24/05/2026
बिगत लामो समयदेखि कोहलपुर सडक खण्डका विभिन्न स्थानहरूमा रहेका जेब्रा क्रसिङहरू मेटिँदै गएको कारण पैदलयात्री तथा विद्यार्थीहरूलाई सडक पार गर्न कठिनाइ हुनुका साथै दुर्घटनाका घटनाहरू पनि बढ्दै गइरहेका थिए।
यसै सन्दर्भमा, आज आइतबार सार्वजनिक बिदाको अवसर पारेर कोहलपुरस्थित हाई स्कूल चोक र पिपिरी चोकमा रहेका जेब्रा क्रसिङहरू जिल्ला ट्राफिक कार्यालय कोहलपुरको समन्वय तथा BSA ट्रेड्सको सहयोगमा परिवर्तनशील युवा क्लबको आयोजनामा zebra Crossing पुनः रंगरोगन गर्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।