(कास्की सार्दीखोला युवापरिवार ,कतार)
कास्की सार्दीखोला युवापरिवार कतारको
परिचय :-
यो परिवार एउटा सामाजिक कार्य हरुमा तत्परता देखाउने, सेवा नै धर्म भन्ने विचार राख्ने, थोपा थोपा मिलि सागर-मह सागर बन्छ भन्ने विचार बोक्ने आफुसंग जे-जति मोन र साधन छ त्यसलाई मानवहित को निमित्त प्रयोग गर्ने आधि विचारहरुको परिबन्धमा रहेको सदस्यहरु को संगठन हो । यो राजनीतिक र कुटनीतिक समुहबाट आलग रहि शुद्ध सम्वृद्धि र स्
वच्छा समाज देख्न चाहने सदस्यहरुको समेत परिवार हो। यस परिवार को जन्म तव मात्र भयो जव कास्की जील्ला मा पर्ने सार्दीखोला र माछापुछ्रे ग. वि. स. अन्तर्गत पर्ने सेती नदीमा बैशाख २३ गते आएको पहिरोले कैयुको ज्यान लियो।लाखौ करोडको नोक्सान पुरायो ,घर वार बिहिन बनायो । कैयुको को बाबु आमा बिहिन बनायो भने कसैको छोरा छोरी बिहिन बनायो साथै वरिपरिका बासिन्दा हरुलाई त्रहस नहस नाबाई समुन्द्रपारी रहने त्यहाँका बासिन्दा हरुलाई पनि त्रहस र वेचैन बनायो। यहि त्रहस र वेचैन कतार इस्थित बैदेशिक रोजगारी को शिलशिलामा आएका सार्दीखोला वासि युवाहरुलाई पनि छायो। फल स्वरूप लगभग ५० डिग्री को तापक्रममा आफ्नु सुखामय भविस्य खोज्दै विभिन्न कम्पनिमा कार्यरत साथीभाई हरु एक ठाउँमा जम्मा भई कास्की सार्दीखोला युवा परिवार कतार गठन भयो।