03/08/2026
जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂
हाम्रो क्लबका आदरणीय सचिव अमन साई ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। आगामी दिनहरूमा तपाईंका सबै सपना र लक्ष्यहरू पूरा हुँदै जाऊन् भन्ने हाम्रो शुभकामना छ।
क्लबप्रति तपाईंले देखाउनुभएको माया, सहयोग, जिम्मेवारी र निरन्तर समर्पणका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंको सक्रिय सहभागिता र सकारात्मक सोचले क्लबलाई अझ सशक्त र उर्जाशील बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनहरूमा पनि तपाईंको साथ, सहयोग र प्रेरणा यसैगरी निरन्तर रहिरहोस् भन्ने अपेक्षा गर्दछौं।।
जन्मदिनको धेरै धेरै शुभकामना! 🎊🎁
बिन्दबासिनी बसपार्क युवा क्लब
– सम्पूर्ण क्लब परिवार