31/07/2026
🤝 सामाजिक सद्भावका लागि सबैमा हार्दिक अपिल 🤝
सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सार्वजनिक शान्ति कायम राख्नु आजको आवश्यकता हो।
यसै उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, बाँके को समन्वयमा आयोजना हुने सद्भाव ¥याली मा सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघ–संस्था, सञ्चारकर्मी, धार्मिक अगुवा, युवा, विद्यार्थी, व्यवसायी तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।
📍 स्थान: वि.पी. चौकदेखि धम्बोझी (विरेन्द्र चौक), नेपालगञ्ज
🕢 समय: बिहान ७:३० बजे
📅 मिति: २०८३ श्रावण १६ गते
आउनुहोस्, विभाजन होइन—एकता रोजौँ।
घृणा होइन—सद्भाव फैलाऔँ।
हामी सबै मिलेर शान्त, सहिष्णु र समृद्ध समाज निर्माण गरौँ।