01/09/2025
यही भदौ ७ गते मुसिकोट नगरपालिका-३, तोलादीमा तोलादी संस्कृति संरक्षण मञ्चद्वारा आयोजित खुल्ला तीज गीत प्रतियोगिता-२०८२ भव्यताका साथ सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याउनुहुने सम्पूर्ण चन्दादाताहरु, स्वयंसेवक साथीहरु, सञ्चारकर्मी साथीहरु, संस्थाका पदाधिकारीहरु लगायत हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रतियोगितामा सहभागिता जनाउनुहुने सहभागी समूहका सदस्यहरु, नगर प्रमुख ज्यू, वडाध्यक्ष ज्यूहरु लगायत कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु।
आय-व्ययको विवरण निम्नानुसार रहेको छ:
२०८१ सालको बचत: रु. ५२,०००/-
यस वर्ष संकलित रकम: रु. १,१६,७४९/-
टिम दर्ता शुल्कबाट प्राप्त रकम: रु. ४,०००/-
विभिन्न शिर्षकमा खर्च: रु. १,१७,०३५/-
यस वर्षको बचत: रु. ३,७१४/-
कुल बचत: रु. ५५,७१४
कुल बचेको रकम छिट्टै संस्थाको खातामा जम्मा गरिने पनि जानकारी गराउन चाहन्छु।
- ऋषिराम गिरी
आर्थिक समिति संयोजक