23/01/2024
विश्व सामाजिक मंञ्च २०२४ फेव्रुअरी १६–१९ तारिख तदनुसार मिति २०८० फाल्गुन ०३ देखि ०७ गते सम्म काठमाडौंमा आयोजना हुन गईरहेको यहाँहरुलाई अवगत नै छ । विश्व सामाजिक मंञ्चको १६ औँ संस्करणको रुपमा नेपालमा पहिलोपटक विश्व सामाजिक मंञ्चको आयोजना हुन गईरहेको हो,विश्व सामाजिक मञ्च आर्थिक समानता,वातावरणीय न्याय र समावेशी विकासका पक्षमा उभिने विश्वभरीकै अभियन्ताहरुको साझा मञ्च हो । विश्व सामाजिक मञ्च सन् २००१ मा ब्राजिलको पोर्टोएलेग्रेमा संसारभरीकै सामाजिक अभियन्ता, सामाजिक आन्दोलन, नागरिक संगठन र बौद्धिक क्षेत्र लगायतले विश्व आर्थिक मञ्चले लिने आर्थिक नीतिहरु समावेशी र जनता केन्द्रित हुनुपर्ने माग गर्दै शुरुवात गरेका थिए।तत्पश्चात विश्व सामाजिक मञ्च हरेक वर्ष जसो विश्वका विभिन्न महादेशमा हुदै आएको छ र अहिले सम्ममा १५ वटा विश्व सामाजिक मञ्चहरु सम्पन्न भईसकेका छन् । सन २०२४ मा नेपालमा हुन गइरहेको विश्व सामाजिक मञ्च यसको १६ औं संस्करण हुनेछ ।
यसै सन्दर्भमा गैसस महासंघले विश्वसामाजिक मंञ्चको सचिवालय स्थापना गरि आवस्यक तयारीका कार्यहरु संचालन गर्दै आईरहेको कुरा हामीलाई अवगत नै छ । यस मंञ्चले विभिन्न १३ वटा विषयगत क्षेत्रहरुमा कार्यक्रमहरु तय गरेको छ । विश्व भरीका सामाजिक क्षेत्रमा कार्यरत संस्था तथा व्यक्तिहरुलाई यस कार्यक्रमले सहभागि गराई आर्थिक तथा सामाजिक विकास,न्याय तथा समानता, कृषि, खाद्य,सम्प्रभुता,दिगो विकासका लक्ष्यहरु, मानव अधिकार,शिक्षा, युवा, महिला तथा बालबालिका,स्वास्थ्य, सामाजिक सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयहरुमा विश्व परिवेशको अवस्थाका बारेमा जानकारी प्राप्त गर्ने अवसर सृजना गर्ने छ । यो विश्वकै ठुला मञ्चहरु मध्ये एक हो र संसारभरीबाट नै यो मञ्चमा ५० औँ हजारको संख्यामा सहभागिता हुनेछ। विश्व सामाजिक मञ्चको उद्घाटन समारोह ३ फाल्गुण २०८० (१५ फेब्रवरी २०२४) मा खुल्ला मञ्चमा हुनेछ र ४ देखि ७ फाल्गुण २०८० मा भृकुटीमण्डप परिसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिनेछ। उक्त अवधिमा करिब ५०० वटा समानान्तर सत्रहरु आयोजना गरिनेछ ।विश्वभरीकै प्रतिनिधिहरुको उपस्थिति हुने यस विश्व सामाजिक मंचको सचिवालय गैर सरकाररी संस्था महासंघ नेपाल हुनु र यसको व्यवस्थापनको जिम्मेवारी गैसस महासंघले पाउनु ठुलो गर्वको विषय हो
यस बिषयलाई मध्य नजर गरी गै स स महासंघ जिल्ला शाखा नुवाकोटले विभिन्न तहमा कार्यारत गै स स का प्रतिनिधिहरू संग मिति 2080/10/07 गते बिश्व सामाजिक मंच 2024 बिश्व सम्मेलनको तयारीको लागी संयूक्त बैठक सम्पन्न गरिसकेको छ यसै सन्दर्भमा गैसस महासंघमा आवद्ध नागरिक समाज तथा सामाजिक संघसंस्थाहरुले यस मंञ्चमा आ–आफ्नो संस्था दर्ता गराई आफ्नो कार्यक्रमहरु दर्ता गर्ने अवसर साथै हामि सामाजिक अभियान्ताहरुको कर्तव्य र जिम्मेवारी वहन गर्ने सुवर्ण अवसर पनि भएकोले यस अवसरलाई सदुपयोग गर्न र गराउनको लागी सबैलाई यही सुचना मार्फत आब्हान गर्दै कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछु ।
यशोदा खतिवडा
सचिव
गैसस महासंघ
जिल्ला शाखा नुवाकोट I
संस्था दर्ताको लागि link https://www.wsf2024nepal.org