Sikre Maangal Devi Youth Club

Sikre Maangal Devi Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sikre Maangal Devi Youth Club, Nonprofit Organization, Sikre, Nuwakot.

हाम्रा मुख्य लक्ष्यहरू युवाहरूलाई सामाजिक सेवामा सक्रिय सहभागिता गराउने, सांस्कृतिक परम्पराहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने र विभिन्न कार्यक्रमहरूमार्फत समुदायको विकासमा योगदान पुर्‍याउने रहेका छन्।

18/05/2026

सिक्रे माङ्गल देवि युवा क्लब 💗

17/05/2026

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ लखिन्श्वोरी झरना सरसफाइ कार्यक्रम , प्राकृतिक सम्पदालाई सफा र सुरक्षित राख्ने हाम्रो सानो प्रयास ....

आज मिति २०८३/०२/०२ गते लखिन्श्वोरी झरना सरसफाई कार्यक्रम सम्पन्न ,  प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने ...
16/05/2026

आज मिति २०८३/०२/०२ गते लखिन्श्वोरी झरना सरसफाई कार्यक्रम सम्पन्न , प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नु हुने सम्पुर्ण महानुभाव प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछौ...!!
# सिक्रे माङ्गल देवि युवा क्लब

यश समाजमा जन्म लिई हुर्की , बढी आज परिस्थिति , बाध्यता तथा विभिन्न शिलशिलाका कारण स्वदेशमै रहे पनि टाढा हुनु भएका एवम् व...
15/05/2026

यश समाजमा जन्म लिई हुर्की , बढी आज परिस्थिति , बाध्यता तथा विभिन्न शिलशिलाका कारण स्वदेशमै रहे पनि टाढा हुनु भएका एवम् वैदेशिक रोजगारीमा रहनु भएका क्लब प्रती चासो व्यक्त गर्नु हुने युवा बर्गलाई हामी यश युवा क्लबमा समावेश गर्नका निम्ति प्रयासरत रहेको जानकारी गर्दछौँ , साथै सो समय सम्म सकारात्मक सल्लाह ,सुझाव तथा समन्वय , सहयोगको हामी अपेक्षा गर्ने छौ ...
# सिक्रे माङ्गल देवि युवा क्लब 💗🙏

12/05/2026

📢 सूचना....! सूचना ........!! सूचना .......!!!

बर्खा लागेसँगै शिवपुरी गा.पा वार्ड न.३ र ४ को सिमानामा रहेको सुन्दर लखिन्श्वोरी झरना फेरि आफ्नो प्राकृतिक सौन्दर्यमा झन् मनमोहक बन्ने समय आउँदैछ ।
हरेक वर्षझैँ यस वर्ष पनि झरनाको सौन्दर्य हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्ने अपेक्षा गर्दै, यस क्षेत्रलाई अझ सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले सिक्रे माङ्गल देवि युवा क्लबले तपशिल समय , मिति र स्थानमा सरसफाई तथा लामाको धजा टाँग्ने कार्यक्रम रहेको ब्यहोरा जानकारिका लागि अनुरोध गरिन्छ ..
तपशिल
मिति: २०८३ जेठ २ गते, शनिबार
समय: बिहान १०:०० बजे
स्थान: लखिन्श्वोरी झरना
यस अभियानमा सम्पूर्ण क्लबका सदस्य, स्थानीय युवा, बुद्धिजीवी, समाजसेवी तथा प्रकृति प्रेमी महानुभावहरूलाई हार्दिक सहभागिताका लागि अनुरोध गर्दछौं ।
# आयोजक सिक्रे माङ्गलदेवी युवा क्लब

आज  मिति २०८३/०१/२६ गते शनिबारको दिन यस सिक्रे माङ्गल देवि युवा क्लबको नियमित बैठक ...विभिन्न समसामयिक विषय उपर छलफल तथा...
09/05/2026

आज मिति २०८३/०१/२६ गते शनिबारको दिन यस सिक्रे माङ्गल देवि युवा क्लबको नियमित बैठक ...
विभिन्न समसामयिक विषय उपर छलफल तथा अगामी कार्यक्रमको कार्य योजना तर्जुमा ....

05/05/2026

📢 महत्त्वपूर्ण सूचना | बैठक आह्वान 📢

हाम्रो प्रिय क्लबका सम्पूर्ण सदस्यज्यूहरू तथा क्लबप्रति चासो राख्ने उत्साही युवाहरूमा जानकारी गराइन्छ कि,
हाम्रो क्लबको नियमित बैठक मिति २०८३ साल बैशाख महिना २६ गते, शनिबार बस्ने भएको छ।

🕒 समय: ११:०० बजे
📍 स्थान: शिवपुरी ४ , तमु समाज सिक्रे , पिपल बोट , नुवाकोट

यस बैठकमा क्लबका आगामी योजना, कार्यक्रम, तथा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गरिने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

साथै, समाजमा केही गर्न चाहने, सिक्न चाहने तथा क्लबमा आबद्ध हुन इच्छुक नयाँ साथीहरूलाई पनि
हार्दिक स्वागत गर्दछौं।

धन्यवाद 🙏
सिक्रे माङ्गल देवि युवा क्लब

“सके सफा गरौं, नसके फोहोर नगरौं”आज नयाँ बर्ष २०८३ सालको पहिलो दिन  हाम्रो क्लबको तर्फबाट शिवपुरी नागार्जुन राष्ट्रिय निक...
14/04/2026

“सके सफा गरौं, नसके फोहोर नगरौं”
आज नयाँ बर्ष २०८३ सालको पहिलो दिन हाम्रो क्लबको तर्फबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
प्रकृतिको संरक्षण हामी सबैको जिम्मेवारी हो 🙏

💗🙏
13/04/2026

💗🙏

04/04/2026

जहाँ सपना सानो हुँदैन,
र प्रयास कहिल्यै रोकिन्न
सिक्रेको माटोबाट उठेको
ऊर्जा, जोश र एकताको प्रतीक ..
“आज परिचय, भोलि परिवर्तन”
Proud to represent Sikre ❤️
#सिक्रे माङ्गलदेवी युवा क्लब 💗🙏

Address

Sikre
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Sikre Maangal Devi Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share