07/06/2026
हार्दिक शुभकामना! 🇳🇵🇯🇵
यही जुन ११–१४ मा जापानको Niigata City मा आयोजना हुन गइरहेको JCI Asia and the Pacific Conference (ASPAC) मा पोखरा जेसीजको प्रतिनिधित्व गर्दै सहभागी हुन लाग्नुभएका पोखरा जेसीजका उपाध्यक्ष जेसीआई सिनेटर सन्दिप श्रीस र बोर्ड सल्लाहकार जेसी रविन पौडेललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको समर्पण, नेतृत्व, अनुभव र उत्साहले पोखरा जेसीज तथा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा अझ गौरवान्वित बनाओस्। यस सम्मेलनबाट प्राप्त ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सम्बन्धहरूले संस्थाको विकासमा महत्वपूर्ण योगदान पुर्याओस् भन्ने कामना गर्दछौं।
सफल, फलदायी र प्रेरणादायी ASPAC यात्राको शुभकामना!
पोखरा जेसीजको गौरवलाई विश्वमाझ अझ उजागर गर्दै उत्कृष्ट उपलब्धि हासिल गर्न सफल हुनुहोस्। 🌟🇳🇵🇯🇵