Pokhara peace club

Pokhara peace club social organisation established for the welfare of society and totally conducted by youth

पोखरा पिस क्लबद्वारा २०८३ साल बैशाख १२ गते, शनिवारका दिन पुष्पलाल स्मृति पार्कमा एक विशेष बृहत् बाल मनोरञ्जनात्मक तथा प्...
21/04/2026

पोखरा पिस क्लबद्वारा २०८३ साल बैशाख १२ गते, शनिवारका दिन पुष्पलाल स्मृति पार्कमा एक विशेष बृहत् बाल मनोरञ्जनात्मक तथा प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराउँदछौं।
यस कार्यक्रमको मुख्य उद्देश्य क्लबको कार्यक्षेत्रमा रहेका बालबालिकाहरू बीच आपसी निकटता, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्नु हो। बालबालिकाहरूको समग्र विकासलाई मध्यनजर गर्दै विभिन्न सिर्जनात्मक तथा रमाइला गतिविधिहरू समावेश गरिनेछ।
विशेष आकर्षणको रूपमा, केटाहरूका लागि रोमाञ्चक क्रिकेट प्रतियोगिता आयोजना गरिनेछ, जसले खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, टिमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न मद्दत गर्नेछ।
यस अवसरमा सबै अभिभावक, सरोकारवाला तथा बालबालिकाहरूलाई उत्साहपूर्वक सहभागिता जनाउन हार्दिक अनुरोध गर्दछौं। तपाईंहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ सफल र प्रेरणादायी बनाउनेछ।
"आउनुहोस्, बालबालिकाको उज्ज्वल भविष्यका लागि सँगै अघि बढौं।"

21/10/2025

आज पोखरा पीस क्लबको देउसी भैली कार्यक्रम शान्तिनगर चौकमा समापन भएको छ, र भोलि बिहान १० बजेदेखि शान्तिनगर चौक हुँदै मदरलेन स्कुल, त्यसपछि पेट्रोल पम्प र नुवार्थोक तर्फ जाने कार्यक्रम रहेको छ।

21/10/2025
पोखरा पिस क्लब को स्थापना दिबस मा दिप प्रर्जोलन
15/09/2025

पोखरा पिस क्लब को स्थापना दिबस मा दिप प्रर्जोलन

15/09/2025

पोखरा पीस क्लबको २०औं वार्षिकोत्सव र दीप प्रज्वलन

आदरणीय पोखरा पीस क्लबका सदस्यहरू, कार्यसमितिका सदस्यहरू, र टोलवासीहरू,

हामीलाई यो जानकारी दिन पाउँदा खुसी लागिरहेको छ कि पोखरा पीस क्लबले आफ्नो 20औं वर्षगाँठमा प्रवेश गरिरहेको छ।

यस अवसरमा, हालको GNG आंदोलनमा ज्यान गुमाएका सबैको आत्माको शान्तिका लागि र घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, आज बेलुका ६:३० बजे शान्तिनगर चौकमा दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको छ।

सम्पूर्ण सदस्यहरू र टोलवासीहरूलाई हार्दिक निमन्त्रणा छ, कृपया समयमै उपस्थित हुनुहोस्।

धन्यवाद!

क्लब स्थापनाकाे २० अौ बर्षमा प्रवेश गरिरहँदा यस क्षेत्रमा रहेका महिला दिदीबहिनीहरुकाे अापसी सामिप्यता बढाउने उद्देश्यले ...
13/08/2025

क्लब स्थापनाकाे २० अौ बर्षमा प्रवेश गरिरहँदा यस क्षेत्रमा रहेका महिला दिदीबहिनीहरुकाे अापसी सामिप्यता बढाउने उद्देश्यले मिति २०८२ शावन ३ ० गते शुक्रबार दिउँसो ठिक ५ :०० बजेदेखि पुष्पलाल पार्क नुवारथाेकमा रमाइलो भेटघाट कार्यक्रम रहेकोले उपस्थितिका लागि अनुरोध गर्दछौं।

पोखरा पिस क्लबको नयाँ नेतृत्वमा  पुनः प्रताप आचार्यपोखरा पिस क्लब पोखराको ११औं साधारण सभा तथा ७औँ अधिवेशनबाट प्रताप आचार...
19/07/2025

पोखरा पिस क्लबको नयाँ नेतृत्वमा पुनः प्रताप आचार्य

पोखरा पिस क्लब पोखराको ११औं साधारण सभा तथा ७औँ अधिवेशनबाट प्रताप आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
कार्यसमितिको उपाध्यक्षमा सावित्री अधिकारी,सचिवमा सन्तोष बराल,कोषाध्यक्ष राजेन्द्र बराल र सहसचिव बिमला अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
साथै कार्यसमितिको सदस्यहरूमा अस्मिता अधिकारी, विकास बराल, विष्णु भुगाई सुवेदी, विकल बराल, सुरज केसी र क्षितिज शर्मा (पारस) रहेका छन्।
क्लबका पूर्व अध्यक्ष भोजराज बराल संयोजक,संस्थापक कोषाध्यक्ष लक्ष्मण बराल र आजीवन सदस्य अनन्त पण्डित सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया मार्फत निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै पोखरा पिस क्लबका पूर्व अध्यक्ष सुजन बरालले क्लबले गर्ने हरेक गतिविधि र क्रियाकलापहरू उदाहरणीय रहेको र यसलाई अझै पनि निरन्तरता दिइरहनुपर्ने दायित्व नवनिर्वाचित टिमको भएको बताउनुभयो । त्यसैगरी निर्वाचन समिति संयोजक क्लबका पूर्व अध्यक्ष भोजराज बरालले क्लबले गर्ने महत्त्वपूर्ण क्रियाकलापहरूमा सबैको साथ लिएर अगाडि बढ्नुपर्ने तथा सबै सदस्यहरूको तर्फबाट सदैव साथ सहयोग रहिरहने धारणा व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष प्रताप आचार्यले क्लबको कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण टोलबासी, शुभेच्छुक ,आजीवन सदस्यहरू ,पूर्व कार्यसमिति ,संस्थापक कार्यसमिति लगायत अन्य संघसंस्थाहरू ,जनप्रतिनिधिमूलक निकायहरू र अन्य आवश्यककिय सबै पक्षसँग समन्वय र सहकार्य गर्दै क्लबको उचाइ र गरिमा बढाउने कार्यतर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। बन्द सत्रमा क्लबका सचिव सन्तोष बराल द्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र बराल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरिएको थियो।

यस अघि पोखरा पिस क्लबको एघारौँ साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा पिस क्लब पोखरा ७ मा निरन्तर सक्रिय संस्था रहेको साथै वडाका हरेक गतिविधिहरूमा निरन्तर सहकार्य र सहयोग रहँदै आएको धारणा व्यक्त गर्नुभयो ।साथै धेरैजसो गतिविधि तथा क्रियाकलापहरू क्लबले सदस्यहरूको सहयोग तथा आन्तरिक स्रोतबाट नै आर्थिक संकलन मार्फत कार्यक्रमहरू गर्दै आइरहेको आफूलाई अवगत भएको र क्लबले जुन क्रिकेट श्रृंखला जसलाई वडाको गौरवका रुपमा अपनत्व ग्रहण गर्नुपर्ने भन्दै हामीलाई निरन्तर घच्घचाइरहेको छ त्यस श्रृङ्खला निरन्तर सञ्चालन गर्नका लागि स्पष्ट योजना सहितको खाका लिएर आउन र त्यसलाई क्लबको क्रियाशीलता मार्फत निरन्तरता दिन वडा परिवार प्रतिबद्ध रहेको पनि बताउनुभयो।
मासबार आमा समूहका अध्यक्ष शारदा गिरीले क्लबको प्रतिवेदन हेर्दा क्लब कति क्रियाशील छ भन्ने स्पष्ट चित्रण भएको बताउँदै आजको परिवेशमा क्लब तथा विभिन्न संघसंस्थाहरुले साँच्चिकै समाज परिवर्तन र रूपान्तरणको भूमिका खेल्नुपर्ने बताउँदै साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो। ।
समाजसेवा युवा क्लबका अध्यक्ष मधु अधिकारीले आजको बदलिँदो परिवेशमा हरेक तह र तप्काका व्यक्तिको सोच हर क्षण निरन्तर परिवर्तनशील भएको अवस्थामा नेतृत्व लिएर युवा जनशक्तिलाई एकताबद्ध बनाएर राख्न सक्नु ज्यादै नै कठिन कार्य बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै सुसंस्कृत समाज निर्माणमा अब गहिरो ढंगले सोचेर अगाडि बढ्नुपर्ने बताउनुभयो।

पोखरा पिस क्लबका अध्यक्ष प्रताप आचार्यले अग्रजहरूको आदर्श र प्रेरणाबाट क्लबको नेतृत्व लिई त्यसलाई न्यायोचित ढङ्गले अनुसरण गर्दै अगाडि बढेको बताए।साथै पोखरा पिस क्लबको गौरवको रूपमा रहेको पोखरा पिस क्रिकेट कपको एघारौँ संस्करणको आयोजना र त्यसको निरन्तर सञ्चालन गर्नका लागि सबैले साथ दिनुपर्ने बताउनुभयो। क्लबको छैटौं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आजसम्म गरेका महत्त्वपूर्ण गतिविधि र महत्त्वपूर्ण उपलब्धिहरु,साथै कमी कमजोरीहरुका बारेमा चर्चा गर्दै आफूलाई यस अवस्थासम्म आइपुग्नका लागि निरन्तर सहयोग गर्नुहुने सबै पक्षहरूप्रति विशेष आभार व्यक्त गर्नुभयो।
पोखरा पिस क्लबका अध्यक्ष प्रताप आचार्यको अध्यक्षतामा भएको उक्त साधारण सभाको सञ्चालन सहसचिव बिमला अधिकारीले गर्नुभएको थियो।

पोखरा पिस क्लबको एघारौं साधारण सभा तथा सातौं अधिवेशन यहि २०८२ साउन ३ गते शनिवार बिहान ८:०० बजे पोखरा शान्तिनगर बैंक्यूटम...
14/07/2025

पोखरा पिस क्लबको एघारौं साधारण सभा तथा सातौं अधिवेशन यहि २०८२ साउन ३ गते शनिवार बिहान ८:०० बजे पोखरा शान्तिनगर बैंक्यूटमा हुने भएकोले सम्पूर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सूचित गर्दछौं।

पोखरा पिस क्लबद्वारा निम्न मिति, समय र स्थानमा आवासीय ( होमस्टे) कार्यक्रम  गर्न गइरहेको हुँदा इच्छुक सदस्यहरूले  सूचना ...
22/06/2025

पोखरा पिस क्लबद्वारा निम्न मिति, समय र स्थानमा आवासीय ( होमस्टे) कार्यक्रम गर्न गइरहेको हुँदा इच्छुक सदस्यहरूले सूचना बमोजिम सम्पर्क राख्नुहोला।

कार्यक्रम:-अवलोकन ,प्रशिक्षण र पदयात्रा
मिति:- २०८२ साल असार १३ र १४ गते ( शुक्रबार र शनिबार)
प्रस्थान समय:-शुक्रबार दिउँसो ठिक २:४५ बजे शान्तिनगर चोकमा उपस्थित भएर जाने
कार्यक्रम हुने स्थान:- हेम्जाकोट होमस्टे
सहभागिता शुल्क: रु १२००/- प्रति व्यक्ति

नोट:- सहभागिता जनाउन इच्छुक सदस्यहरूले यही मिति २०८२ साल असार १२ गते दिउँसो १:०० बजेसम्ममा नाम टिपाइसक्नुपर्नेछ।

पोखरा पिस क्लब द्वारा आयोजित मैत्रिपुर्ण फुटसल प्रतियोगितामा १६ बर्ष सम्मको उमेर समुहमा टिम नुवारथोक १६-४० बर्ष उमेर समु...
21/06/2025

पोखरा पिस क्लब द्वारा आयोजित मैत्रिपुर्ण फुटसल प्रतियोगितामा १६ बर्ष सम्मको उमेर समुहमा टिम नुवारथोक १६-४० बर्ष उमेर समुहमा टिम नुवारथोक र ४० बर्ष माथिको उमेर समुहमा टिम शान्तिनगर प्रथम भयका छ्न ।बिजेता टिमलाई पोखरा महानगर पालिका ७का वडा अध्यक्ष राममोहन आचार्यले पुरस्कार बितरण गर्नु भयको थियो।

20/06/2025

आपसी मित्रता र भाईचारा कायम गराउने उद्देश्यले सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम
मैत्रीपूर्ण फुटसल प्रतियोगिता
(नुवारथोक,शान्तिनगर वरपरका१६ देखि ४० बर्ष उमेर समूह र४१ देखि ६० बर्ष उमेर समूहका सबैलाई स्वागतम्🙏 समूह विभाजन क्षेत्रगत आधारमा हुनेछ।)

भोलि २०८२ असार ७ गते शनिवार फरेस्ट स्पोर्ट्स एरिना,नुवारथोक
बिहान ७:३० बजे

आयोजक
पोखरा पिस क्लब

Address

Masber 7 Pokhara
Pokhara
977

Alerts

Be the first to know and let us send you an email when Pokhara peace club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pokhara peace club:

Share