Hamro Majhkateri Gaun Pokhara Samaj

Hamro Majhkateri Gaun Pokhara Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Majhkateri Gaun Pokhara Samaj, Community Organization, Chhorepatan 17, Pokhara.

हाम्रो माझ्कटेरी गाउँ ( ङ्योई म्हाँजु नासाँ ) पोखरा समाज माझकटेरी गाउँसँग सम्बन्धित तमु समुदायबिच आपसी एकता, सद्भाव, भाइचारा र सहकार्यलाई सुदृढ बनाउँदै भाषा, कला, संस्कृति, परम्परा र मौलिक पहिचान संरक्षण गर्ने उदेश्याले स्थापना गरिएको सामाजिक संस्था हो।

हार्दिक बधाई, उच्च सम्मान तथा विशेष धन्यवाद 🌺स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका–१, म्हाँजु गाउँका स्वर्गीय बलाराम गुरु...
04/06/2026

हार्दिक बधाई, उच्च सम्मान तथा विशेष धन्यवाद 🌺
स्याङ्जा जिल्ला, आँधीखोला गाउँपालिका–१, म्हाँजु गाउँका स्वर्गीय बलाराम गुरुङज्यू तथा स्वर्गीय देवी गुरुङज्यूका सुपुत्र, हाल काठमाडौं हात्तिगौंडा निवासी आदरणीय श्री भरत (चिजा) गुरुङज्यूलाई ङ्योई म्हाँजु नाँसा संस्थाको आजीवन संरक्षक पदमा सम्मानपूर्वक नियुक्त भएको सुखद अवसरमा हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछौं।

संस्थाप्रति तपाईंको निरन्तर सहयोग, सद्भाव र समर्पणका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै, साथै प्रदान गर्नुभएको रु. १,०५,५५५/- को उदार आर्थिक सहयोगप्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं। तपाईंको योगदान संस्थाको विकास र सामाजिक कार्यमा महत्वपूर्ण रहनेछ।

तपाईं तथा परिवारजनको सुस्वास्थ्य, सुख–शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलकामना पुनः हार्दिक बधाई, उच्च सम्मान तथा धन्यवाद। 🙏🌹

अध्यक्ष सुर्यमान गुरुङ
तथा सम्पूर्ण ङ्योई म्हाँजु नाँसा परिवार

🎉💐 हार्दिक बधाई तथा भावपूर्ण शुभकामना 💐🎉प्रा. डा. नर काजी गुरुङ ज्यूलाई आफ्नो विश्वविद्यालयमा “उत्कृष्ट संकाय कार्यसम्पा...
21/05/2026

🎉💐 हार्दिक बधाई तथा भावपूर्ण शुभकामना 💐🎉
प्रा. डा. नर काजी गुरुङ ज्यूलाई आफ्नो विश्वविद्यालयमा “उत्कृष्ट संकाय कार्यसम्पादन पुरस्कार” बाट सम्मानित हुनुभएको यो गौरवपूर्ण क्षणमा हामी शब्दले व्यक्त गर्न नसकिने हर्ष र गर्व महसुस गरिरहेका छौं।तपाईंको अथक मेहनत, गहिरो समर्पण र विद्वताले केवल शैक्षिक क्षेत्रमै मात्र होइन, हाम्रो माटो, हाम्रो पहिचान र हाम्रो म्हाँजु भञ्ज्याङ पार्क पर्यटन केन्द्रको उज्यालो परिचयलाई पनि नयाँ उचाइमा पुर्‍याएको छ।आज तपाईंको यो सफलताले सम्पूर्ण आधिखोला गाउँपालिका र म्हाँजु नाँसाको शिर गर्वले उच्च बनाएको छ। तपाईं हाम्रो लागि केवल एक विद्वान मात्र होइन, हाम्रो सपना, हाम्रो गौरव र हाम्रो पहिचानको प्रतीक हुनुहुन्छ।तपाईंको निरन्तर प्रगति, उज्ज्वल भविष्य र अझ ठूलो सफलताको लागि हामी सबै हृदयदेखि नै शुभकामना व्यक्त गर्दछौ।यो सफलता अझ ठूलो यात्राको सुरुवात बनोस् भन्ने कामना गर्दछौं। 🎉👏

अध्यक्ष सुर्यमान गुरुङ तथा सम्पूर्ण म्हाँजु नाँसा परिवार 🙏

11/05/2026

#२०८३/०१/२२ गते का दिन भुमी, चण्डी, देउराली, झाक्रि पुजामा # 🙏🙏🙏

11/05/2026

#सम्मान तथा स्याइ स्याइ कार्यक्रम २०८३/०१/२७/ #

11/05/2026

हाम्रो पहिचान, हाम्रो गौरव 🙏
ङ्योई म्हाँजु नासाँ अधिवेशन २०८३/०१/२६ का केही विशेष क्षणहरू।👏👏👏

स्याइ स्याइ तथा सम्मान 🌸मिति २०८३ बैशाख २७ गते, आँधीखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा नयाँ गाउँ निवासी, प...
11/05/2026

स्याइ स्याइ तथा सम्मान 🌸
मिति २०८३ बैशाख २७ गते, आँधीखोला गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा नयाँ गाउँ निवासी, पोखरा सोँपाल समाजका पूर्व उपाध्यक्ष तथा समाजसेवी व्यक्तित्व आदरणीय श्री प्रसाद गुरुङज्यूको आँखाको शल्यक्रियापछि स्वास्थ्य अवस्था उल्लेखनीय रूपमा सुधार भएको खबरले हामी सम्पूर्ण ङ्योइ म्हाँजु नाँसा परिवार अत्यन्त हर्षित भएका छौं। 🙏🌿
यसै सुखद अवसरमा उहाँका सुपुत्र श्री कमल गुरुङज्यू कर्मभूमिबाट बिदामा घर आउनु भई ङ्योइ म्हाँजु नाँसाको कोष वृद्धिका लागि रु. १०,०००/- (दश हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण परिवार भावुक हृदयका साथ हार्दिक आभार, सम्मान तथा उच्च कदर व्यक्त गर्दछ। 🌸🙏
टाढा कर्मभूमिमा रहेर पनि आफ्नो जन्मभूमि, गाउँघर, समाज र आफ्ना मानिसहरूलाई सधैं सम्झेर सहयोगको हात अघि बढाउनु केवल आर्थिक सहयोग मात्र होइन, जन्मभूमिप्रतिको अथाह माया, आत्मीयता, जिम्मेवारी र सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण हो। ❤️🌿
यहाँहरूको यस अमूल्य सहयोगले संस्थामा नयाँ ऊर्जा, आत्मविश्वास, एकता र सकारात्मक प्रेरणा थपिएको छ। गाउँ, समाज र आफ्नो पहिचानप्रतिको यस्तो निस्वार्थ माया तथा समर्पण भावी पुस्ताका लागि समेत प्रेरणादायी मार्गदर्शन बन्ने विश्वास लिएका छौं। ✨🌿
ईश्वरसँग यही प्रार्थना गर्दछौं —
यहाँहरूको परिवारमा सधैं सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि तथा निरन्तर उन्नति रहिरहोस्। 🙏❤️
पुनः यहाँहरूको सम्पूर्ण परिवारप्रति हृदयदेखि नै हार्दिक धन्यवाद, सम्मान तथा शुभकामना व्यक्त गर्दछौं। 🌸🙏
अध्यक्ष
सुर्यमान गुरुङ
तथा सम्पूर्ण
ङ्योइ म्हाँजु नाँसा परिवार 🙏

Address

Chhorepatan 17
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Majhkateri Gaun Pokhara Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share