11/03/2026
शरीर नाङ्गै छ।
अपराधीले आफ्नै ज्याकेटले शरीर ढाकेर छोडेको छ।
योनि बाट रगत बगिरहेको छ।
दुवै खुट्टाको बीचको भाग भाँचिएको छ।
घाँटी अठ्याएर मुख थुनेर जबर्जस्ती गरिएको छ।
सोच्नुस्…
आमा–बुबाले आफ्नो सन्तानलाई यस्तो अवस्थामा देख्दा कस्तो महसुस गरेका होलान्?
३ दिन भइसक्यो, लासलाई छुनसमेत सकेका छैनन्।
अपराधीलाई नाबालक भन्दै बचाउने चलखेल भइरहेको छ।
यहाँ कुरा जातको होइन।
यहाँ कुरा मानवता र न्यायको हो।
हामीले पहिले पनि यस्तै पीडादायक घटना देखेका छौँ —
निर्मला पन्त, निरु विक, इनिशा विक …
अब प्रश्न एउटै छ —
अब को?
⚖️ अपराधी जोसुकै होस्, कानुनभन्दा माथि कोही हुँदैन।
हामी सबैले मिलेर न्यायको आवाज उठाउनुपर्छ।
✊ छोरीहरू सुरक्षित नभएसम्म समाज सुरक्षित हुँदैन।
बसोबास स्थान: सुर्खेत - वीरेन्द्रनगर
घटना स्थल: सुर्खेत - सहिद पार्क