21/08/2026
# # 🌺 हरितालिका तिज २०८३ विशेष कार्यक्रम सम्बन्धी सूचना तथा हार्दिक अनुरोध 🌺
**संस्थासँग आबद्ध आदरणीय कार्यसमिति पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, आजीवन सदस्यज्यूहरू तथा साधारण सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक नमस्कार। 🙏**
स्याङ्जा गल्याङ पोखरा सम्पर्क समाज, कास्कीको मिति **२०८३/०४/२९ गते** बसेको कार्यसमिति बैठकको निर्णयअनुसार नेपाली नारीहरूको महान् एवं सांस्कृतिक पर्व **हरितालिका तिज–२०८३** को पावन अवसरमा विशेष **तिज शुभकामना आदान–प्रदान तथा दर खाने कार्यक्रम** आयोजना गर्ने निर्णय भएको सहर्ष जानकारी गराउँदछौं।
गल्याङ नगरपालिका क्षेत्रभित्र **घर वा माइती भई हाल पोखरामा विभिन्न पेशा, व्यवसाय, अध्ययन तथा अन्य सिलसिलामा बसोबास गर्नुहुने सम्पूर्ण आमा, दिदीबहिनी तथा चेलीबेटीहरूलाई एउटै थलोमा भेला गराई** आपसी भेटघाट, आत्मीयता, सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम **मिति २०८३/०५/२० गते शनिबार, बिहान १०:०० बजेदेखि तमु धिं नेपाल, नयाँबजार, पोखरा–९** मा आयोजना गरिनेछ।
# # # कार्यक्रम उपसमिति
उक्त कार्यक्रमलाई व्यवस्थित, मर्यादित तथा भव्य रूपमा सम्पन्न गर्न कार्यसमिति बैठकबाट देहायबमोजिमको **तिज कार्यक्रम उपसमिति** गठन गरिएको छः
**संयोजक:** श्री कविन्द्रदेव खनाल
**सदस्य:** श्री कृष्ण प्रसाद खनाल
**सदस्य:** श्री कृष्ण खराल
**सदस्य:** श्री केदार खनाल
**सदस्य:** श्री चिरिञ्जिवी खनाल
**सदस्य:** श्री विष्णु प्रसाद बस्याल
**सदस्य:** श्री पल्लवी न्यौपाने
# # # हार्दिक अनुरोध
यो कार्यक्रम कुनै एक व्यक्ति वा उपसमितिको मात्र नभई **हाम्रो सम्पूर्ण संस्थाको साझा कार्यक्रम** हो। कार्यक्रमलाई भव्य, सभ्य र उल्लासमय रूपमा सफल बनाउने जिम्मेवारी र दायित्व हामी सबैको समान रहेको छ।
तसर्थ, संस्थासँग आबद्ध सम्पूर्ण **पदाधिकारीज्यूहरू, कार्यसमिति सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू, आजीवन तथा साधारण सदस्यज्यूहरू**ले आ–आफ्नो परिवार, आफन्त, छरछिमेक तथा सम्पर्कमा रहनुभएका **गल्याङ नगरपालिका क्षेत्रभित्र घर वा माइती भई हाल पोखरामा बसोबास गर्नुहुने आमा, दिदीबहिनी तथा चेलीबेटीहरूलाई कार्यक्रमबारे जानकारी गराई अधिकतम सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्नुहुन** विशेष अनुरोध गर्दछौं।
हाम्रो सानो प्रयास र सबैको सक्रिय सहभागिताबाट यो कार्यक्रम **गल्याङवासीबीच आपसी चिनजान, आत्मीयता, एकता र सद्भाव अभिवृद्धि गर्ने सुन्दर अवसर** बन्ने विश्वास लिएका छौं।
**कार्यक्रम विवरण**
📍 **स्थान:** तमु धिं नेपाल, नयाँबजार, पोखरा–९
📅 **मिति:** २०८३/०५/२० गते, शनिबार
⏰ **समय:** बिहान १०:०० बजेदेखि
**“हाम्रो संस्कृति, हाम्रो पहिचान — आपसी सद्भाव र एकता हाम्रो अभियान।”**
सबैको सक्रिय सहभागिता, सहयोग र उपस्थितिको हार्दिक अपेक्षासहित। 🙏🌺
**सचिव**
**स्याङ्जा गल्याङ पोखरा सम्पर्क समाज, कास्की**