Jahada Community Library and Resource Center

Jahada Community Library and Resource Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jahada Community Library and Resource Center, Community Organization, Bardaghat-12 Bhatauliya, Nawalparasi .

जहदा सामुदायिक पुस्तकालय नवलपरासी मा संचालित व्यवहारिक सामुदायिक समाधान कार्यक्रम अन्तर्गत मिति 2082/04 /26 र 28 गतेको द...
13/08/2025

जहदा सामुदायिक पुस्तकालय नवलपरासी मा संचालित व्यवहारिक सामुदायिक समाधान कार्यक्रम अन्तर्गत मिति 2082/04 /26 र 28 गतेको दिन सुन्दर बस्ती समूह र प्रतिमा समुहको सदस्य ज्युहरुको वचत तथा ऋण संकल्न

आज मिति २०८२ साल असार ९ गतेका दिन यस जहदा सामुदायिक पुस्तकालय को आयोजनामा रिड नेपाल READ Nepal तथा  पेमेन्टोलोजी (paymen...
23/06/2025

आज मिति २०८२ साल असार ९ गतेका दिन यस जहदा सामुदायिक पुस्तकालय को आयोजनामा रिड नेपाल READ Nepal तथा पेमेन्टोलोजी (paymentology ) को आर्थिक सहयोगमा बर्दघाट-१३ धनेवामा रहेको श्री युनिभर्सल विद्यालय मा सामाजिक सञ्जाल सुरक्षा , महिनावारि स्वच्छ्ता र खर्च र बचत शीर्षकमा जनचेतनामुलुक ३ वटा cascade कार्यक्रम सम्पन्न भयो।

Read Nepal द्वारा सञ्चालित TAG परियोजनाको माध्यमबाट किशोरीहरूले यस्ता प्रभावकारी कार्यक्रम गर्न सक्षम भएका छन। समुदायमा सकारात्मक परिवर्तनको बीजारोपण गर्न यो परियोजनाले खेलेको भूमिकाका लागि READ Nepal लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।


हाम्रो वातावरण स्वच्छ राख्ने प्रयास हामी आफैले गरौ !हरेक घरमा एक विरुवा रोपण गरौ !
05/06/2025

हाम्रो वातावरण स्वच्छ राख्ने प्रयास हामी आफैले गरौ !
हरेक घरमा एक विरुवा रोपण गरौ !


आज मिति २०८२-०२-१७ गतेका दिन पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष श्री सुरज के. सि. ज्युको अध्यक्षता तथा बर्दघाट नगरपालिका...
31/05/2025

आज मिति २०८२-०२-१७ गतेका दिन पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष श्री सुरज के. सि. ज्युको अध्यक्षता तथा बर्दघाट नगरपालिका नगर प्रमुख श्री शम्भुलाल श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता, उपप्रमुख श्री रुद्र प्रकाश उपाध्याय ज्युको बिशिष्ट आतिथ्यतामा, वडा नं. ४, ५, ६, १०, १२, १३ वडा अध्यक्षहरू, वडा नं. १२ र १३ का विद्यालयका प्र.अ.हरू, पुस्तकालयका पदाधिकारीहरूको सहभागितामा नगर प्रमुखका बाह्र अभियान अन्तर्गत "स्थानीय पर्यटन प्रवर्द्धन" का लागि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका ट्याग गर्ल (प्रविधियुक्त किशोरी) हरूलाई नगरभित्रका पर्यटन तथा धार्मिक स्थल (रामजानकी मन्दिर-१३, बुद्धमंगल ताल-१२, कञ्चनगढी-५ र वडा नं. १० को सिमसार र सहिद पार्क) हरूको एक दिने अध्ययन तथा अवलोकन भ्रमण नगरपालिकाको आर्थिक सहयोग र पुुस्तकालयको आयोजनामा सम्पन्न भएको छ ।

यस जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बर्दघाट-१२ नवलपरासीले नेपाल भरिको ७१ वटा पुस्तकालय मध्येमा सबै भन्दा बढि ...
15/05/2025

यस जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बर्दघाट-१२ नवलपरासीले नेपाल भरिको ७१ वटा पुस्तकालय मध्येमा सबै भन्दा बढि सुचना, ज्ञानहरु सम्प्रेषण गरी पहिलो स्थान प्राप्त गर्न सफल भएकोमा यस मूल्यवान् प्रशंसा-पत्र प्रदान गरी हाम्रो कार्यको कदर गर्नु भएकोमा READ Nepal तथा सम्बद्ध सम्पूर्ण टोलिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं। हाम्रो समुदायको ज्ञान, सीप र अनुभव सँगाल्दै अघि बढ्न थप हौसला मिलेको छ। यस सम्मानले आगामी दिनहरूमा अझ प्रभावकारी र समर्पित भएर काम गर्न प्रेरणा दिएको छ।

कम्प्युटर कक्षाहरु सन्चालन भै रहेको छ , अब केहि सिमित सिट मात्र बाकि रहेकाले छिट्टै फारम भर्नु होला !
29/04/2025

कम्प्युटर कक्षाहरु सन्चालन भै रहेको छ , अब केहि सिमित सिट मात्र बाकि रहेकाले छिट्टै फारम भर्नु होला !

जहदा सामुदायिक पुस्तकालयमा निःशुल्क कम्प्युटर कक्षाहरु संचालन भई रहेको जानकारी गराउदै, ईच्छुकले आवेदन दिनुहुन अनुरोध गर्...
23/04/2025

जहदा सामुदायिक पुस्तकालयमा निःशुल्क कम्प्युटर कक्षाहरु संचालन भई रहेको जानकारी गराउदै, ईच्छुकले आवेदन दिनुहुन अनुरोध गर्दछौ ।

सचेत रहनु होला !
10/04/2025

सचेत रहनु होला !

साइबर ब्यूरोको अनुरोध !!!
मिति: २०८१ चैत २८ गते ।

आज मिति २०८१ चैत १६ गतेका दिन ट्याग किशोरीहरुलाई लक्षित गरी जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा पहिलो ब्याचकी ट...
29/03/2025

आज मिति २०८१ चैत १६ गतेका दिन ट्याग किशोरीहरुलाई लक्षित गरी जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा पहिलो ब्याचकी ट्याग किशोरी निशा हरिजनको पहलमा Youth Build Entrepreneur PVT / Global ORIENS Nepal को सहयोगमा स्वास्थ्य जनचेतना कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा सहजिकरण गरिदिनुहुने भबिसरा सारु मगर, निशा हरिजन, गोबिन्द बहादुर थारु र रबिना थारु ज्यूलाई प्रति हार्दिक आभार प्रकट गर्दछौ ।
बिशेष धन्यवाद ट्याग किशोरी निशा हरिजन तपाईले आफ्नो बहिनिहरुलाई स्वास्थ्य समबन्धि जागरुक बनाउन पुस्तकालय संग सहकार्य गरि कार्यक्रम संचालन गर्नु भएकोमा हजुर प्रति हार्दिक आभार प्रकट गर्दछौ ।

सामजिक लेखा परिक्षण सम्पन्न !जहदा सामुदायिक पुस्तकलाय तथा स्रोत केन्द्रमा रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना कार...
23/03/2025

सामजिक लेखा परिक्षण सम्पन्न !
जहदा सामुदायिक पुस्तकलाय तथा स्रोत केन्द्रमा रिड नेपालको सहयोगमा संचालित ट्याग परियोजना कार्यक्रमको सामाजिक लेखा परिक्षण कार्यक्रम पुस्तकलय अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षता र बर्दघाट नगरपालिका प्रमुख/मेयर श्री शम्भुलाल श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता तथा बर्दघाट नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष श्री उमा शंकर चौधरी ज्यूको बिषेश आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य पुस्तकालयका उपध्यक्ष श्री जित बहादुर कोहार ज्यूले राख्नु भएको थियो भने कार्यक्रम संचालन सचिव श्री गोपाल सिंह आले ज्यूले गर्नु भएको थियो ।
कार्यक्रममा सहजिकरण र छलफल सामाजिक लेखा परिक्षक श्री मणि पाण्डे ज्यूले गर्नु भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि निवर्तमान उप-मेयर श्री माया देवि पौडेल ज्यू, (वडा सदस्य) दिप कुमारी थारु, सकुन्तला धरिकार ज्यू, नित्यानन्द र.कु.मा.बि. का प्र.अ. बिश्वराज भट्टराई ज्यू, दुर्गा आ.बि.का प्र.अ. अर्जुन पौडेल, जहदा सिकाई केन्द्रका सचिव कृष्ण प्रसाद काफ्ले ज्यू, मेन्टरहरु योगमाया क्षेत्री, शोभा पाठक ज्यू, प्रज्ञा प्रतिष्ठानका सचिब श्री सरद पौडेल, अभिभावक ज्यूहरु, ट्याग किशोरीहरु लगाएको उपस्थिति रहेको थियो ।

जहदा सामुदायिक पुस्तकालयमा संचालत ट्याग परियोजना अन्तरगत सामाजिक लेखा परिक्षणको क्रममा सिनियिय ट्याग किशोरीहरु, जुनियर ट...
19/03/2025

जहदा सामुदायिक पुस्तकालयमा संचालत ट्याग परियोजना अन्तरगत सामाजिक लेखा परिक्षणको क्रममा सिनियिय ट्याग किशोरीहरु, जुनियर ट्याग किशोरीहरु र अभिभावक ज्यूहरु संग अन्तरवार्ता गर्दै गर्दाको दृश्य ।

मिति २०८१-चैत-०२ गते तदअनुरुप 15 March 2025 का दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित ट्याग परियोजना अ...
15/03/2025

मिति २०८१-चैत-०२ गते तदअनुरुप 15 March 2025 का दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित ट्याग परियोजना अन्तरगत बर्दघाट-१२ बड्किभटौलिया समुदायमा तरकारी तथा खेतिबालिमा बिषादिको प्रयोगले पार्ने असरहरुको बारेमा सचेतनामुलक सामुदायिक परियोजना कार्य पुस्तकालय अध्यक्ष सुरज के.सी. ज्युको अध्यक्षता सम्पन्न भएको छ ।
कार्यक्रम ट्याग किशोरी रन्जना कुमारी थारु ज्युले संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य जुनियर ट्याग किशोरी लक्ष्मी कोहार ज्युले राख्नु भ्एको थियो ।
कार्यक्रममा सहजिकरण ट्याग किशोरीहरु अर्चिता राजभर, रिया राजभर, लक्ष्मी कोहार, गोमन्ति देवि चौधरी ज्युले गर्नु भएको थियो ।

Address

Bardaghat-12 Bhatauliya
Nawalparasi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Jahada Community Library and Resource Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jahada Community Library and Resource Center:

Share