Autism Care Society Gandaki

Call Contact the organization

Autism Care  Society Gandaki ACSG has been set up by parents of children diagnosed with Autism.

The Autism Care society Gandaki (ACSG) is an official non-profit voluntary organization designed to help and facilitate the process to families with children affected by Autism.

अटिजम केयर सोसाइटी गण्डकी परिवारको दशैं उत्सव २०८३ 🌸🙏अटिजम केयर सोसाइटी गण्डकी परिवारले प्रेम, खुसी, आशीर्वाद र आपसी सद्...
10/10/2026

अटिजम केयर सोसाइटी गण्डकी परिवारको दशैं उत्सव २०८३ 🌸🙏

अटिजम केयर सोसाइटी गण्डकी परिवारले प्रेम, खुसी, आशीर्वाद र आपसी सद्भावका साथ बडादशैं २०८३ मनाएको छ। 🌺

यस पावन पर्वले हाम्रा सम्पूर्ण बालबालिका, अभिभावक, कर्मचारी तथा शुभचिन्तकहरूको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

💙 माया, समावेशिता र एकताको भावनासहित हामी सबै एउटै परिवार हौँ।

🌼 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌼

#दशैं२०८३ #समावेशिता #हामीएउटैपरिवार

Educational Visit to Autism Care Society Gandaki 💙BN and B.Sc. Nursing students from Pokhara Academy of Health Sciences ...
10/09/2026

Educational Visit to Autism Care Society Gandaki 💙

BN and B.Sc. Nursing students from Pokhara Academy of Health Sciences (PoAHS)and Gandaki Medical College (GMC) visited Autism Care Society Gandaki and learned about autism, early intervention, sensory needs, communication, and individualized support.

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️स्याङ्जा, पुतलीबजार–५ निवासी ८ वर्षीया प्यारी नानी विधाता गौतमको मिति 2083-4-16 गते असामयिक नि...
02/08/2026

🕊️ हार्दिक श्रद्धाञ्जली 🕊️

स्याङ्जा, पुतलीबजार–५ निवासी ८ वर्षीया प्यारी नानी विधाता गौतमको मिति 2083-4-16 गते असामयिक निधनको दुःखद खबरले Autism Care Society Gandaki परिवारलाई अत्यन्त मर्माहत, स्तब्ध र शोकाकुल बनाएको छ।

हाम्रो प्रारम्भिक हस्तक्षेप केन्द्रबाट आफ्नो सिकाइको यात्रा सुरु गरी सफलतापूर्वक मुख्यधाराको विद्यालयसम्म पुग्न सफल विधाताको असामयिक बिदाइले हामी सबैलाई गहिरो पीडा दिएको छ। उहाँको मुस्कान, सिकाइप्रतिको उत्साह र सुन्दर सम्झनाहरू सधैं हाम्रो हृदयमा अमिट रहनेछन्।

यस दुःखद घडीमा स्वर्गीय विधाता गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं।

साथै, बुबा धनराज गौतम सर, आमा बिन्दु गौतम तथा सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यो असह्य वियोग सहन सक्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भन्ने ईश्वरसँग हार्दिक प्रार्थना गर्दछौं।

भावपूर्ण श्रद्धाञ्जली।

मुकुन्द लम्साल
अध्यक्ष
अटिजम केयर सोसाइटी गण्डकी परिवार

Autism Care Society Gandaki मा आज KOSHISH Nepal का मनोसामाजिक अपाङ्गता क्षेत्रमा कार्यरत प्रतिनिधिहरूलाई हार्दिक स्वागत।...
26/07/2026

Autism Care Society Gandaki मा आज KOSHISH Nepal का मनोसामाजिक अपाङ्गता क्षेत्रमा कार्यरत प्रतिनिधिहरूलाई हार्दिक स्वागत। 🙏

संस्थाको भ्रमण तथा अवलोकनमार्फत अटिजम सम्बन्धी सेवा, कार्यक्रम र अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएकोमा हामी हर्षित छौं। यस भ्रमणले भविष्यमा समावेशी शिक्षा, पुनर्स्थापना तथा अधिकारमुखी सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास लिएका छौं।

भ्रमणका लागि KOSHISH Nepal परिवारप्रति हार्दिक धन्यवाद तथा आगामी सहकार्यका लागि शुभकामना। 💙

अटिजम केयर सोसाइटी गण्डकीवार्षिक कर्मचारी रिट्रिट तथा समीक्षा बैठकसंस्थाको वार्षिक कर्मचारी रिट्रिट तथा समीक्षा बैठक सफल...
20/07/2026

अटिजम केयर सोसाइटी गण्डकी
वार्षिक कर्मचारी रिट्रिट तथा समीक्षा बैठक

संस्थाको वार्षिक कर्मचारी रिट्रिट तथा समीक्षा बैठक सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका विगतका कार्यहरूको समीक्षा, सेवा प्रवाहको प्रभावकारिता, अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि तथा आगामी रणनीतिक कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो।

यस रिट्रिटले कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य र संस्थाप्रतिको साझा प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। अटिजम भएका बालबालिका तथा उनीहरूका परिवारलाई गुणस्तरीय, प्रभावकारी र उत्तरदायी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ ।

A heartfelt thank you to Ms. Naomi Gurung and Oishi Pizza   for her generous donation to Autism Care Society Gandaki (AC...
19/07/2026

A heartfelt thank you to Ms. Naomi Gurung and Oishi Pizza for her generous donation to Autism Care Society Gandaki (ACSG).

We are especially grateful for her continued kindness and support, as she has been generously contributing to ACSG on previous occasions as well. Your unwavering generosity and compassion make a meaningful difference in the lives of children with autism and their families.

Thank you for standing with ACSG and for being a valued part of our journey. 💙🙏

18/07/2026

रियाजको दुईतर्फी (Two-way) सञ्चार गर्ने क्षमतामा आएको सकारात्मक प्रगति देख्दा हामी सबै अत्यन्त हर्षित र गर्वित छौं। 💙

सानो–सानो प्रगति नै ठूलो सफलताको आधार हो। रियाजको निरन्तर सिकाइ, परिवारको समर्पण र शिक्षकहरूको अथक प्रयासले यो उपलब्धि सम्भव भएको हो। आगामी दिनहरूमा अझ धेरै प्रगति र सफलताको शुभकामना। 🌟

Address

Jalpa Road, (Nearby NewRoad, Street 11)
Pokhara
33700

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 15:00

Telephone

+9779856021823

Website

Alerts

Be the first to know and let us send you an email when Autism Care Society Gandaki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Autism Care Society Gandaki:

Shortcuts

Share