Freedom To Learn Nepal

Freedom To Learn Nepal We work to improve the quality and access to education in Nepal through various creative approaches!

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार, यदि मौरी पृथ्वीबाट लोप भएमा मानव समुदायको अस्तित्व पनि करिब ४ वर्षमै समा...
11/06/2026

प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार, यदि मौरी पृथ्वीबाट लोप भएमा मानव समुदायको अस्तित्व पनि करिब ४ वर्षमै समाप्त हुन सक्छ। प्रकृतिमा फूल फुल्ने वनस्पतिमध्ये एक तिहाइभन्दा बढीमा मौरीले नै परागसेचन (Pollination) गराउँछ।
महमा प्राकृतिक रूपमै उच्च मात्रामा चिनी र कम नमी हुन्छ। यसमा ब्याक्टेरिया वा ढुसी (Fungi) बाँच्न नसक्ने भएकाले मह कहिल्यै कुहिँदैन वा बिग्रँदैन।
मौरीपालन व्यवसाय थोरै लगानी र सानो ठाउँबाट पनि सुरु गर्न सकिन्छ। यसबाट महका साथै मैन, रोयल जेली, र पोलन जस्ता मूल्यवान वस्तुहरू उत्पादन हुन्छन्।
यदि तपाईं नेपालमा मौरीपालन व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ भने, यस तालिमले तपाईलाई केही न केही मद्दत पक्कै पुर्याउनेछ । तुरुन्त फारम भर्नुहोस । आफ्नो सिट सुरक्षित राख्नुहोस !!

01/06/2026
ज्ञानको उपहारभन्दा ठूलो उपहार सायद अरू केही हुँदैन!आज चर्चित टिकटिकर दिवस उलकले फ्रिडम टु लर्नको पनौती क्याफेमार्फत सञ्च...
31/05/2026

ज्ञानको उपहारभन्दा ठूलो उपहार सायद अरू केही हुँदैन!

आज चर्चित टिकटिकर दिवस उलकले फ्रिडम टु लर्नको पनौती क्याफेमार्फत सञ्चालन भइरहेको निःशुल्क ट्युसन केन्द्रमा रहेको सानो पुस्तकालयका लागि केही महत्वपूर्ण पुस्तकहरू सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद।
यी पुस्तकहरूले धेरै बालबालिकाको सिकाइ यात्रालाई अझ समृद्ध बनाउनेछन्।

15/05/2026

हाम्रो सानो प्रयासलाई यति सकारात्मक ढंगले प्रस्तुत गर्दै प्रोत्साहन दिनुभएकोमा Hamro Panauti Ramro Panauti परिवारप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौं।

पनौती क्याफेमार्फत सञ्चालन भइरहेको निःशुल्क ट्युसन कक्षालाई यहाँहरूले केवल एउटा कार्यक्रमको रूपमा होइन, समुदायको साझा जिम्मेवारी र शिक्षाप्रतिको संवेदनशील अभियानको रूपमा हेरेर सार्वजनिक गर्नुभएकोमा हामी अत्यन्त भावुक र उत्साहित भएका छौं।

विशेष गरी “हरेक आमाबुबाले आफ्ना छोराछोरीलाई पढाउन र सिकाउन सक्दैनन्, यस्तो कार्यले ठूलो सहयोग गर्छ” भन्ने यहाँहरूको भावना हाम्रो अभियानको मूल उद्देश्यसँग गहिरोसँग जोडिएको छ। समुदायका बालबालिकाले अवसर, सहयोग र प्रेरणा पाए भने सार्वजनिक शिक्षा अझ बलियो बन्न सक्छ भन्ने विश्वासका साथ हामीले यो यात्रा सुरु गरेका हौं।

हामी विश्वास गर्छौं— शिक्षा केवल विद्यालयको जिम्मेवारी मात्र होइन, सम्पूर्ण समुदायको साझा दायित्व हो। यदि यस्ता प्रयासहरू पनौतीका हरेक वडासम्म विस्तार हुन सके भने यसले वास्तवमै शिक्षामा सकारात्मक परिवर्तन ल्याउन सक्छ।

हाम्रो कार्यलाई माया, सम्मान र हौसला दिनुभएकोमा पुनः हार्दिक धन्यवाद। यहाँहरूको साथ, सद्भाव र सकारात्मक सोचले हामीलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ। 🙏❤️

Address

Panauti-3, Kavre
Panauti Village
NA

Website

Alerts

Be the first to know and let us send you an email when Freedom To Learn Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share