता समाजले पौष १५ गते देखि आयोजना गरेको खुला धनुषवाण प्रतियोगितामा स्याउलीवाङ मगर समाजको तर्फबाट सहभागी भई दोश्रो स्थान हासिल गर्न सफल हुनुभएका सम्पूर्ण धनुषधर साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

प्रथम:
• दिपक गुरुङ
• हुम बहादुर गुरुङ
• दुर्गा गुरुङ

द्वितीय:
• अशोक घर्ती मगर
• शिवलाल घर्ती मगर
• कर्ण बुढा मगर

तृतीय:
• हिम शेरचन
• प्रकाश शेरचन
• दुर्गाप्रसाद शेरचन

उत्कृष्ट खेलाडी: प्रकाश शेरचन
उत्कृष्ट खोलर: कर्ण बुढा मगर
खोलर: अशोक घर्ती मगर, कर्ण बुढा मगर

 #सूचना_सूचना_सूचना!मिति २०८२ पौष ५ गतेको दिन यस स्याउलीवाङ मगर समाजको अध्यक्ष श्री लिलबहादुर बुढा मगरको अध्यक्षतामा कार...
23/12/2025

#सूचना_सूचना_सूचना!
मिति २०८२ पौष ५ गतेको दिन यस स्याउलीवाङ मगर समाजको अध्यक्ष श्री लिलबहादुर बुढा मगरको अध्यक्षतामा कार्यसमितिको पूर्ण बैठक बसेको थियो।
उक्त बैठकले विभिन्न समसामयिक विषयहरुमा छलफल गर्दै आउँदै गरेको मगरहरूको महान पर्व तथा प्रमुख सांस्कृतिक चाड माघे सक्रांतीको पावन अवसरमा यही माघ महिनाको १ र २ गते "बृहत माघे संक्रान्ति मेला २०८२" सञ्चालन गर्ने निर्णय गरेको कुरा सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौं।

मेलामा संचालन हुने प्रतियोगिताहरू:

१. खुला धनुषवाण प्रतियोगिता
प्रथम: रु. १५,५५५/-
द्वितीय: रु. ११,५५५/-
तृतीय: रु. ७,५५५/-
उत्कृष्ट खेलाडी: रु. २,५५५/-
उत्कृष्ट खोलर: रु. १,५५५/-
टिम दर्ता शुल्क: रु. १,५५५/-

२. खुला ब्याडमिन्टन प्रतियोगिता
प्रथम: रु. १०,०००/-
द्वितीय: रु. ७,५००/-
तृतीय: रु. ५,०००/-
टिम दर्ता शुल्क: रु. १,०००/-

३. खुला पुरुष छेलो प्रतियोगिता
प्रथम: रु. ३,५५५/-
द्वितीय: रु. २,५५५/-
तृतीय: रु. १,५५५/-
नाम दर्ता शुल्क: रु. ३५५/-

४.खुला महिला छेलो प्रतियोगिता
प्रथम: रु. ३,५५५/-
द्वितीय: रु. २,५५५/-
तृतीय: रु. १,५५५/-
नाम दर्ता शुल्क: रु. ३५५/-

५. बाँसको गुलेली हान्ने प्रतियोगिता
प्रथम: रु. २,०००/-
द्वितीय: रु. १,५००/-
तृतीय: रु. १,०००/-
नाम दर्ता शुल्क: रु. २००/-

नोट: उल्लेखित सम्पूर्ण प्रतियोगिताका पुरस्कारहरु सौजन्य गर्न / गराउनको लागि खुला गरिएको जानकारी गराउँदै इच्छुक महानुभावहरुलाई सौजन्य गर्नको लागि हार्दिक अनुरोध गर्दछौं।

विविध कारणले सूचना सम्प्रेषण गर्न ढिलो भएकोमा हामी क्षेमा प्रार्थी छौं।

10/11/2025
08/11/2025
06/11/2025
आज मिति २०८२ कार्तिक ११ गते यस स्याउलीबाङ मगर समाजको उपाध्यक्ष श्री पुना पुन मगरको अध्यक्षतामा र वरिष्ठ समाजसेवी कुल बुढ...
28/10/2025

आज मिति २०८२ कार्तिक ११ गते यस स्याउलीबाङ मगर समाजको उपाध्यक्ष श्री पुना पुन मगरको अध्यक्षतामा र वरिष्ठ समाजसेवी कुल बुढा मगरको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
स्याउलीवाङ मगर समाजको सचिव कर्ण बुढा मगरको सञ्चालनमा भएको उक्त भेटघाट कार्यक्रममा तमु एकता समाजको तर्फबाट दुर्गा गुरुङ, थकाली सेवा समितिको तर्फबाट भूपाल सिंह शेरचन, मगर समाजको तर्फबाट नारायण बुढा मगर र वडा जनप्रतिनिधिको तर्फबाट वडा सदस्य चन्द्रमणि बुढा मगरले आ - आफ्नो भनाई राख्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहनुभएको वरिष्ठ समाजसेवी कुल बुढा मगरले स्याउलीवाङको विकाशको लागि सम्पूर्ण युवा वर्ग र समुदाय एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। भूतपूर्व ब्रिटिश सेना हाल आफ्नो स - परिवारका साथ बेलायतमा बस्दै आउनुभएको बुढा मगरले हाम्रो पुर्खाले जीविकोपार्जन गर्ने हतियारको रुपमा प्रयोग गरेको धनुषवाण अहिले अन्तराष्ट्रिय खेलको रुपमा विकास भएको र यस परम्परागत खेललाई हामी सबै मिलेर जीवित राख्नुपर्ने धारणा राख्नुभयो। दिपावलीको अवसरमा बेलायत देखि स्याउलीवाङ आउनुभएको बुढा मगरले १० थान धनुषवाणको सेट लिई स्याउलीवाङमा रहेका मगर समाज, थकाली समाज र गुरुङ समाजलाई वितरण गर्नुभएको छ। बुढा मगरले यस भन्दा पहिला करिब ५/६ वर्ष अगाडि पनि यहाँका युवाहरुलाई धनुषवाण उपलब्ध गराई तास जुवा जस्ता विकृत खेलहरु खेल्नुभन्दा धनुषवाण खेल खेली परम्परा र संस्कृतिलाई संरक्षण गर्न सुझाव दिनुभएको थियो।

सिंगो स्याउलीवाङको अभिभावकको रूपमा रहनुभएको वरिष्ठ समाजसेवी श्री कुल बुढा मगरलाई स्याउलीवाङ मगर समाजको तर्फबाट र सम्पूर्ण स्याउलीवाङबासिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

28/10/2025
लुम्बिनी प्रदेस सभा सदस्य स्व. सरिता पुनमगर प्रति हार्दिक श्रद्धाञ्जली !
31/08/2025

लुम्बिनी प्रदेस सभा सदस्य स्व. सरिता पुनमगर प्रति हार्दिक श्रद्धाञ्जली !

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।

Address

Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when स्याउलिबाङ्ग मगर समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share